सप्तरी, ११ असार। सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पछि विवाह गर्ने दलित युवतीलाई २० हजार प्रदान गर्ने भएको छ।

नगरपालिकाले ११ औँ नगरसभाले बालविवाह न्यूनीकरणका उदेश्य सहित २० वर्ष पछि विवाह गर्ने दलित युवतीलाई २० नगद दिने निर्णय गरेको हो।
बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन नगरपालिकाको यस कार्यले सहयोग पुग्ने नगर प्रमुख आतेशकुमार सिंहलेले विश्वास व्यक्त गरे।

उनले यहाँ अधिकांश बालविवाहभन्दा पनि बालिका विवाहगर्ने चलन छ, यस अभियानले बालबिबाह न्यूनिकरण गर्ने अपेक्षा लिएको बताए। नगरप्रमुख सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियान फलदायी हुने ठानेको छु। अभियान जिल्लाभर लैजान जरुरी छ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने युवतीलाई बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने युवतिलाई पनि सहयोग गर्ने उनको भनाइ छ।