कृष्ण खनाल हालै प्रकाशित बीपी कोइरालाको ‘जेल डायरी ९२०८००’ को भूमिकामा मैले ‘बीपीलाई राजनीतिमा उदारवादी, अर्थनीतिमा समाजवादी र संस्कृतिमा धर्मनिरपेक्ष ९सेक्युलर० मान्न सकिन्छ’ भनेर लेखेको छु । मेरो त्यो भूमिका यिनै तीन कुराको विस्तृत विवेचनामा केन्द्रित छ । पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले धर्म र ईश्वरका सम्बन्धमा बीपीका केही भनाइलाई उद्धरण गर्दै उनलाई धर्मनिरपेक्ष भन्न सकिन्न भनेर फरकमत राखे । उनले मेरो यही वाक्य पढेर कांग्रेसका युवाले पनि बीपीलाई धर्मनिरपेक्षतावादी भन्दै नहिँडून् भनेर सावधानसमेत गराए । पार्टी प्रयोजनका लागि कांग्रेसले
कुमार थापा जलको भण्डार चुरे हो भने अन्नको भकारी मधेश । चुरे दोहनले जल भण्डार नष्ट हुँदै छ । अन्न भण्डार पन िखस्कँदो छ । धान झुल्ने फाँटहरू बालुवा गट्टिीले पुरँिदै छन् । एकतहिाइभन्दा बढी जनसङ्ख्या चुरे आसपास बसोबास गर्छन् । उनीहरू दाना, पानी, वायु, जडीबुटी, फलफूल, कन्दमूल लगायत खाद्यवस्तु चुरेबाटै उपभोग गर्छन् । अर्थात् चुरेबाट उपलब्ध प्राकृतकि स्रोतले नै तराईलाई थेग्छ । चुरे र भावर क्षेत्रले मधेशका नम्ति िभूमगित जल भण्डारको काम गरेका छन् । कतपिय खोलानाला मौसमी प्रकारका छन् । वर्षात्मा मात्रै पानी देखन्छि, हउिँदमा सुक्खा । सुक्खा भए पन िजमनिमुन िपानी हुन्छ । उक्त पानीलाई सपिेज वाटर रेजङि
इन्द्र अधिकारी नेपालको कूटनीतिका सन्दर्भमा विगतका १५ दिन महत्वपुर्ण रहे । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका भ्रमणलगत्तै उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्ने सन्दर्भमा चर्चा–परिचर्चा एकातिर थियो भने भारतले आयोजना गरेको जी–२० शिखर सम्मेलन अर्को। यहीबीच चिनियाँ राजदूतले दक्षिणतर्फको अर्को छिमेकीसँग नेपालको व्यापार सम्बन्धलाई जोडेर अस्वाभाविक भाषण गरे। प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण र भारतले सफलतापूर्वक सम्पन्न गरेको भनिएको जी–२० सम्मेलनको प्रसंगबाट अलिक सतर्कजस्ता देखिएका चिनियाँ महामहिमको भनाइले यस मामलामा आगोमा घिउ थप्ने प्रयास गरेको थियो । किनभने कूटनीतिमा प्
महेन्द्र पी. लामा स्वतन्त्र भारतको इतिहासमा एउटा महत्त्वपूर्ण एवं ऐतिहासिक अध्याय जी–२० राष्ट्रहरूको शिखर सम्मेलन (८–१० सेप्टेम्बर २०२३) ले थप्ने भएको छ । भारतको अध्यक्षतामा रहेको ‘ग्रुप अफ २०’ शिखर सम्मेलनका निम्ति राजधानी दिल्लीमा भव्य तयारी गरिँदै छ । तीस वर्षअघि सन् १९८३ मा भारतले गुटनिरपेक्ष राष्ट्रहरूको सातौं शिखर सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि विश्वभरिका एक सयभन्दा बढी राष्ट्राध्यक्षहरू दिल्ली आएका थिए । दिल्लीको विज्ञान भवनमा आयोजित यस शिखर सम्मेलनमा नेपालका राजा वीरेन्द्र, भोटाङका राजा जिग्मी सिंगे वाङ्चुक, पाकिस्तानका सैनिक शासनाध्य
सोमत घिमिरे केही वर्षपहिलासम्म काठमाडौं आउनुलाई नेपाल आउनु भनिन्थ्यो । सिंगो नेपालको प्रतिनिधित्व काठमाडौंले गर्थ्यो । बाँकी भूभाग मानौं नेपाल नै होइन । यही सोचले काठमाडौंलाई विकसित बनाउन खोजियो । स्रोतसाधनको केन्द्रीकरण गरियो । विकसित बनाउन धेरै ठूलो नक्कल गरियो । चन्द्रशमशेरले विकासमा बेलायतको नक्कल गरेबापत ‘बेलायती कुकुर’ भएको आरोप पनि खेपे । काठमाडौंलाई विकसित देखाउन राणाहरूले बेलायती शैलीका घर बनाए । नारायणहिटी दरबार महेन्द्रले बेलायतकै प्रविधि र सीपमा बनाए । काठमाडौंको वैभवशाली सभ्यता र अभूतपूर्व वास्तुकलाको बहिष्करण गरियो । अझ चन्द्रशमशेरले त सिंहदरबारमा बेलायती घोडा र
सुधीर शर्मा काठमाडौँ — शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ। सबभन्दा सुरुमा २०७६ सालमा भारतले कश्मीर प्रान्त विभाजन गर्ने क्रममा नेपालको अतिक्रमित भूमि लगायत हाल पाकिस्तान र चीनको नियन्त्रणमा रहेका भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो, जसको ती तीनै देशले विरोध गरे । २०७७ सालमा पाकिस्तानले पनि कश्मीर, लद्दाख र गुजरातका केही भागसमेत राखेर नक्सा निकाल्यो, जसप्रति भारतले आपत्ति जनायो। यो दौडमा अहिले चीन पनि सामेल
विद्यानाथ कोइराला बाउन्न वर्षपछि नयाँ शिक्षा ऐन आउँदै छ । बजारमा अनौपचारिक विधेयकहरू छन् । विभिन्न संस्करणका ती विधेयकले जनमानसलाई तताएका छन् । तात्नेहरूमा निजी विद्यालय सञ्चालक छन् । सार्वजनिक विद्यालयका शिक्षक छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य छन् । जनजाति छन् । दलित छन् । धार्मिक विद्यालय सञ्चालकहरू छन् । तताइ भने तरेलीको छ । कोही बाहिरै देखिने ९डेरिडाको शब्दमा डिफिरेन्स० । कोही भित्रभित्रै मुरमुरिने ९उनकै शब्दमा डिफरान्स० । यसरी देखिने तथा मुरमुरिने अभिव्यक्तिहरूले उचित व्यवस्थापन खोजेका छन् । यही व्यवस्थापनको जरोमा पुग्न मैले देहायका उपायहरू गर्नुपर्छ भनेको छु । निजी विद्यालय
सम्झना वाग्ले भट्टराई भदौ ४, २०८० मा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम थियो । उपसभामुख सृजना दनुवारले प्रदेशसभा बैठकबारे छलफल गर्न बिहान आठ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर संसद् बैठक आह्वान गरेर उनी सुटुक्क काठमाडौं उडिन् । यसमा उपसभामुख चुनिनुभन्दा अगाडि उनी आबद्ध पार्टी अर्थात् एमाले नेतृत्वको राजनीतिक चालबाजी रहेको शंका गर्न सकिने आधारहरू छन् किनकि राष्ट्रिय राजनीतिमा एमालेको भूमिका पटकपटक यस्तै देखिँदै आएको छ । यसको पछिल्लो उदाहरण संघीय संसद् अवरोध हटाउन गत मंगलबार बस्ने भनिएको शीर्षनेताहरूको बैठक तथा राष्ट्रपति
कृष्ण खनाल एकसट्ठी किलो सुनकाण्डको उच्चस्तरीय छानबिन माग गर्दै नेकपा एमालेका कारण ३७ दिनसम्म अवरुद्ध संसद् गत साता बुधबारदेखि सञ्चालन हुन थालेको छ । संसद्मा के विषयमा छलफल भयो, निर्णय के भयो भन्नेभन्दा पनि बैठक चल्नु नै ठूलो समाचार भएको छ । संसद्मा प्रतिपक्षले केही खास विषयमा सरकारको ध्यानाकर्षण गराउन, आफ्नो दृष्टिकोण र अडानलाई सशक्त बनाउन बैठकमा अवरोध गर्न सक्छस यसलाई अस्वाभाविक मान्नुपर्दैन । यस्ता क्रियाकलापको प्रतीकात्मक महत्त्व हुन्छ । एमाले मात्र होइन, प्रतिपक्षमा रहँदा नेपाली कांग्रेस, माओवादी, राप्रपा, मधेशकेन्द्रित लगायत सबै दलले सदनमा यस्तो गतिविधि गरेका छन् । सुन तस्कर
हरिहर विरही प्रदीप गिरिको जीवनको पहिलो रोजाइ राजनीति थिएन । प्राध्यापक, लेखक वा दार्शनिक बन्न चाहनुहुन्थ्यो, तर कालान्तरमा उहाँको जीवन राजनीतिक वृत्तमै केन्द्रित रह्यो । पटकपटक सांसद र पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । योबाहेक कुनै पदमा जान चाहनुभएन । मौका नपाएको होइन, तर त्यस्ता कुनै पनि प्रस्ताव हाँसेर उडाइदिनुभयो । मानिस पदले होइन, सिद्धान्त, विचार र चरित्रले ठूलो हुन्छ र यस्तो वातावरणमा पदले मानिसको कद झन् घटाउँछ भन्ने बुझ्नुभएको थियो । त्यसैले उहाँ पदलाई अर्थहीन मात्रै होइन, लक्ष्यमाथिको अवरोधै ठान्नुहुन्थ्यो । लोकतन्त्र स्थापनापछिको अवस्थामा उहाँका लागि अवसर र सुविधाका ढोका प्रशस
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved