जनकपुरधाम, १२ मंसिर। बाराको प्रसौनी गाँउपालिका ६ भलुहीस्थित पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ। उद्योगमा कार्यरत सर्लाहीको धनकौल गाउँपालिकाका ४२ वर्षीय रामकिशोर सिंहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराले सिंहको हत्या भएको घटनाबारे शुक्रवार बिहान करिब ८ बजेतिर मात्रै सूचना प्राप्त भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी विजय पण्डितले सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको बताए। उनको घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको जानकारी दिए। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको उनले बताए।






















