रामनारायण ठाकुर
मिर्चैया, ११ मंसिर। सिरहाको मिर्चैया नगरपालिका ८ मझौवामा निर्माणाधीन घरको सेफ्टिट्यांकको सेट्रिङ खोल्ने क्रममा अक्सिजनको कमीबाट बेहोस भएका मजदुरलाई उद्धार गर्न पुगेका थप दुई युवक बेहोस भएका छन्।
सेट्रिङ खोल्ने क्रमममा बेहोस भएका मजदुर ३३ वर्षीय राकेश रायलाई उद्धार गर्न पुगेका दिपन राय र मिथलेश्वर राय पनि अक्सिजनको कमीका कारण बेहोस भएका हुन्।
बेहोस तीनैजनालाई तत्कालै स्थानीयले ट्याङ्कबाट बाहिर निकालेर उपचारको लागि मिर्चैया ७ स्थित मनकामना अस्पताल पु¥याइएको छ। राकेश राय र दिपन रायको उपचार भइरहेको अस्पतालले जनाएको छ। मिथलेश्वर रायको स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्केको अस्पतालले जनाएको छ।
स्थानीयले निर्माणाधीन ट्याङ्कीमा अक्सिजन अभाव र विषाक्त ग्यासको मात्रा बढी भएकाले घटना भएको हुनसक्ने अनुमान गरेको छ।






















