रुद्र पंगेनी काठमाडौंस्थित टेकुको शुक्रराज सरुवा रोग अस्पतालको हालको भवन भएकै ठाउँमा ३०० शय्याको भव्य छतले भवन बन्दै छ । त्यसमा हामी करदाताको ३ अर्ब ८६ लाख रुपैयाँ खर्च हुने भनिएको छ । यो ठूलो अस्पताल आवश्यक परेरै बनाइन लागेको हुनुपर्छ । तर, यो अस्पताल बनाउन निर्णय गर्ने पदाधिकारीलाई केही प्रश्न गर्नैपर्ने भएको छ । अहिले अनुमान गरिएको तीन वर्षपछि यो आलिसान भवन त ठडिएला, तर उपचारमा नभई नहुने जनशक्ति उत्पादन गर्ने योजना कहिले बन्छ ? विशेषज्ञ चिकित्सक, सरुवा रोग विशेषज्ञ, नर्स कति जना चाहिन्छन् नयाँ अस्पतालका लागि मात्र ? ती विशेषज्ञ चिकित्सक तयार हुन कम्तीमा आठ वर्
रघुनाथ लामिछाने र भोला पासवान आर्थिक वर्ष २०७७-७८ को आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशमा १९.८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन्। यहाँको बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। त्यसैगरी बेरोजगारी दर सबै भन्दा बढी २०.१ प्रतिशत छ। साक्षरता दर ४०.९ प्रतिशत छ भने मानिसको अपेक्षित आयु ७१ वर्ष छ। जबकि राष्ट्रिय स्तरमा मानव विकासको सूचकाङ्क ०.५७४ पुग्दा मधेस प्रदेशको भने ०.४८५ मात्र छ। यस्तो अवस्थामा सम्पूर्ण कुरामा पछाडि पारिएका यहाँका दलित समुदायको हालत कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। अझ त्यसमाथि पनि मुलुकमै सबै भन्दा बढी दलित बसोबास गर्ने सिरहा र सप्
कृष्ण खनाल प्रधानमन्त्री पुष्पकमल दाहालको यस पटकको भारत भ्रमण तुलनात्मक रूपमा सफल मानिएको छ । यसले सम्बन्धका केही परम्परागत रटानहरूलाई भंग पनि गरेको छ । दिल्ली पुगेपछि दाहाल बसेको होटलमा देखिएको पहिलो दृश्यले धेरैको मनमा चिसो पसेको थियो, यो भ्रमण पनि राजनीतिक तीर्थाटनमै सीमित हुने भयो भनेर । सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले पूर्वनिर्धारित समयतालिकालाई उछिन्दै प्रधानमन्त्री दाहालका बाबुछोरीलाई होटलमा भेटेको टेलिभिजन दृश्यपछि देवेन्द्रराज पाण्डेले ट्वीट गरे, ‘प्रधानमन्त्रीले हाम्रोतर्फका सरकारी प्रतिनिधि नराखी भारतीय सुरक्षा अधिकारी, विदेशसचिवसँग
कृष्ण खनाल नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको सीमा कोरिन थालेको प्रतीत हुन्छ । सुनियोजित रूपमा केहीलाई जोगाउने प्रयत्नका कारण अब यो मुद्दाको कानुनी प्राविधिकता सीमित हुनेछ । यो प्रकरणको सबैभन्दा हृदयविदारक र अनपेक्षित दृश्य भुटानी मुक्ति आन्दोलनका नेता टेकनाथ रिजाल स्वयंको गिरफ्तारी हुन पुगेको छ । मैले उनलाई एक–दुई पटक भेटेको छु । सिद्धान्तनिष्ठ राजनीतिक आस्था, त्याग र साहस एवं अविचलित संघर्षयुक्त उनको व्यक्तित्व मलाई पनि प्रेरक लाग्थ्यो । उनको अकलुषित अनुहारप्रति श्रद्धा जाग्थ्यो । मलाई सम्झना छ, जब शरणार्थीहरूलाई युरोप, अमेरिका, अस्ट्रेलिया लैजाने योजना बन्यो, उनी भन्थे
झलक सुवेदी नक्कली शरणार्थी प्रकरणले नेपाली समाज अन्तर्मनदेखि तरंगित भएको छ । लामो समयदेखि भ्रष्टाचार र कुशासनसँगै नेताहरूका खोक्रा आश्वासनले वाक्क भएका जनतालाई पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला सचिवसमेत पक्राउ परेर कारबाहीको दायरामा आउनुले मरुभूमिमा पानी मिलेजस्तो आशाको सञ्चार गरेको छ । भ्रष्टाचारजन्य अभियोगमा यो कारबाही न पहिलो हो न त अन्तिम, तर उच्च राजनीतिक–प्रशासनिक तहको कारबाही र यस स्तरको अपराधको भण्डाफोरचाहिँ पहिलो नै हो । कमिसन र घूस या अन्य आर्थिक लाभका लागि हुने नीतिगत तथा सेवा बिक्रीजस्ता भ्रष्टाचार सुनिने गरेका भए पनि राज्यकै गृह प्रशासन संलग्न रहेर
पूजा शर्मा विश्वभरका रोजगारदाताले कामदार पाउने ठाउँ भनेको विश्वविद्यालयबाट उत्पादित जनशक्ति नै हुन् । रोजगारदाता र विश्वविद्यालयबिच राम्रो सम्बन्ध हुन्छ र हुनु पर्छ । कामदारले आवश्यक पर्ने ज्ञान र सिप शैक्षिक संस्थाबाट पाउँछन् । नेपालको सन्दर्भमा विश्वविद्यालय र क्याम्पसबाट विद्यार्थीले चाहेको कुरा पाएका छैनन् । श्रम बजारलाई आवश्यक पर्ने सिप र ज्ञान विश्वविद्यालयले विद्यार्थीलाई प्रदान गर्न सकिरहेका छैनन् । पाएको ज्ञान र सिप पनि कामदारले व्यवहारमा उतार्न पाएका छैनन् । नेपालमा सबैभन्दा ठुलो शिक्षालय त्रिभुवन विश्वविद्यालय अहिले लथालिङ्ग अवस्थामा छ । अन्य विश्व
सीके लाल रोमन समाज सम्बन्धी एउटा व्यापक विलापका अनुसार सत्ता संघर्षमा सामान्यजनको उदासीनताले गर्दा गणराज्यको अस्तित्व समाप्त भएर त्यहाँको शासन व्यवस्था साम्राज्यमा परिणत भएपछि कवि जुभेनालले बिलौना गरेका थिए अरे, ‘जनतालाई दुई थोक भए पुग्ने रहेछ- रोटी र सर्कस ।’ नीति वा सेवामा सुधार गरेर सार्वजनिक समर्थन हासिल गर्नुको साटो सामान्यजनलाई खाना र मनोरञ्जनतिर अल्झाएर शासन गर्ने रणनीतिले जागरुक नागरिकलाई समेत तुष्टीकरणमार्फत सम्मोहित प्रजामा रूपान्तरित गर्ने प्रसंगमा यस उद्धरणको व्यापक प्रयोग गर्ने गरिन्छ । प्रजालाई क्षुधाको तीव्रतामा फुस्ल्याउने सत्ताको युक्तिलाई हिन्दी पत्रका
विश्वास खड्काथोकी भीमराव अम्बेडकरले सन् १९१६ मै भनेका थिए, ‘यदि पृथ्वीका अन्य क्षेत्रमा हिन्दुहरू बसाइँ सरे भने विश्वकै ठूलो समस्या बन्नेछ– जात ।’ अम्बेडकरको १०७ वर्षअघिको त्यो भनाइ वर्तमान विश्वमा झन् सान्दर्भिक हुँदै गएको छ । पश्चिमा मुलुकहरूमा पुगेका दक्षिण एसियाली दलितहरू आज पनि जातीय विभेदविरुद्ध जुध्न अभिशप्त छन् । जातीय विभेदको डढेलो संसारैभर कसरी सल्किरहेको छ ? दलनको जस्केलोबाट चियाए देखिन्छ– त्यो आगोको लप्काले सारा संसारलाई नै दनदनी सल्काइरहेको छ । सर्च इन्जिन गुगलको केन्द्रीय कार्यालयमा अक्टोबर, २०२१ मा भएको एक घटनाबाट यो विमर्श सुरु गरौं । &l
चन्द्रदेव भट्ट केही तथ्यांक र घटनाक्रमसंसारको सबभन्दा राम्रो उर्वरा भूमि युक्रेन र रुस २०२२ को फेब्रुअरीदेखि विधिवत् रूपमा युद्धमा होमिएपछि विश्व–राजनीतिमा नयाँ तरंग आएको छ । युक्रेन–रुस युद्धलाई विभिन्न किसिमले व्याख्या गरिएको पाइन्छ र यसका आफ्नै तर्कहरू छन् । कसैले यसलाई सार्वभौमतासँग जोडेका छन् भने कसैले आत्मसुरक्षाको सवालसँग । फेरि कसैका लागि यो उदारवादी विश्वव्यवस्थामाथिको आक्रमण पनि हो । यो युद्धले साना राष्ट्रहरूको सुरक्षाको सवाल पनि उठाएको छÙ युरोपबाटै सुरु भएको वेस्टफेलियाका सिद्धान्तहरूमाथि मात्र होइन, संयुक्त राष्ट्र संघको क्षमता र उपयोगितामाथि पनि
मधु राई कुरा सन् १९७० को दशकको हो । तीनताक भारतका कतिपय जिल्लाका चियाबगानले किशोरावस्थाका स्कुले विद्यार्थीलाई गर्मीयामको बिदामा ‘छोकडा’ पद सृजना गरेर एकमहिने अस्थायी काम दिन्थ्यो । चियाबगाननजिकै घर हुने हामी केही विद्यार्थी कहिले बिदा होला र काम गरौंला भनेर व्यग्र हुने गर्थ्यौं । दैनिक ५ रुपैयाँका दरले १५ दिन काम गरेपछि ज्याला ७५ रुपैयाँ पाइन्थ्यो । त्यो ज्यालाकै लोभले हुनुपर्छ, हामीलाई त्यो छोकडा पदले आकर्षित गरेको । ठूलाहरूजस्तै हामी पनि बिहान सातै बजे दिउँसोको खाजा बोकेर बगानतिर जाने गर्थ्यौं । हाम्रो काम थियो— चियाका बोट गोडमेल गर्नु र बोटमाथिको हरि
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved