काठमाडौं, ४ कात्तिक। नेपालले अमेरिकासँगको दोस्रो टी–२० खेल सुपर ओभरमा जितेको छ।

नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी–२० खेल सुपरओभरमा पुगेको थियो। नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए। सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए।   

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १ सय ७० रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए। त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

नेपालको यो जितपछि ३ खेलको सिरिज २–० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ। अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ।