सिराहा, ११ मंसिर। सिरहा प्रहरीले ६ ग्रामभन्दाबढी प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगरसहित चार युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले नरहा गाउँपालिका ३ नयाँ चौहर्वाबाट करिब ६ ग्राम ०५ मिलिग्राम अवैध लागुपदार्थ ब्राउनसुगरसहित सर्लाही हरिवन नगरपालिका १० का ३२ वर्षीय कृष्ण रिजाल, वेदप्रसाद प्रसाई, उदयपुर कटारीका २३ वर्षिय केदार कुमार मगर र २० वर्षिय अर्थमान थापालाई विहिवार अपरान्ह पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकमा सवार चारैजनालाई शंकालागि चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागुपदार्थ बरामद भएकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेश राज पुरीले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट एकथान  डिजिटल तराजुसमेत बरामद भएको जानकारी दिए।

उनका अनुसार प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई चेकजाँच गर्दा उनीहरुकै पकेटबाट प्रतिवन्धित लागुपदार्थ बरामद भएकाले  नियन्त्रणमा लिएको हो। ट्रकमा पनि आवश्यक खानतलासी गर्दा केही फेला नपरेकाले त्यहिबाट छाडीएको डिएसपी पुरीले जानकारी दिए। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाए।