मीना पौडेल बीसौं शताब्दीका पछिल्ला दशकहरूसँगै तीव्र गतिमा विस्तार भएको राजनीतिक उदारीकरण, संयुक्त राष्ट्रसंघद्वारा प्रायोजित महिला सम्मेलनहरू र तिनका पृष्ठभूमिमा तय गरिएका राजनीतिमा महिला सहभागिताका अभियानहरूले जति उपलब्धि हात पारेका छन्, त्यति नै आलोचना पनि । अनि संयोग नै भन्नुपर्छ, उदारवादी प्रजातान्त्रीक प्रक्रियासँगै महिला सहभागिताको अभियान चलाउने पनि अधिकारमुखी अभियानको दोस्रो वेभका हिमायती अधिकारकर्मी र औपनिवेशिक शासनका विरुद्धमा कलम चलाउनेहरू नै बढी प्रभावकारी थिए भने पछिल्लो दशकमा राजनीतिमा सीमान्तीकृत पारिएकाको नाममा भएका विकृतिका विरुद्धमा बोल्ने पनि तिनै अधिकार अभि
उषा थपलिया केहीअघि काठमाडौंको एउटा परिवारमा कारुणिक घटना भयो । पढाइका लागि दुई छोराहरू बिदेसिएपछि घरमा सरकारी जागिरे बाबुआमा मात्र बाँकी रहे । जागिर रहुन्जेल अफिस र घर गर्दै दिन बिताउन दुवैलाई सहजै थियो । केही वर्षअघि कामबाट दुवै जना निवृत्त भए । त्यसको दुई वर्षपछि पक्षाघातका कारण आमाको दिनचर्या पूरै बाबुमा निर्भर हुनुपर्ने अवस्था बन्यो । हातले इसाराबाहेक केही गर्न नसक्ने अवस्थामा रहेकी आमाको यावत् कामको एकल दायित्व बाबुमाथि निर्भर रह्यो । आमाको अवस्थाबारे जानकारी गराउँदै घर आउन उनले दुवै छोरालाई पटक–पटक आग्रह गरे । पढाइपछि काम र विदेशी महिलासँग उतै घरजम गरेका दुवै
रामरिझान यादव हाम्रो छिमेकी मित्रराष्ट्र भारत दुनियाँको अब्बल दर्जाको संसदीय लोकतन्त्र भएको मुलुक कहलाउँछ। दुनियाँको सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्रको रुपमा रहेको आफूलाई गर्व गर्छ। हो पनि, भारतीय संविधान निर्माता डा. बाबासाहेव भीमराव अम्बेदकरले संविधान लेख्दा तमाम लोकतान्त्रिक प्रावधानहरुलाई आत्मसात गरेका थिए। प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार आबधिक निर्वाचान प्रणाली, मानवअधिकारको प्रत्यभूति तथा सबै प्रकारका मौलिक हक जस्तै व्यक्तिगत तथा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता एवं धार्मिक स्वतन्त्रताजस्ता मूलभूत प्रावधानहरु संविधानमा अन्तर्निहित रहेको छ। तर, सन् १९५२ मा पहिलोदेखि सन् २०१
अजय रिसाल शिक्षकले पिट्दा विद्यार्थीको कानको जाली फुट्यो, आँखाको ज्योति गुम्यो, हात भाँच्चियो, खुट्टा मर्कियो, शरीरभरि नीलडाम’ भनेर समाचार आइरहन्छन् । त्यस्तै ‘शिक्षिकाले मन नपराएको’, ‘बाबाले गाली गरेको’ जस्ता सामान्य कारण देखाएर नानीबाबुले ‘आत्महत्या’ गरेका खबर पनि आउँछन् । यस्ता समाचारले बेलाबेलामा मलाई झक्झकाउँछ । किशोरी छात्राहरू यौन दुर्व्यवहारको सिकार बन्ने गरेका खबरले झनै उद्वेलित गराइदिन्छ । हाम्रा विद्यालय कठोर कारागार अनि छात्रावास व्यभिचारका केन्द्रमा परिवर्तन हुन लागेका त होइनन् प्रश्न उठ्छ । बालबालिकाका व्यवहार
सुरेन्द्र अर्याल महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७९ यस पटक पनि राष्ट्रपतिसमक्ष पेस भइसकेको छ, जसले संघ, प्रदेश र स्थानीय तहका ५,७५८ सरकारी कार्यालय र सार्वजनिक निकायहरूको आर्थिक वर्ष २०७७/७८ का आर्थिक कारोबारको लेखापरीक्षण गरेको छ । तर आर्थिक वर्ष २०७८/७९ समेत व्यतीत भैसकेको छ र पछिल्लो प्रतिवेदनमाथि संघीय संसद्को सार्वजनिक लेखा समितिमा छलफल कहिले तय गरिने हो, यकिन भन्न सकिन्न । सामान्य अवस्थामा पनि महालेखा परीक्षकको यो वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा चौथो वर्ष अर्थात् २०८०/८१ लागिसक्ने देखिन्छ । नियमित प्रक्रियामा काम हुँदासमेत यस्तो अवस्था देखिन्छ भने कतिपय मन्त्
टीकाराम भट्टराई मुलुक संविधान जारी भएपश्चात्को दोस्रो संसदीय निर्वाचनतर्फ अघि बढेको छ । राजनीतिक संविधानवादको अभ्यास गर्ने प्रमुख माध्यम नै आम निर्वाचन हो । संविधान र संविधानवादको सक्रिय अभ्यास नै जीवन्त लोकतन्त्रको विशेषता हो । संसदीय अभ्यासमा देखिएका विकृत पक्षहरूलाई एक क्षण बिर्सिएर विश्लेषण गर्ने हो भने, आवधिक निर्वाचनमा नेपालको अभ्यास उत्साहप्रद नै छ । बहुदलीय व्यवस्थाको स्थापनापश्चात् सुरु भएको यो अभ्यास माओवादी द्वन्द्वकाल र राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा २०५६ को संसदीय निर्वाचनपश्चात् एक पटक बिथोलिनुबाहेक अन्य समयमा नियमित रूपमा भएको छ । लोकतन्त्रको प्राणवायु आवध
कुलचन्द्र न्यौपाने समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घाँटीको क्यान्सरबाट शनिबार राति निधन भएका ७७ वर्षीय गिरीलाई सरकारको निर्णयअनुसार राजकीय सम्मानका साथ बिदाइ गरिएको हो । गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति र ठूलो संख्यामा पार्टीका कार्यकर्ता आर्यघाट पुगेका थिए । गिरीलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए । त्यसअघि उनको पार्थिव शरीरलाई मेडि
किशोर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो चुनाव हुँदै छ, आगामी मंसिर ४ गते । देशभरि चुनावका नाराहरू घन्किन थालेका छन् । चुनावप्रति मानिस निरपेक्ष छैनन् । चुनावमा उनीहरूको आकर्षण बढ्दो छ । सहर–बजारमा हुने चुनावी चर्चाहरू वृद्ध नेताहरूमा केन्द्रित छन् । ‘युवाले देश बनाउँछन्’ नारा चर्किंदै गएको छ । र, पनि पुस्ता–पुस्ताबीचको टक्कर सकिएको छैन । यस्तो किन भइरहेको छ ? बितेका तीस वर्षमा हामीले के त्यस्ता गल्ती गरेका थियौं र नेपालको आर्थिक विकास हुन सकेन ? किन हामी नेपालीको जीवन अत्यधिक अस्तव्यस्त छ ? हाम्रो देशमा पहिलो राष्ट्रिय जनआन्दोलन (
चन्द्रकिशोर नेपालको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको क्षण एउटा दुर्भाग्यको युगको समाप्ति थियो । त्यतिखेर केन्द्रीकृत शासन प्रणालीबाट संघीय संरचनाको नयाँ युगमा पाइला जो राखिएको थियो । केन्द्रीकृत शासन नेपालका लागि आफैंमा दुर्भाग्य ठहर भयो । मुलुकमा बहुतहका सरकार देख्न चाहनेहरूको दशकौंदेखिको छटपटीले मुक्ति पाएको थियो । बहुतहका सरकारको परिकल्पना र त्यसको कार्यान्वयनको अभीष्टबाट नेपाल स्वयंले आफूभित्र खोजीको थालनी गरेको थियो । हो, संविधान जारी गर्दा त्यसप्रति विमति राख्नेमध्ये मधेश पनि थियो । यहाँ ठूलो जनसंघर्ष भयो । जहाँ संविधानले एउटा नयाँ युगको थालनी गर्यो, त्यहीँ
सुवासचन्द्र पोख्रेल विश्वकै शक्तिशाली देश अमेरिकामा अहिलेसम्म राष्ट्रपति बनेका ४६ जनामध्ये ५०–६५ वर्ष उमेरसमूहका ३२ जना रहेछन् भने ४२–५० वर्षभित्रका १० जना । ६६–८० वर्ष उमेरसमूहका चाहिँ जम्मा ४ जना रहेछन् ! उता, सान्ना मरिन ३६ वर्षकै उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनेकी छन् ! इम्यानुअल म्याक्रोन ४० वर्षकै उमेरदेखि फ्रान्सको नेतृत्वमा छन् ! ग्याब्रियल बोरिक ३६ वर्षमै चिलीको सरकार प्रमुख बने ! अन्त किन जानु, हाम्रै नेपालमा सूर्यबहादुर थापा ३५ वर्षमा । मातृकाप्रसाद कोइराला ४१ वर्षको हुँदा प्रधानमन्त्री बने भने बीपी कोइराला ४५ वर्षमा ! शेरबहादुर देउवा २०५२ भदौमा पह
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved