अपराध

      Showing १-१० of ३१८ items.
    • रवि लामिछानेले सहकारीबाट २ करोड लिएको मिसिल पुग्यो अदालत

        काठमाडौं, ३ बैशाख। बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको हो।    १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। यसरी बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ।  अभियोग पत्रमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छैन। तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभि

      • प्रकाशित मितिः बैशाख ३, २०८१
      • २४५ पटक पढिएको
      • गमक पाेस्ट
    • किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

      उदयपुर, २ बैशाख। उदयपुर प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिका ९ का ३८ वर्षीय सन्तोष कुमार माझीलाई बुधबार राति किशोरीलाई जवरजस्ती गरनी गरेको उजुरीको आधारमा शनिबार प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उजुरीको आधारमा पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

      • प्रकाशित मितिः बैशाख २, २०८१
      • १३५ पटक पढिएको
      • गमक पाेस्ट
    • बागमती नगर प्रमुख थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

      सिरहा, २९ चैत। सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नगरप्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो। प्रमुख थापाले गैरकानुनी रूपमा पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। नगरप्रमुख थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा सात करोड ८६ लाख ५० हजार अवैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लगानी तथा खर्च गरेको अख्त

      • प्रकाशित मितिः चैत्र २९, २०८०
      • २६४ पटक पढिएको
      • गमक पाेस्ट
    • जवरजस्ती करणीमुद्दाका फरार प्रतिवादी एक महिना ११ दिनपछि पक्राउ

      सिरहा, २७ चैत। प्रहरी सिरहाले जवरजस्ती करणीमुद्दाका फरार प्रतिवादीलाई एक महिना ११ दिनपछि पक्राउ गरेको छ। १६(२०८०/०८१) लाई जगरजस्ती करणी गरी फरार रहेका सिरहाकै अर्नमा गाउँपालिका २ ब्रहमपुरीका २५ वर्षिय शेखर शर्मा बरहीलाई लुकीछिपी बसेको बेला आफ्नै घरबाट सोमबार बेलुका पक्राउ गरेको हो। शर्माले गत फागुन १६ गते १६(२०८०/०८१) लाई जगरजस्ती करणी गरी फरार रहेकाले उनलाई खोजतलासको क्रममा प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। प्रहरीले आजै जिल्ला अदालत सिरहामा १० दिसदिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

      • प्रकाशित मितिः चैत्र २७, २०८०
      • १९४ पटक पढिएको
      • गमक पाेस्ट
    • छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवा प्रहरी नियन्त्रणमा

      सिरहा २५ चैत। सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ। सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। पलाष्टिक प्याक सहित १२.८ सय

      • प्रकाशित मितिः चैत्र २५, २०८०
      • ९२ पटक पढिएको
      • गमक पाेस्ट
    • नोबेल अस्पताल विराटनगरमा कार्यरत सिरहाका स्टाफनर्सको हत्या

      विराटनगर, २ फागुन। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ। सिराहाको धनगढीमाई नगरपालिका ६ फुल्काहकट्टी घर भएकी दासको आफ्नै डेराको शौचालयमा धारीलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो। धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दास डेरामा बसेको घरको कोठा भित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए। दास अस्पताल नजिक बुढाथोकी मार्गस

      • प्रकाशित मितिः चैत्र २, २०८०
      • ८८७ पटक पढिएको
      • गमक पाेस्ट
    • रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय हतियारसहित पक्राउ

      रौतहट, २ चैत। रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गर्ने तीन भारतीय हयिार सहित पक्राउ परेका छन्। सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि शुक्रबार गोली प्रहार गर्ने तीन भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गरेको छ। बैंकको रकम लिएर फरार भएका प्रहरीले पक्राउ गरेको बताएको छ। उनका अनुसार कटुवा पेस्तोलबाट उनको सञ्चालक सा

      • प्रकाशित मितिः चैत्र २, २०८०
      • २२७ पटक पढिएको
      • गमक पाेस्ट
    • एकै सातामा तीन महिलाको आफ्नै श्रीमानबाट हत्या

      सिरहा, १ चैत। एक साताको अवधिमा सिरहामा तीन महिलाको आफ्नै श्रीमानबाट घाँटीरेटी हत्या भएको छ। सिरहको लक्ष्मीपुर पतारीमा आज पुनः एक महिलाको आफ्नै श्रीमानले धारीलो हतियार प्रहारी गरी हत्या गरेको हो। लक्ष्मीपुर पतारी ६ सीतापुरका ५५ वर्षिय कुमियादेवी दासलाई उनको श्रीमान रामसितल दासले धारीलो हतियार प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमती खेतमा काम गरिरहेको अवस्थामा दासले धारीलो हतियारले सरिरको विभिन्न भागमा प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले हत्यामा संलग्न दासलाई नियन्त्रणमा लिईसकेको जनाएको छ। प्रहरीले शव

      • प्रकाशित मितिः चैत्र १, २०८०
      • १९९ पटक पढिएको
      • गमक पाेस्ट
    • घुससहित महोत्तरीबाट असई र हवल्दार अख्तियारको फन्दामा

      बर्दिवास, २८ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले महोत्तरीको कान्तिबजारबाट दुईजना प्रहरीलाई घुससहित नियन्त्रणमा लिएको छ। प्रहरी चौकी, कान्तिबजार असई शर्मा प्रसाद यादव र बरिष्ठ हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीसँग लिएको २० हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो। जिल्ला अदालतले गरेको निर्णय कार्यान्वयन नगराउन छलफलगरी सहयोग गर्ने सर्तमा घुस रकम लिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। जरी विज्ञप्तिमा लेखिएको छ, ‘असई यादवले व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पु¥याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्

      • प्रकाशित मितिः फाल्गुन २८, २०८०
      • १९६ पटक पढिएको
      • गमक पाेस्ट
    • सिरहामा आफ्नै श्रीमतीको घाँटीरेटी हत्या, दुईदिनमा दुई महिला मारिए

      सिरहा, २७ फागुन। सिरहामा आफ्नै श्रीमानले एक महिलाको घाँस काट्ने हसियाले घाटी रेटी हत्या गरेको छ। सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले श्रीमतीको हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रीमानले हत्याको जिममा लिएपनि कारणभने अझै खुलाएको छैन। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। त्यैगरी, हिजो शनिबार सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको छ। गोलबजार नगरपालिका ६

      • प्रकाशित मितिः फाल्गुन २७, २०८०
      • १,९३६ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल