सिरहा, ९ कार्तिक। सिरहाको औरही गाउँपालिकाकाले स्वीकृत दरवन्दी वाहेकका करार, अस्थायी तथा ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको सम्झौता रद्द गरेको छ। स्थानीय जेएनजी अगुवाहरुको दवाव पछि स्वीकृत दरवन्दि बाहेकका कर्मचारीको सम्झौता २६ गते बसेको कार्यपालिकाको निर्णयबाट रद गरेको हो। 

पलिकाका प्रमुख प्रशासकीइ अधिकृत देव शरण यादवले आज आईतबार सूचना प्रकाशन गर्दैस्वीकृत दरवन्दि बाहेक पालिकामा कार्यत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद गरिएको जनाएको छ। 

पालिकाले जारी गरेको सूचनामा भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघिय अर्थ मन्त्रालयको निर्णयको आधारमा स्वीकृत दरवन्दी बाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको सम्झौता कार्यपालिकाको निर्यायको आधारमा यहि कर्तिक ९ गतेबाट लागुहुनेगरी रद्द गरी गरिएको उल्लेख छ। 

सूचनामा सम्झौता रद्द गरीएका सम्पूर्ण कर्मचारीलाई आफ्नो जिम्मामा रहेका सामान बरबुझारथ गर्न समेत भनिएको छ। 

पालिकामा स्थानीय जनप्रतिनिधीको ठाडो आदेशमा प्रकृया नै पुरा नगरी ३५ देखि ४० जना कर्मचारी कार्यरत रहेको भनिएपनि यसको बताइएको छ। 

प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नयाँ भएकाले तत्काल बताउन नसक्ने भन्दै कार्यालय खुलेपछि त्यसको विवरण सार्वजनिक गर्ने बताए।

उनले भने, ‘हाम्रो पालिकामा ७२ जनाको दरबन्दी छ, त्यसमध्ये अझै ४२ जना खाली रहेको छ। त्यस वाहेकका पनि कर्मचारी भर्ना भएका छन्। म नयाँ भभएकाले संख्या एकीन भन्न सक्ने अवस्था छैन, कार्यालय खुलेपछि विवरण सार्वजनिक हुने छ।’

यता जेएनजी आन्दोलनका अगुवाले भने आफ्ना विभिन्न माँग भध्ये पहिलो माँग सम्वोधन भएको जनाएको छ। उनले, ‘हाम्रो विभिन्न माँगमध्ये कर्मचारी हटाएर पहिलो माँग पुरा गरेको छ। हामी आफ्नो माँग पुरा गराउन क्रमिक आन्दोलनमा छौं।’  

aurahi