सिरहा, १० मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ बरपिपल चोकमा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय करिव ५० वर्षिय बसन्त महरालाई गत मंगलबार बेलुका कक्करदिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो। तीन दिनदेखि फरार बा. प्र. ०१–०२५ च ७३९६ नम्वरका गाडीलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। 

तीनदिनसम्म गाडी फेला नपरेपछि आक्रोशित स्थानीयले फरार चालक तथा सवारीसाधनको खोजी गरी तत्काल दोषीमाथि कारबाही माँग गर्दै पूर्व–पश्चिम राजमार्गमा आजविहान टायर बालेर प्रदर्शन गर्दै करिव २ घण्टा सडक अवरुद्ध गरेका थिए।

प्रहरी अनुसन्धानका क्रममा गाडी धनगढीमाई नगरपालिका ९ महुवाडाँडाका पल्टु रामको रहेको खुलेको छ।

दुर्घटनामा महराको मृत्यु घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको छ।