सुर्खेत, १२ मंसिर। कर्णाली प्रदेशमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शनिबार) नौ खेलमा प्रतिस्पर्धा हुने भएको छ।
खेल तालिकाअनुसार जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते, महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन्।
महिला क्रिकेट वीरेन्द्रनगर रङ्गशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन्। पुरुष फुटबल मुख्य रङ्गशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर रङ्गशालामा सञ्चालन हुने तालिका छ।
त्यस्तै, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल ९सुर्खेत० मा हुनेछन्। फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल (सुर्खेत) तथा शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा आयोजना हुनेछन्।
तालिकाअनुसार शारीरिक सुगठन बिहान ८ बजेदेखि सुरु हुनेछ भने टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, कराँते, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्।






















