सिरहामा बाबु–छोराको हत्या

    • जेठ ८, २०७९
    • ६,३१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो।

    1 (10)

    सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए। स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए।

    घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुतेका थिए। उनीहरुलाई सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ। बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बाल सुतेका थिए। उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएको बताइएको छ।

    महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका सन्त कुमार इमान्दार र असल छविको युवा रहेको स्थानीयले बताए।

    घटनाको जानकारी पाए लगतै करिव विहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए।उलने भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न।’

    प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ।

    IMG_20220522_12371699

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल