सिरहाका युवक भारतीय सीमाबजार जयनरमा मृत भेटिए

    • भदौ १८, २०७८
    • 4,487 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • सुरेश राय

    सिरहा, १८ भदौ । सिरहा जोडीएको भारतीय बजार जयनगर नजीकै एक युवक मृत अवस्थामा फेला परेको छ । सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै शव फेला परेको हो ।
    महराको धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको बताइएको छ ।
    महरा हिजो घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेष्ठो छोरा विमल महराले जानकारी दिए । उनी मोटरसाइकल किन्ने विषयमा आमासँग विवाद भएर निस्केको समेत बताए ।
    आज विहान वेवारीसे अवस्थामा भेटिएको उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्वरको आधारमा उनी नेपाली भएको भन्ने जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेरको बताइएको छ । त्यसैको आधारमा घर परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।
    घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको एक श्रीमती, ३ छोरा र एक छोरी रहेको जनाएको छ ।
    प्रहरीले घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा थप जानकारी लिने कार्य भईरहेको भईरहेको बताए ।

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल