सिरहा, १० मंसिर। स्थानीयको दवाव पछि सिरहाको धनगढीमाई नगरपालिका ८ बाट प्रहरीले अवैध ग्राभेल उत्खनन् गरिरहेका दुई थान स्काभेटर र दुई थान टिफर नियन्त्रणमा लिएको छ। अनुमति विनै माटो तथा ग्राभेल उत्खनन्मा संलग्न नम्वर नभएको २ थान स्काभेटर तथा प्रदेश २–००३–००१ क १३१७ र ना. ५ ख ६४८३ नम्वरको टिफर प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको चारवटै सवारी साधन आवश्यक कार्वाहीको लागि अस्थायी प्रहरी पोष्ट कसहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
अवैध उत्खनन् भईरहेको भन्ने सूचना प्रहरी र जनप्रनिधीलाई गराउँदा समेत नरोकीएपछि स्थानीयले प्रहरीलाई दवाव दिएर उत्खनन्मा संलग्न समारी साधन नियन्त्रणमा लिन लगाएको एक स्थानीयले बताए।
उनका अनुसार धनगढीमाई नगरपालिकाको ८, ९, १३ लगायतका वडाका उत्तरी क्षेत्रमा जनप्रतिनिधी र प्रहरीकै मिलेमत्तोमा माटो तथा ग्राभेल उत्खनन् हुने गरेको छ।
प्रहरीले उत्खनन्कार्यमा संलग्न सवारीसधान नियन्त्रणमा लिएको केही वेरमै मेयर शिवशंकर महतोले फोन गरेर छोड्न दवाव दिएको प्रहरी स्रोतले जनाएको छ। मेयर जस्तो गरिमामय पदमा रहेको व्यक्तिले अवैध कार्य गर्नेलाई छोड्न दवाव दिनुले पनि जनप्रतिनिधीको संलग्नता पुष्टि भएको छ।
यस विषयमा प्रतिक्रियालिन मेयर शिवशंकर महतोलाई पटक पटक सम्वर्क गर्दा उनको मोवाईल अफ गरिएको थियो।
धनगढीमाई नगरपालिकामा चालु आर्थिक वर्षमा माटो तथा ग्राभेलको कुनै खानी दर्ता र स्टक प्रमानित पनि नभएको कर्मचारी स्रोतले जनाएको छ।
तर, पनि धनगढीमाई नगरपालिकाको विभिन्न क्षेत्रबाट निर्वाध रुपमा ग्राभेल र माटो निकासी हुने गरेको छ।






















