विद्यालयमै पासो लागेको अवस्थामा भेटिए जमदह माविका प्रधानाध्यपक साह

    • कार्तिक १९, २०८०
    • १६,०५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १९ कात्तिक। सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा फेला परेको छ। विद्यालयमा प्रधानाध्यपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा सलमा पासो लागेको अवस्थामा भेटिएको हो।
    विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको चाँसो माँगेका थिए।
    रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगर्दा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर खोजि नगरेको बताइएको छ। केहीवेरमा कैचिगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको त्यहि कार्यरत एक शिक्षकले बताए।
    घटना थाहापाउन साथ प्रहरीलाई खवर गरेका थिए।
    प्रहरीले घटनाबारे जानकारी पाएको बताउँदै घटनास्थलतर्फ टोलि पठाएको जनाएको छ। सोही वडाका वडा अध्यक्ष धनप्रसाद लामाले पनि घटनाभएको भन्ने सुनेर आफू भर्खर विद्यालय आईपुगेको जनाए।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल