घम्बर नेपाली माओवादी विद्रोहताका दुइटा उक्ति निकै प्रचलित थिए । पहिलो, राज्यसत्ताबाहेक अरू सबै कुरा भ्रम हुन् । दोस्रो, राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ । यही भाष्यलाई पछ्याउँदै हजारौं शोषित–उत्पीडित जनता माओवादी जनयुद्धमा हाम फालेका थिए । सोही विद्रोहको आंशिक उपलब्धि आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । संसारभरि प्रचलित र अधिक अभ्यासमा रहेको राज्यसत्ता प्राप्त गर्ने अर्को बाटो आवधिक निर्वाचन हो, जसलाई लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण सौन्दर्यका रूपमा लिइन्छ । हिजो सशस्त्र विद्रोहबाट राज्यसत्ता कब्जा गर्ने ध्येय लिएका नेपाली कांग्रेस, एमाले, माओवादीहरू नै निर्वाच
जीबछ यादव ‘उदासी’ अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोयन दर्ता गराई चुनाव चिन्ह प्राप्त गरेर विभिन्न दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि लागि सकेका छन् । विभिन्न समाजिक सञ्जालदेखि लिएर मतदातासँग भेटघाट, विभिन्न विचार गोष्ठी, सभा सम्मेलनमार्फत चुनाव प्रचार प्रसार तीब्रता लिएको छ । अहिले शहर वजारभन्दा गाउँघरलाई यो चुनावले छोपि सकेको छ । चुनाव भनेको प्रतिस्पर्धात्मक खेल जस्तै हो । खेलमा जस्तै चुनावमा पनि कोही हार्छन् भने कोही जित्छन्। खेलमा जस्तै यसमा पनि जित्नका लागि सबै दाउ प्रयोग गरेका हुन्छन्। प्रतिस्पर्धी
तुलानारायण साह आगामी निर्वाचनका लागि नामाङ्कनको प्रक्रिया सुरु भएपछि दुई विषयले निकै चर्चा पाए । पहिलो, प्रमुख दलहरूले समानुपातिकतर्फको सूचीमा पठाएका केही सम्भ्रान्तहरूका नामबारे । दोस्रो, तिनै दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारीमा दलित, महिला र जनजातिलाई कम सङ्ख्यामा उम्मेदवार बनाएकाबारे । दोस्रो जनआन्दोलन र मधेश आन्दोलनपछि २०६४ सालदेखि नेपालमा समानुपातिक निर्वाचन प्रणाली सुरु भएको हो । त्यस हिसाबले यो निर्वाचन चौथो हुनेछ । दलहरूले यस पालि प्रत्यक्षतर्फको उम्मेदवार छनोटको मापदण्ड तय गर्दा जित्न सक्नेलाई सिफारिस गर्नका लागि आफ्ना तल्ला निकायहरूलाई निर्देशन दिएका थिए ।
आहुति नेपाली समाजको मध्यम वर्ग सतहमा अहिले निकै हर्ताकर्ताजस्तो देखिन्छ । सहरका रंगीन मल बजारहरूमा वा खर्चालु रेस्टुरेन्टहरूमा यस वर्गका मानिसको रवाफमय चहलपहल हेर्नलायक हुन्छ । हवाईजहाजमा बसेपछि, ‘उड्न लागें है...’ अनि जहाज अवतरण भएर ट्याक्सी वेमा गुड्न थाल्नेबित्तिकै मोबाइल खोलेर ‘बल्ल ल्यान्ड भयो’ भनी हतारहतार आफन्तलाई सन्देश बाँडिरहेको देख्दा यस वर्गका मानिसहरू सुख र प्रेममय जीवनमा हुइँकिइरहेझैं लाग्छ । मध्यम वर्गको समग्र जीवनका भित्री पानाहरू पल्टाउने हो भने यस वर्गका मानिसहरू निकै पीडादायी हृदयविदारक सामाजिक विघटनको प्रक्रियाबाट पनि गुज्रिरहेका
आशिष विश्वकर्मा सिरहाको गोलबजार नगरपालिका १० मैनाबत्ती खोलाकीनारमा रहेको धोवीयाधार टोलकी रमिलादेबी सदाय २७ वर्षकी भइन्। उनका तीन सन्तान छन्। रमिलादेवीले सबै सन्तानलाई आफ्नै भुपडीमा जन्म दिएकी हुन्। धोबियाधार नामबाट चिनिने यो बस्तीमा ४० परिवार मुसहरको झुपडी छ। रमिलादेवी जस्तै यो बस्तीका कुनै पनि महिला सुत्केरी हुन अस्पताल जाँदैनन्। न त उनीहरु गर्भवती भएको बेला परीक्षणको लागि नै स्वास्थ्य संस्थामा पुग्छन्। गरिबीको दुस्चक्रमा जीवन विताउँदै आएका मुसहर महिलामा अझै पनि सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने चेतनाको अभाव छ। ‘हाम्रा ३, ६ र ९ वर्षका तीन सन्तान छन्,’ रमिलाका पति श्यामकुमार
मीना पौडेल नमुना (नाम परिवर्तन) मध्यपहाडका, उपल्लो जात भनिएका र स्थानीय राजनीतिमा राम्रै दखल राख्ने अनि शिक्षण पेसाद्वारा परिवारको जीविका चलाएका एक शिक्षककी छोरी हुन् । माध्यमिक तहको पढाइ सकी उनी २०६४ सालतिर काठमाडौं झरिन्, सानोतिनो काम गर्दै पढाइलाई निरन्तरता दिने सपना बुनेर । पढाइमा अब्बल नमुना बाबुकै पेसा पछ्याउने चाहनाले शिक्षाशास्त्र अध्ययन गर्न सम्भावित कलेजबारे बुझ्दै रोजगारीका सम्भावना पनि खोतल्न थालिन् । भर्खर शान्ति प्रक्रियाले अलिक आशा पलाएको तर राजनीतिक प्रक्रियाले बाटो लिइनसकेको मुलुकमा बेरोजगारी समस्या उकालोलाग्दो थियो, अनि राज्यका संरचना अस्तव्यस्त र समाज माओव
हरि रोका एकताका फ्रान्सेली वातावरणविद् तथा जीवशास्त्री रेन जुलेस दुवसले प्रयोग गरेको वाक्यांश ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ नेपालमा पनि एक पटक प्राज्ञहरूका मुखमुखमा झुन्डिएको थियो । अहिले पनि केहीले दोहोर्याउँछन् । यो भनाइ अहिले संसारले भोगिरहेको जीविकोपार्जनको समस्याका सन्दर्भमा पनि निकै कामलाग्दो देखिएको छ । संसारका बहुसंख्यक मानिसले भोगिरहेको र आफ्नै मुलुकले बेहोरिरहेको जीविकोपार्जन तथा भोकमरीको तुलनात्मक अध्ययन संसारकै बारेमा सोच्न, लेखाजोखा राख्न र आफ्नो मुलुकका सन्दर्भमा समाधानार्थ योजना निर्माण र कार्यान्वयनमा खरो उत्रिन काममा आउँछ । जीविकोपार्जन र भोकम
कृष्ण खनाल राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई दोस्रो पटक पनि रोकिन् । पहिलो पटक उनलाई संविधानले नै त्यो सुविधा दिएको थियो । तर यस पटक उनले संविधानले नदिएको बाटो रोजिन् । राष्ट्रपतिबाट संसद्को निर्णयलाई पैतालामुनि दबाउने काम भयो जुन छुट उनलाई छैन । यो त संविधानमाथि नै प्रहार भयो । यो प्रहार यस्तो समयमा भएको छ जसका कारण प्रणाली नै दुर्घटनामा पुग्ने जोखिम हुन्छ । मुलुक चुनावी प्रक्रियामा प्रवेश गरेको छ, प्रतिनिधिसभा छैन, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग लागेको छ, त्यो टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको छ । त्यही ब
संजीव उप्रेती समाजशास्त्रीय अध्ययनहरूमा वर्ग, लिंग, भूगोल, उमेर, जात, जाति लगायतका श्रेणीलाई विश्लेषणका क्याटेगोरीका रूपमा प्रयोग गरिन्छ । तर यी सबै श्रेणीका अन्तरतहमा रहेको एउटा क्याटेगोरीबारे खासै छलफल हुन सकेको छैन । त्यो हो- चलाख र सोझासाझा । चलाखहरू सत्ताको संरचनामा मात्र नभएर सत्ताविरुद्धका आन्दोलनहरूमा समेत नेतृत्वपंक्तिमा पुग्छन्, सोझासाझा प्रायः चलाखका झोला बोक्ने, तिनका भाषणमा थपडी बजाउने र सडकमा पिटाइ खानेजस्ता भूमिकामै सीमित हुन्छन् । यस लेखमा चलाख र सोझासाझाबीचको यस किसिमको भिन्नतालाई मैले मिटरब्याजपीडितहरूको आन्दोलनसित जोडेर हेर्ने जमर्को गरेको छु । उ
मनहरि तिमिल्सिना कुनै समय थियो, शासनको बागडोर अमूक सामन्तहरूको हातमा थियो । देशमा शान्ति त थियो । तर, स्वतन्त्रता थिएन, थियो त केवल मूर्दा शान्ति । राज्यका सम्पूर्ण अंगहरू सामन्ती शासनको जाँतोले पिल्सिएका थिए । राजाहरू संविधानभन्दा माथि थिए, उनीहरू ‘विष्णुको अवतार’ मानिन्थे । महिलाहरू घरायसी धन्दाको ‘नजरबन्द’मा थिए । दलितहरू अछूत त छँदै थिए, त्यसमाथि अपमान र अभावको विष पिएर बाँच्नुपर्ने परिस्थिति थियो । केन्द्रीय सरकारदेखि टोलको ‘कचहरी सभा’सम्मका निर्णय प्रक्रिया केही पढेलेखेका, एलिट खस–पुरूषहरूको हातमा थियो । उनीहरू जे निर्णय गर्थे, त्यही फैसला
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved