सिरहाबाट नकली नोट सहित तिनजना पक्राउ

    • कार्तिक २७, २०७७
    • 5,683 पटक पढिएको
    • गमक पाेस्ट समाचारदाता
    alt

    मुकेश कुमार यादब /सिरहा, २७ कात्तिक । सिरहाको गोलबजार नपा ६ लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित प्रहरीले तीन जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको संंंयुतm टोलिले हजार दरको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नपा १२ वेतौनाका २५ पर्षिय धिरज राय , २० वर्षिय सञ्जय राय र कल्याणपुर नपा ७ का २४ वर्षिय विमलेन्द्र नायकलाई नियन्त्रणमा लिएको हो ।

    124837164_366919174592223_5802439687611514008_n
    असोज २१ गतेबाट उनीहरु तिनैजना गोलबजार नपा ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए । विशेष सुचनाको आधारमा त्यहाँ पुगेका प्रहरीले वडा अध्यक्ष बसन्त लामाको उपस्थितीमा खान तलासी गरेको जनाएको छ ।
    उनीहरुसँग अझै दुईजना रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । ती दुईजनाभने भाग्न सफल भएको बताइएको छ ।
    प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।

    124586695_817721592354635_1140626584841616031_n
    प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राई र सशस्त्रका इन्सपेक्टर रोशन थापाको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले पत्रकार सम्मेलन गरी सवै विषय सार्वजनिक गर्ने जनाएको छ ।
    यो समूह २ वर्ष भन्दा लामो समयदेखि नक्कली नोटको कारोवारमा सक्रिय रहेको स्रोतले जनाएको छ ।

     

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल