प्रकाश धौलाकोटी जात व्यवस्थामा आधारित समाजको अर्थ–सामाजिक संरचनामा दलित महिलाहरू सबैभन्दा पीँधमा छन् । महिला भएको, दलित भएको र दलित महिला भएको कारणले दलित महिलामाथि एकै पटक तेहोरो हिंसा छ । दलित महिला हुनु आममहिला हुनुभन्दा फरक छ । उनीहरू पितृसत्ताबाट मात्रै होइन, गैरदलित महिलाबाटै हिंसा र भेदभाव खेपिरहेका छन् । यसको पछि पित्तृसत्तात्मक सोच मात्रै दोषी छैन, जात व्यवस्था र यसबाट सृजित असमानता पनि प्रमुख कारकका रूपमा रहेको छ । दलित महिलामाथि दलित समुदायको गरिबी, अशिक्षा, बेरोजगारी, भूमिहीनता, न्यायमा पहुँच नहुनुजस्ता अनेक अवस्थाले सृजना गर्ने बहुआयामिक शोषण र दमन छ । एसियाली द
राजेन्द्र महर्जन हिजोआज शब्दहरुलेएउटै अर्थ दिन थालेका छन्उदाहरणका लागितपाईं संसद्लाई संसद् भन्नोस्अथवा सुपर मार्केट– विमल निभा/शब्दको संसद्को निर्वाचनपछि बानेश्वरमा इन्द्रेनी शैलीका वेशभूषा र भाषाका नाममा रमिता नै भयो— एकल राष्ट्रिय पोसाक लगाएर आउने दलपतिको उर्दीबीच सांसदहरूले अनेक राष्ट्रिय पोसाक लगाएर विभिन्न राष्ट्रभाषामा शपथग्रहण गरे ! एकल भाषाका वृद्ध अभियन्ता राजावादीबाट विभिन्न राष्ट्रभाषामा शपथग्रहण र अनेकअनेक राष्ट्रिय पोसाक पहिरनको भव्यता देखेर धेरैलाई लागेको हुन सक्छ— अब त संसद्मा सबैको सहभागिता हुने भयो, लोकतन्त्रमा सबैको हिस्सेदारी हुने भयो ! अनुह
ढुण्डीराज पौडेल स्वास्थ्यकर्मीका रूपमा ३९ वर्षअघि पुसको चिसोमा म मध्यपश्चिम पहाडी जिल्ला पुगेको थिएँ । हरेक जाडो मौसममा मलाई त्यही गाउँको सम्झना हुने गर्छ । छेत्रीहरूको बाहुल्य रहेको सो गाउँका प्रायः पुरुष मजदुरीका लागि अन्यत्र गएका थिए । दुई साथी र मैले बल्लबल्ल बास पाएको घरको अवस्था निकै दयनीय थियो । ससाना चार बालबालिका हामी पुग्दा अगेनामै टाँसिइरहेका थिए । तिनका हातहातमा कोदाका रोटी थिए । उनीहरू परालकै ओछ्यान, परालकै ओढ्नेका भरमा रात कटाउने रहेछन् । रातभरि अगेनामा धूवाँ पुतपुताइरहेको हुन्थ्यो । धूवाँले तातो हुन्छ भनेर सम्झाउँदै आमाले छोराछोरी सुताउन खोज्थिन् तर रातिक
मित्र परियार संघीय र प्रादेशिक निर्वाचनमा पार्टीहरूले दलित उम्मेदवार उठाउन धेरै कन्जुस्याइँ गरेको र प्रत्यक्षतर्फ जम्मा एक जना दलित निर्वाचित भएको विषयलाई कान्तिपुर दैनिकले उच्च प्राथमिकतासाथ प्रथम पृष्ठमा प्रकाशित गर्यो । त्यो विश्लेषण पढेर पार्टीहरूलाई, नेताहरूलाई थोरै लज्जाबोध त पक्कै भयो होला । यसअघि पनि कान्तिपुरले दलित आयोगलाई सरकारले बजेटसमेत नदिएर पंगु बनाएको विषय र दलित अधिकारसँग सम्बन्धित विभिन्न सवाल प्रमुखतासाथ उठाउँदै आएको छ । प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादीको त कुरै छोडौं, ‘नयाँ विकल्प दिन्छौं’ भनेर भरखरै राजनीतिक क्षितिजमा उदाएका र न
इन्द्र अधिकारी लोकतान्त्रिक अभ्यास र प्रणालीगत सुधारका हिसाबले नेपालको राजनीति अग्र दिशामै देखिन्छ, तर समाजको ठूलो तप्काले त्यसो भएको मान्न र भन्न सकिरहेको छैन । लामो समय एउटा परिपाटीमा अभ्यस्त वर्गलाई अहिलेको प्रणालीका कतिपय कुरा मन परिरहेका छैनन् । र उनीहरूलाई मन नपरेका कुरा विभिन्न माध्यमबाट बारम्बार रटान गरिदिँदा, झुटो नै भए पनि सयौं पटक दोहोर्याइरहे सत्य भनाउन सकिन्छ भनेझैं, अहिले केही मानिसको असहमतिले देशकै समग्र भाष्यको जस्तो रूप लिएको छ । निर्वाचन परिणाम र नयाँ उभार भएका दलहरूमध्ये धेरैका निर्वाचनपूर्वका प्रचार सामग्रीले यसलाई अरू जटिल बनाइदिएको छ । शताब्दियौंदेखि
झलक सुवेदी आमनिर्वाचनको पूर्वसन्ध्यामा एउटा टीभी च्यानलसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीले दाबी गरेका थिए, ‘दुईचार सिट तलमाथि होला तर प्रत्यक्षतर्फ १०० सिट ल्याउँछौं । सुविधाजनक बहुमत ल्याएर सरकार बनाउँछौं ।’ कार्यक्रम प्रस्तोता र अतिथिका बीचमा नोकझोकजस्तो सवालजवाफ पनि भएको थियो । त्यसको चौथो साता लाग्दै गर्दा निर्वाचन परिणाम अन्तिम चरणमा छ । एमालेले ४४ सिट जितेको छ, जुन २०७४ सालको भन्दा ३६ सिट (४५ प्रतिशत) ले कम हो । उक्त अन्तर्वार्तामा प्रस्तोता टीकाराम यात्रीले एमाले अध्यक्ष ओलीलाई अर्को एउटा प्रश्न पनि गरेका थिए, ‘तपाईंको अनुमान
नरेन्द्रजंग पिटर सबैसँग चित्त बुझाउने तर्कहरू हुन्छन्, मन बहलाउने शीर्षक अनगिन्ती । अझ शक्तिकेन्द्रहरू आफू ठीक भएको प्रमाणित गर्ने भाष्यकारद्वारा अनेकौं तर्कखेती गराइरहन्छन् । दुःख भुलाउन हिँड्ने भिन्नाभिन्नै बाटा पनि हुन्छन् । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । चुनाव सकिएसँगै अब बहसका विषय भने फेरिए । ठूला पार्टी खुम्चिए । सनातनी पार्टीसँग निराशा, आक्रोश र प्रतिक्रियास्वरूप सदनमा केही नौला अनुहार देखिनेछन् । यसले सदनको चित्र र चरित्रमा केही प्रभाव पार्नेछ । परम्परागत नेतृत्वलाई पनि नयाँ तरिकाले सोच्न दबाब बनाउनेछ । आफ्नो दिमाग आफैंसँग राखेर राजनीतिकर्म गर
चन्द्रकिशोर निर्वाचनको प्रतिस्पर्धामा क्षेत्रविशेषबाट कसैले जित्नु वा हार्नुलाई सामान्य प्रक्रिया मात्र मान्न सकिँदैन । त्यहाँबाट जितेका वा हारेका पात्र, पार्टी र त्यस क्षेत्रको पृष्ठभूमिले पनि अर्थ दिन थाल्छन् । उसो त कुनै निश्चित निर्वाचन क्षेत्रको मत परिणाममा स्थानीय जनसांख्यिक बनोट, सामाजिक संरचना, संकथनहरूको उत्पत्ति, उदीयमान प्रश्नहरूको जवाफ खोजी, प्रतिस्पर्धारत पात्रको भूमिका, सहभागी पार्टीबारेको आम बुझाइ, नयाँ प्रतिस्पर्धी पात्रको तयारी, चुनावी राजनीतिमा आउँदै गरेको बदलाव र त्यसको व्यवस्थापनजस्ता बहुपक्षले असर पुर्याइरहेका हुन्छन् । मधेश दुई प्रकारको छ यतिखेर । एउट
राजेन्द्रसिंह भण्डारी म्याद सकियो, हदम्याद बढाउने प्रयास असफल भयो, त्यसैले निर्वाचनको माध्यमबाट फेरि पुरानिया र समानुपातिक विधिबाट आफन्त र घरानियाहरूको म्याद थपिदिनुपर्ने अवस्था आइलागेकाले निर्वाचनको प्रक्रियामा जानुपर्ने भयो । दसैं आयो खसीबोकाको खुबै बिक्री भयो, तिहार आयो फूलमाला बिक्न थालेलगत्तै निर्वाचन आयो मतदाता बिक्न र कार्यकर्तामा परिणत हुन थालेका छन् । निर्वाचनको अघिल्लो दिनसम्म व्यक्तिगत लोभमा चुर्लुम्म डुबेर अविवेकी निर्णयको बन्दी बन्ने र निर्वाचन सकिएपछि श्रम बेच्न कालापहाड जाने मतदाताको विवेक र बाध्यता बुझिनसक्नु छ । मतदाताको लालच र विवशताकै कारण आम
धर्मेन्द्र कर्ण विदेशी शक्तिहरूका लागि आफ्ना अजेण्डा र एजेण्ट प्रवेश गराउने सर्वाधिक उचित समय कुनै पनि देश विशेषको निर्वाचन र निर्वाचन प्रक्रिया हुन्छ । यही बेलामा आफ्ना प्रभावमा रहेका मिडियालाई समेत राम्रैसँग प्रयोग गर्ने गरेको देखिएको छ । व्यावसायिक तथा स्वतन्त्रका नाममा चल्ने यस्ता मिडियाहरुले मत सर्वेक्षण, उम्मेदवारको जीतको प्रक्षेपण भन्दै प्रायोजित र हचुवामा इतिहास बोकेका पार्टी, नेतृत्वहरुलाई खुइल्याउने, मतदातालाई भ्रमित पार्ने काम तीब्र रुपमा गरिरहेका छन् । अजेण्डाविहीन युवा, जसले समाजमा थोरै पनि सकारात्मक योगदान दिएका छैनन्, तिनको सुनियोजित रुपमा सकारात्मक प्रचार गरिएका छन् । निश्
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved