सिरहा, १० कार्तिक। छठ पर्वको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिन वर्तालुहरू पुजासामाग्रीसहित पोखरी तथा नदी किनारामा बनाएका छटघाटहरूमा पुग्न थालेका छन्। बर्तालुहरुले तयार पपारेका सम्पूर्ण पूजाका सामार्गीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका हुन्।
तराई मधेशमा विशेष महत्वका साथ मनाइने छठका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरू पूजा सामग्री राखेर अघ्र्यको तयारी सुरु गरेका छन्।
वर्तालुहरूले पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन्।
सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ।
कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए। आज मुख्य दिन अस्थाउँदो सूर्यलाई अघ्र्य दिन्छ। भोली विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ।






















