फाईल फोटो।
सिरहा, ८ कार्तिक। तिहार सकिएसँगै तराई मधेशमा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। तराई मधेशसहित देशैभरी महत्वकासाथ मनाइने छठका लागि पोखरी, तलाउ, नदिकीकार लगाएमा घाट निर्माणगरी यतिबेला सिँगार्ने काम भइरहेको छ।
चारदिनसम्म मनाइने छठपर्व आज पहिलो दिन बर्तालुले सुध भएर खाने भएकाले ‘नहाय–खाए’, दोस्रो दिन आइतबार दिनभरि उपवास बसी राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ।
तेस्रो अर्थात मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझ अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ।
दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ। यस यस विधिलाई ‘खरना’ भनिन्छ।
यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गर्ने प्रचलन छ।






















