चन्द्रकिशोर नेपालमा राणाशाहीविरुद्ध सुरु भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन सन् १९४९ मा दिल्लीस्थित नेपाली दूतावाससामुन्ने भारतका समाजवादी नेता डा. राममनोहर लोहियाले प्रदर्शन गरेका थिए । त्यसबेला भारत भरखर बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो, प्रधानमन्त्रीमा जवाहरलाल नेहरू थिए । नेपाली जनसंघर्षको समर्थनमा सडक संघर्षमा ओर्लिंदा स्वतन्त्र भारतमा डा. लोहिया पहिलो पटक थुनामा परे । नेहरूको तिखो आलोचकका रूपमा लोहियाको पहिचान बन्दै गएको थियो । कारागारमा रहेका लोहियाका लागि नेहरूले आँपको टोकरी पठाए, आफ्नी छोरी इन्दिरामार्फत । यस घटनामा नेहरूकै मन्त्रिमण्डलका केही सहयोगीले असहम
प्रकाशचन्द्र लोहनी ईश्वरभित्र मान्छे, मान्छेभित्र ईश्वर यहाँ अचम्मको विडम्बना छ मान्छे भएर बाँच्न अझ पनि हामी सक्तैनौं ! धेरै वर्षपहिले मैले एक नेपाली साहित्यकारलिखित सुन्दर लघुकथा पढेको थिएँ । कथा मोटामोटी यस्तो थियो— एउटा गाउँमा कृष्ण मन्दिर बनाउने भएछन् । गाउँलेहरूले गाउँको दलित समुदायलाई मूर्ति बनाउने जिम्मा दिएछन् । दलित बस्तीमा कामी थरका एक शिल्पीले मूर्ति ठूलो श्रद्धा र मिहिनेतले बनाए । मूर्ति साँच्चिकै राम्रो थियो । गाउँलेहरू साह्रै खुसी भए, मूर्तिकारलाई बधाई र धन्यवाद दिए । एक दिन मन्दिरमा ठूलो पूजा गरेर मूर्ति प्रतिष्ठापन गरियो । ती शिल्पी आफूले बनाएको म
बलराम केसी संविधानको प्रस्तावनाबारे धेरैलाई मतलब हुँदैन । सबैले पढ्दैनन् । धेरैको ध्यान मौलिक हकमा जान्छ । जस्तो, हाल सरकार गठनको धारा ७६ मा गएको छ । अमेरिका र भारतका संविधानको प्रस्तावना ‘वी द पिपल’ शब्दावलीबाट झैं हाम्रो ‘हामी जनता’ बाट भन्ने शब्दबाट उठान भएको छ । प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न’ भन्ने छ । पाँच वर्षमा आवधिक चुनाव, बहुमतका आधारमा शासन, सुशासन, संसद्प्रति उत्तरदायी सरकार, स्वतन्त्र न्यायपालिका आदि लोकतन्त्रका मूल्य र मान्यता हुन् । सरकार विपक्षी दललाई &ls
लक्ष्मीनारायण देव हुलाकी राजमार्गको निर्माणकार्य सम्पन्न हुन नसकेको व्यथाको इतिहास अति लामो छ । निर्माणकार्य समयमा सम्पन्न नहँुदा उक्त भूगोलमा बसोवास गर्ने बासिन्दाको जीवनमा सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक क्षेत्रमा नकारात्मक प्रभाव परेको आभास हुन्छ । राष्ट्रिय मूलप्रवाहबाट अलग–थलग हुनुपरेको महसुस गर्छन् । वेदनाको सही निदान र उपचारमा कमी भएको छ कि ? आमनागरिकको प्रश्न छ, यसका कारण के हो ? हुलाकी सडकको कथाहुलाकी शब्द नै सञ्चारको पर्यायवाची शब्द हो । हुलाकी राजमार्गबाट देशभरि चिठीपत्र र सरकारी कागजपत्रको ओसारपसार गर्ने उद्देश्यले
राजकुमार सिवाकोटी दोस्रो विश्वयुद्धपछि उदारीकरणका एजेण्डाले पुँजीवादभित्र राष्ट्रिय सम्प्रभूतालाई क्षयीकरण ग¥यो । परिणाम स्वरूप सम्पन्नता, अर्धसम्पन्नता र परनिर्भरता बढेर राज्यहरू विकसित, अल्पविकसित र अतिकम विकसित वर्गमा विभाजित भए । समाजमा व्यापक स्तरीकरणको विकास भयो । सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कले संरचनागत समायोजन कार्यक्रम (संसका) सुरु गरे । यो नीतिले उदारीकरणको लहर विश्वमा फैलाउँदा मुद्रा कोष र विश्व बैङ्कले अतिकम विकसित देशमा धेरै ऋण लगानी गरे । यसले कृषि क्षेत्र र कृषि बजारमा राज्यको भूमिकालाई हदैसम्म नियन्त्रण ग¥यो । राज्यल
खिमलाल देवकोटा संविधानतः तीन तहका सरकार छन् । यी सरकारका लक्ष्मणरेखा संविधानले कोरिदिएको छ । तर संविधानमा उल्लिखित संघीय शासन प्रणालीको भावना र लक्ष्मणरेखा अनुसार काम गर्ने वातावरणको निर्माण प्रदेश र स्थानीय तहका लागि हुन सकेको छैन । संघीयताप्रति ओली सरकार सुरुदेखि नै असहिष्णु छ । संघीयताविरोधी दर्जनौं हर्कत भएका छन्, जसमध्ये केहीबारे यहाँ चर्चा गरिएको छ । संघमा मन्त्रालय र निकायको अत्यधिक संख्या : २०७० सालमा गठित प्रशासन सुधार सुझाव समितिले संघमा मन्त्रालय तथा निकायको संख्या थोरै राख्न सुझाव दिएको थियो । मन्त्रालयको सन्दर्भमा समिति प्रतिवेदनको पृष्ठ ७ मा भनिएको छ&m
छत्र प्रधान एलेक्स हेरीले भनेका छन्, ‘हजुरबुबाहरूले साना बच्चाहरूका लागि जुुन काम गर्न सक्छन्, त्यो काम अरू कसैले गर्न सक्दैनन्। हजुरबुबाआमाहरूले आफ्नो मायाले बालबच्चाको जीवनमा आशीर्वाद प्रदान गर्छन्।’ हेरीको यो उद्गारले ज्येष्ठ नागरिकहरू सन्ततिको शिक्षा–दीक्षा, माया ममता र सद्भावकै प्रेरणा स्रोत हुन् भन्ने कुरा पुष्टि गर्दछ। छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो। यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन्। हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु(साहेव उत्
नारायणप्रसाद पौडेल कसैकहाँ पाहुना हुन जान नपाइने र आफूकहाँ पनि कसैलाई बोलाउन नहुने समय हो यो । छरछिमेकीले गुहार माग्दा पनि मुहार लुकाउनपर्ने अवस्था आयो । चाहेर पनि गुहार दिन जान सकिँदैन । जिउँदाको जन्त र मर्दाको मलामी जान पनि नहुने भयो । मृतक सङ्क्रमित भए, परिवारका सदस्य र अरू आफन्तजनले जम्मा भएर, अन्तिम श्रद्धाञ्जली दिएर, पालैपालो काँधमा बोकेर, घाटमा लगेर, प्रचलित परम्पराअनुसार अन्तिम संस्कार गर्दैनन् । नेपाली सेनाका तोकिएका जवानले, तोकिएकै ठाउँमा लगेर, अन्तिम सलामी दिएर, शवको अन्तेष्टि गरेर फर्कन्छन् । पाहुना हुन, गुहार दिन, मलाम र जन्त जाँदा के हुन्छ र हुन्न भन्न नसकिने भयो । यस्
श्रीकृष्ण अनिरुद्ध गौतम दुई कम्युनिस्ट पार्टीको गठबन्धन, निर्वाचन र तिनीहरूबीच एकता, त्यसपछि परस्पर खिचलो र शासकीय सनकका कारण आज देशमा ज्यादै असहज, बडो विद्रूप अवस्था उपस्थित भएको छ । नयाँ संविधानअन्तर्गत भएको २०७४ सालको निर्वाचन, त्यसबाट बनेको पहिलो संसद्को कार्यकाल नै पूरा नभई देशले राजनीतिक अस्थिरताको मार खेपिरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एकपछि अर्को दुष्प्रयोग गर्दै आफैंमाथि दुर्दशा निम्त्याइरहेका छन् । फलस्वरूप, व्यवस्थै रहँदैन कि झैं गरेर अनेक शंका, आशंका र उपशंकाहरू गरिँदै छन् । कोही भने व्यवस्थै नरहने भयो भन्दै नाच्दै छन् । एक थरी गणतन्त्रलाई म
चन्द्रकिशोर संघीय बजेटमा गिट्टी–ढुंगा व्यापारको योजना आउनेबित्तिकै एकातिर असहमतिको स्वर मुखरित भइरहेको छ, अर्कातिर सरकारी पक्षको बचाउमा समानान्तर बहस चलाउने यत्न हुँदै छ । सरकारी सोचलाई बल पुग्ने तर्क र तथ्यांकको खेल जतिसुकै चले पनि त्यसले भुइँमान्छेहरूलाई स्पन्दित गर्न सकेको छैन । भुइँतहले भोगिरहेको सत्य र सरकारी तथ्यमा विरोधाभास छ । आमजनले केही दशकको अन्तरालमा जीवन र जीविकामा पारिएको आघातको सही उत्तर सरकारबाट पाउन सकिरहेका छैनन् । यतिखेर लोकतन्त्र र पर्यावरणबारे सँगसँगै सोच्नुपर्ने भएको छ । यी दुवै अभिन्न छन् । दुइटैका सामुन्ने समान संकट आइपरेको छ । सार्वभौम जनताको सर्
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved