सिरहा, २९ असोज। सिरहाको गोलबजार नगरपालिका १० घुर्मी खोला किनारमा झाडीमा फालिएको अवस्थामा एक नवजात शिशुको उद्धार गरिएको छ। वडाध्यक्ष उपेन्द्र मुखियाले  तत्काल घटनास्थलबाट शिशुको उद्धारगरी अस्पताल पुर्याएको हो। 

स्थानीय रामदुलार यादवले झाडीभित्र शिशु रोएको आवाज सुनेपछि वडाध्यक्ष मुखियालाई खबर गरेका थिए। 

उनले शिशुलाई उपचारका लागि तत्काल गोलबजारस्थित वर्धमान अस्पताल पुर्याएको जानकारी दिए। जानकारी दिए । 

अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको को र उपचारको क्रममा रहेको छ।

शिशु कसको हो भन्ने अझै खुलिनसकेपनि अनैतिक गर्भका कारण जन्मेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।