सिरहा बम विस्फोट : आठ जना घाइते ,एकको अबस्था चिन्ताजनक थप उपचारको लागी काडमान्डौ लगीदै

    • चैत्र १, २०७७
    • ४,६२१ पटक पढिएको
    • गमक पाेस्ट समाचारदाता
    alt

    सिरहा १ चैत्र । सिरहाको लहान नगरपालिका क्षेत्र भित्र रहेका मालपोत कार्यालय लहानमा दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको छ । विस्फोटमा परि आठ जना घाइते भएका छन् ।215254501403202115075921538460735b31ff1d220aedbcaa59e3a960b251-600x0

    घाइते हुनेहरुमा जिल्ला सिरहा बिषणपुरा गाउँपालिका बस्ने मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लिखन्दास भोला बहादुर मगर ,गोलबजार नगरपालिका –६ बस्ने ३५ वर्षीय लक्ष्मी राना र बेचनी मगर ,सिरहा नगरपालिका –१६ बस्ने ५२ वर्षीय लाल बहादुर बिश्वकर्मा ,गोलबजार बस्ने ३८ वर्षीय फूलकुमारी ठाकुर ,भगवानपुर गाउँपालिका बस्ने ५४ वर्षीय बद्रि नारायण यादव सहित सिरहा धनगडीमाई नगरपालि – ४ बस्ने अन्दाजी ३५ वर्षीय सेवाग्राही दिनेश भण्डारी गरि आठ जना घाइते भएका छन् भन्ने एकजना गम्भीर घाइते भएका दिनेश भण्डारी , भोला बहादुर मगर र शिवकुमार यादवको उपचार स्थानिय अस्पतालहरुमा भइरहेको छ ,भने बाँकी समान्य घाइते भएकाहरुको उपचार लहान अस्पतालमा भइरहेको लहान प्रहरी प्रमुख डीएसपी तपन दहालले जनाए ।215420361403202115032921464202735b31ff1d220aedbcaa59e3a960b251-600x0

    गम्भीर घाइते मध्ये सेवाग्राही दिनेश भण्डारीको अवस्था चिन्ता जनकरहेकोले थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरमा काठमाण्डौ लैजाने तयारी भइरहेको जनाएको छ ।160034740_10226264496256647_5083305110136178289_o

    यता, सुरक्षाकर्मीहरुले मालपोत कार्यालय भित्र विस्फोटका अवशेषहरु संकलन गरीरहेका छन् । भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम) रहेको प्रहरीले जनाए । बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी ) को पर्चा समेत भेटिएको छ ।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल