लहान, १२ मंसिर। नेपाली कांग्रेसका भातृ संगठन नेविसंघका पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाका मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाको आयोजनामा पत्रकार सम्मेलन गरि साहले उम्मेदवारी घोषणा गरेका हुन्।
उनी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पनि चुनाव लडेका थिए। करिव तीन दशकदेखि नेविसंघ हुँदै कांग्रेस राजनीति सक्रिय साह नेविसंघ सिरहाका पुर्व जिल्ला सभापति हुन्।
‘पार्टीमा ईच्छुक नेताहरुले दाबी गर्ने विधान अनुसार अधिकार हो। तर, पार्टीले जसलाई टिकट दिन्छ उनलाई सबै मिलेर सहयोग गरेर चुनाव जिताउन लाग्नु पर्ने हुन्छ, त्या गर्न म तयार छु,; साहले भने।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको नेतृत्वमा पहिलो पटक लहानमा मेयर जितेका छन्। धेरै कामहरु भएको स्मरण गर्दै स्थानीय नेतृत्व कांग्रेसकै भए लहानको विकासले अझै गति लिने उनले बताए। उनले कांग्रेस नेतृत्वमा लहानको विकासले राम्रो गति लिने बताए।






















