‎काठमाडौं, ११ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन्।‎ ‎राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन्।‎

‎साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रधानमन्त्री शाहले रोकिएका चार अध्यादेशबारे राष्ट्रपति पौडेलसँग चासो राखेका थिए।

‎आजै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका थिए।

‎आाजै राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियोे। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष,अर्थ मन्त्री डा। स्वर्णिम वाग्ले,परराष्ट्र मन्त्री शिशिर खनाल,गृहमन्त्री सुधन गुरूङ,मुख्य सचिव गोविन्द बहादुर कार्की र प्रधानसेनापति महारथी अशोकराज सिग्देल सदस्यका रूपमा सहभागी भएका छन्। साथै रक्षा सचिव इन्दु घिमिरे  र गृह सचिव केदारनाथ शर्मा पनि आमन्त्रितका रूपमा सहभागी थिए।