सिरहा, १० मंसिर। सिरहाको गोलबजार नगरपालिकाले उन्नत जातको गहुँको बीउ वितरण गरेको छ। स्थानीय कृषकको उत्पादन वृद्धि गर्ने उद्देश्यसहित पालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बुधबारबाट गहुँको बीउ वितरण गरेको हो।
नगरपालिकाका कृषि शाखा प्रमुख बीरेन्द्रकुमार यादवले प्रतिकिलो ८२ पर्ने विभिन्न जातका गहुँको बीउ आधा मूल्यमा वितरण गरिरहेको जानकारी दिए। नगरपालिकाले विजय, एलएली–९७१ र गौतम जानका करिव ३४ टन गहुँका उन्नत बीउ वितरण सुर गरेको छ।
इच्छुक किसानले नागरिकता, जग्गाधनी प्रमाणपत्र र आवेदन फारमसहित कृषि शाखामा मंसिर १६ सम्पर्क गर्न नगर कृषिशाखाले अनुरोध गरेको छ।






















