सिन्धुली,  १ मंसिर। आफ्नै श्रीमती हत्या अभियोगमा सिन्धुलिमा एकजना पक्राउ परेको छ। कमलामाई नगरपालिका १० डाँडाटोल का ४१ वर्षीय मनोज कार्कीलाई  आफ्नै श्रीमती ३९ वर्षीया सानु कुमारी कार्कीको हत्या अभियोगमा गएराती पक्राउ गरेको हो।

सामान्य विवादको क्रममा मनोले ढुङ्गाको लोहोरो प्रहार गर्दा सानु कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।