बालकृष्ण बस्नेत संयुक्त राष्ट्र्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा मुख्यतः दुई विषयले प्रमुखता पाए । पहिलो, नेपालमा अल्झिरहेको शान्ति प्रक्रिया अन्तर्गतको संक्रमणकालीन न्याय । दोस्रो, जलवायु परिवर्तनको मुद्दा । पहिलो विषयमा राष्ट्र संघको सुरुदेखि नै चासो हो । खास गरी माओवादी शान्ति प्रक्रियामा आएदेखि लडाकु र हतियार व्यवस्थापनमा राष्ट्रसंघीय मिसन अनमिनले नेपालमै रहेर समन्वय गरेको हो । त्यस अन्तर्गतको संक्रमणकालीन न्यायको प्रश्न भने वर्षौंदेखि अल्झिरहेको छ । महासचिव गुटेरेसले नेपालमा राजनीतिक उच्च भेटघाटका क्रममा केही सैद्धान्तिक मापदण्डसहित अल्झेका विषय टुंगो लगाउन
दीपककुमार बुढाक्षेत्री प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति संविधानले दिएको छ । संवैधानिक अधिकारको भरपूर उपयोग हुँदै नेपालमा २०४७ सालको संविधान आएपछि मिडिया उद्योग खुल्ने र वृद्धि विकास हुने क्रम जारी भयो । भारतका विभिन्न सहरबाट नेपाली भाषाका साहित्यिक पत्रपत्रिका प्रकाशित हुँदै आएका थिए । नेपाली व्यावसायिक पत्रकारिताको अभ्यास गरिरहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले संवत् १९५८ साल वैशाख २४ देखि प्रकाशन सुरु भएपछि नेपाली प्रिन्ट मिडियाको इतिहास निर्माण र जीवित भएको मानिन्छ । देशमा राजनीतिक व्यवस्था र शासन प्रणालीमा पटक पटक धेरै परिवर्तन आएका छन् । २००७ साल, २०१६ साल, २०३६ साल, २
काठमाडौं, ९ कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले आगामी २ र ३ मार्च २०२४ मा काठमाडौंमा हुने संघको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुने बताएका छन्। कुँवरले संघको १० औं महाधिवेशनबाट देखा परेका समस्या पहिचान गरी हलबाटै निराकरण गर्ने व्यवस्था समेत गरेको बताए। शेष घले प्रमुख संरक्षक रहेको संघले आगामी मार्च २ र ३ गते काठमाडौंमा विश्व सम्मलेन वा महाधिवेशन गर्ने निर्णय गरेको थियो। अध्यक्ष कुँवरले १७ देशमा राष्ट्रिय समन्वय परिषद् बनिसकेका र १५ देशमा परिषद् बन्ने तयारीमा रहेको जानकारी पनि दिए। अध्यक्ष कुँवरले संघको उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट&nd
फणीन्द्र फुयाल ‘ज्वाला’ यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै समावेशीता, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु हासिल गर्ने भूमिका निर्वाह (दस वर्षे जनयुद्धको थालनी( गरेको तत्कालिन नेकपा (माओवादी) यतिबेला छिन्नभिन्न अवस्थामा छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामांकरण भएको छ । यो पार्टीले अहिले सरकार
कृष्ण खनाल हालै प्रकाशित बीपी कोइरालाको ‘जेल डायरी ९२०८००’ को भूमिकामा मैले ‘बीपीलाई राजनीतिमा उदारवादी, अर्थनीतिमा समाजवादी र संस्कृतिमा धर्मनिरपेक्ष ९सेक्युलर० मान्न सकिन्छ’ भनेर लेखेको छु । मेरो त्यो भूमिका यिनै तीन कुराको विस्तृत विवेचनामा केन्द्रित छ । पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले धर्म र ईश्वरका सम्बन्धमा बीपीका केही भनाइलाई उद्धरण गर्दै उनलाई धर्मनिरपेक्ष भन्न सकिन्न भनेर फरकमत राखे । उनले मेरो यही वाक्य पढेर कांग्रेसका युवाले पनि बीपीलाई धर्मनिरपेक्षतावादी भन्दै नहिँडून् भनेर सावधानसमेत गराए । पार्टी प्रयोजनका लागि कांग्रेसले
कुमार थापा जलको भण्डार चुरे हो भने अन्नको भकारी मधेश । चुरे दोहनले जल भण्डार नष्ट हुँदै छ । अन्न भण्डार पन िखस्कँदो छ । धान झुल्ने फाँटहरू बालुवा गट्टिीले पुरँिदै छन् । एकतहिाइभन्दा बढी जनसङ्ख्या चुरे आसपास बसोबास गर्छन् । उनीहरू दाना, पानी, वायु, जडीबुटी, फलफूल, कन्दमूल लगायत खाद्यवस्तु चुरेबाटै उपभोग गर्छन् । अर्थात् चुरेबाट उपलब्ध प्राकृतकि स्रोतले नै तराईलाई थेग्छ । चुरे र भावर क्षेत्रले मधेशका नम्ति िभूमगित जल भण्डारको काम गरेका छन् । कतपिय खोलानाला मौसमी प्रकारका छन् । वर्षात्मा मात्रै पानी देखन्छि, हउिँदमा सुक्खा । सुक्खा भए पन िजमनिमुन िपानी हुन्छ । उक्त पानीलाई सपिेज वाटर रेजङि
इन्द्र अधिकारी नेपालको कूटनीतिका सन्दर्भमा विगतका १५ दिन महत्वपुर्ण रहे । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका भ्रमणलगत्तै उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्ने सन्दर्भमा चर्चा–परिचर्चा एकातिर थियो भने भारतले आयोजना गरेको जी–२० शिखर सम्मेलन अर्को। यहीबीच चिनियाँ राजदूतले दक्षिणतर्फको अर्को छिमेकीसँग नेपालको व्यापार सम्बन्धलाई जोडेर अस्वाभाविक भाषण गरे। प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण र भारतले सफलतापूर्वक सम्पन्न गरेको भनिएको जी–२० सम्मेलनको प्रसंगबाट अलिक सतर्कजस्ता देखिएका चिनियाँ महामहिमको भनाइले यस मामलामा आगोमा घिउ थप्ने प्रयास गरेको थियो । किनभने कूटनीतिमा प्
महेन्द्र पी. लामा स्वतन्त्र भारतको इतिहासमा एउटा महत्त्वपूर्ण एवं ऐतिहासिक अध्याय जी–२० राष्ट्रहरूको शिखर सम्मेलन (८–१० सेप्टेम्बर २०२३) ले थप्ने भएको छ । भारतको अध्यक्षतामा रहेको ‘ग्रुप अफ २०’ शिखर सम्मेलनका निम्ति राजधानी दिल्लीमा भव्य तयारी गरिँदै छ । तीस वर्षअघि सन् १९८३ मा भारतले गुटनिरपेक्ष राष्ट्रहरूको सातौं शिखर सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि विश्वभरिका एक सयभन्दा बढी राष्ट्राध्यक्षहरू दिल्ली आएका थिए । दिल्लीको विज्ञान भवनमा आयोजित यस शिखर सम्मेलनमा नेपालका राजा वीरेन्द्र, भोटाङका राजा जिग्मी सिंगे वाङ्चुक, पाकिस्तानका सैनिक शासनाध्य
सोमत घिमिरे केही वर्षपहिलासम्म काठमाडौं आउनुलाई नेपाल आउनु भनिन्थ्यो । सिंगो नेपालको प्रतिनिधित्व काठमाडौंले गर्थ्यो । बाँकी भूभाग मानौं नेपाल नै होइन । यही सोचले काठमाडौंलाई विकसित बनाउन खोजियो । स्रोतसाधनको केन्द्रीकरण गरियो । विकसित बनाउन धेरै ठूलो नक्कल गरियो । चन्द्रशमशेरले विकासमा बेलायतको नक्कल गरेबापत ‘बेलायती कुकुर’ भएको आरोप पनि खेपे । काठमाडौंलाई विकसित देखाउन राणाहरूले बेलायती शैलीका घर बनाए । नारायणहिटी दरबार महेन्द्रले बेलायतकै प्रविधि र सीपमा बनाए । काठमाडौंको वैभवशाली सभ्यता र अभूतपूर्व वास्तुकलाको बहिष्करण गरियो । अझ चन्द्रशमशेरले त सिंहदरबारमा बेलायती घोडा र
सुधीर शर्मा काठमाडौँ — शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ। सबभन्दा सुरुमा २०७६ सालमा भारतले कश्मीर प्रान्त विभाजन गर्ने क्रममा नेपालको अतिक्रमित भूमि लगायत हाल पाकिस्तान र चीनको नियन्त्रणमा रहेका भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो, जसको ती तीनै देशले विरोध गरे । २०७७ सालमा पाकिस्तानले पनि कश्मीर, लद्दाख र गुजरातका केही भागसमेत राखेर नक्सा निकाल्यो, जसप्रति भारतले आपत्ति जनायो। यो दौडमा अहिले चीन पनि सामेल
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved