सीके लाल समाज बुझ्न सञ्चारमाध्यम पछ्याउनुपर्छ भन्ने मान्यताका आफ्नै सीमितताहरू छन् । तात्कालिक सूचना प्रवाह एवं तत्क्षण विश्लेषणको दबाबले गर्दा अन्तर्जालका पाटीहरू आफ्ना मूल अवलोकनकर्ताहरू (कोर आडिअन्स) को रुचिबाहिरका सामग्री पस्किने आँट गर्न सक्दैनन् । आगन्तुकको आलोकनका लागि अन्तर्जालका ठेगानाहरूबीचको निर्मम प्रतिस्पर्धामा नियमित अवलोकनकर्ताहरूको पूर्वाग्रहलाई बढावा दिनु स्थापित पाटीहरूको बाध्यता हो । मनोरञ्जनात्मक सूचना टेलिभिजनको प्रधान गुण भएकाले गम्भीर समाचार एवं विचारलाई हल्का तवरले प्रस्तुत गर्नु तिनको विवशता हुन जान्छ । अन्य सञ्चारमाध्यमका तुलनामा रेडियोका प्रतिस्पर्धात
अभिषेक घिमिरे नेपालको शैक्षिक प्रणाली खस्कँदो अवस्थामा छ । सुधारका लागि प्रयास नै नभएका होइनन् । तर कर्मकाण्डी प्रशासन प्रणाली, कमजोर व्यवस्थापन, अदूरदर्शिता र दिशाविहीनता, अनुत्तरदायी सरकार र यसको बलियो सङ्कल्पको अभावमा देशको शिक्षा अभिभावकविहीन अवस्थामा पुगेको छ ।९० प्रतिशतभन्दा धेरै प्रधानाध्यापक एक्काइसौँ शताब्दीको विद्यालय नेतृत्व गर्न असक्षम छन् । उनीहरू दुई कारणले असक्षम देखिएका छन् । पहिलो उनीहरूमा विद्यालय कसरी सञ्चालन गर्ने भन्ने नेतृत्व सीपको कमी देखिन्छ । सुन्दा अचम्म लाग्छ अधिकांश प्रधानाध्यापकलाई आफूले गर्नुपर्ने काम के हो भन्ने थाहा छैन र कतिपय थाहा पाएर पनि गर्दैनन् । दोस्
आहुति प्रगतिशील लेखक श्यामप्रसाद शर्माले साठी वर्षभन्दा अघि लेखेको एउटा कालजयी निबन्ध थियो— ‘तँ, तिमी, तपाईं, हजुर’ । निबन्धको शीर्षकमा सम्बोधनमा प्रयोग हुने चारवटा मात्र शब्द परे पनि उक्त निबन्धले त्यति बेलाको समाजको उचनीचमय तहगत संरचना (हाइरार्की) को व्यापक आयाममाथि प्रश्न उठाएको थियो । त्यो समय देश राजा–महाराजाको थियो, गाउँहरू सामन्तहरूका कब्जामा थिए र राजधानीमा समेत काजीहरूको हालीमुहाली थियो । सबै सामन्तवादी समाजमा जस्तै त्यति बेला नेपालमा पनि उचनीचमय सामन्तवादी संस्कृति थियो र त्यसैको प्रतिविम्ब व्यक्तिहरूलाई सम्बोधन गर्दा पनि प्रकट हुनु स्वाभाव
चन्द्रकिशोर प्रदेश २ सरकारले प्रदेश सभाबाट प्रदेशको नाम ‘मधेस प्रदेश’ घोषणा गरेको छ । यसको स्वागत र विरोध भइरहेको छ । सम्मति र विमति दुवै लोकतन्त्रकै पाटा हुन् । कैयौं प्रश्न उदाएका छन्, कतिपय जवाफ फेरि पनि छरपस्टिएका छन् । लामो समयदेखि थाती रहेको यो विवाद टुंगो लगाउन नसक्दा प्रदेश २ सरकारको आलोचना हुँदै आएको थियो । यस परिप्रेक्ष्यमा विवादलाई सुझबुझपूर्ण ढंगले टुंगो लगाएकामा प्रदेश २ सरकारको नेतृत्वलाई चिरकालसम्म याद गरिनेछ । खास गरी पहिचानआधारित प्रदेशको नाम दिने पहिलो प्रदेशका रूपमा यो चिनिने भएको छ । जब एउटा अटल अडानले मूर्तरूप लिन्छ, त्यसले कैयौं दृष्टिकोणका रूख
केशरबहादुर भण्डारी मर्यादाक्रमनेपालको संविधानले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मूल सुरक्षा संस्थाका रूपमा मानेको छ । यही कुरा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था अन्तर्गतको धारा २६८ मा पनि उल्लेख छ । यी चार सुरक्षा अंगमध्ये स्थापनाकालका आधारमा क्रमशः नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल पर्छन् । चेन अफ कमान्डको दर्शन र अभ्यासमा चल्ने सुरक्षा संस्थाहरूको मर्यादाक्रमका विषयमा संविधानमा लेखिए अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्रमलाई नै स्थापित गर्ने मान
भीम रावल राष्ट्रिय हितको संरक्षणकुनै बेला अन्तर्राष्ट्रिय सम्बन्ध वा राज्यहरूका बीचको सम्बन्ध विचारधाराका कारण तय हुन्थ्यो । यद्यपि विचारधारा अन्तर्गत पनि राज्यहरूले आफ्नो हितको साधनामा ध्यान दिएकै हुन्थे । प्रमुख प्रतिद्वन्द्वीविरुद्ध अन्य सम्भव राज्यलाई साथमा लिन विचाराधारा नमिले पनि अन्तरविरोधहरूको उपयोग गर्न शक्तिराष्ट्रहरू अग्रसर हुन्थे । केही दशकयता विचारधारा वा मान्यताको ठाउँमा राष्ट्रिय स्वार्थ र सुरक्षाले प्रमुख रूपमा ओगट्दै आएको छ । नेपालमा एमसीसी कसरी आयो ? यस्तो स्थितिमा दुईतिर भिन्न राजनीतिक प्रणाली भएका शक्तिसम्पन्न विशाल देशहरू भएको भूपरिवेष्टित नेपालको सरकारले
रामरिझन यादव तराई–मधेस वर्षौंदेखि मधेसी शब्द सीमान्तकृतको पर्याय बनेको थियो, त्यसले अझ कति वर्षसम्म निरन्तरता पाउने हो ? विराटनगरका एक बुज्रुक प्राध्यापकले अस्ति मलाई फोन गरे। फोनमा आक्रोशसँगै संवेदनशीलताको समिश्रण थियो। उनले अर्ती दिइरहेका थिए, ‘तपाईंका हरेक पोस्ट गम्भीरताका साथ पढ्छु। तर तिनले मेरो बुढेसकालमा खुसी प्रदान गर्नुभन्दा दुःखी तुल्याउँछ। तर जतिसुकै चित्त दुखे पनि नपढी छोड्दिनँ। किनकि त्यसमा थुप्रै अन्य जानकारी पनि हुन्छन्। तर, जतिबेला पनि तराई—मधेसको कुरा मात्र किन कोट्ट्याइरहनु हुन्छ ?’ विराटनगरको
खगेन्द्र प्रसाईं राजनीतिक दलहरूले महाधिवेशनहरूमा संविधानमा उल्लेख गरिएका जनताका मौलिक अधिकार, संविधान कार्यान्वयन, राज्यका संरचना बलियो बनाउने र जनताको दैनिक जीवनका विषयमाथि समयले नभ्याएर वा अन्य कारणले छलफल नगरेका होइनन्, योजनाबद्ध रूपमै ती विषय छलफलमा ल्याइएन । त्यो किन ल्याइएन भन्ने महत्त्वपूर्ण कुरा हो । कांग्रेसको १४ औं महाधिवेशनका बेला गत मंसिर २७ मा काठमाडौंको प्रदर्शनीमार्गमा असरल्ल छरिएका प्रचार सामग्री । फाइल तस्बिर दलहरूले भन्नका लागि जनवादी, समाजवादी भने पनि पुँजीवादलाई आधारभूत सिद्धान्तका रूपमा लिइसकेका छन् । उनीहरूले पुँजीवादलाई भित्रैदेखि सिद्धान्त र व्यवहारमा आ
नरेन्द्रजंग पिटर के साँच्चै कम्युनिस्ट, जनजाति, उपेक्षित समुदायले पृथ्वीनारायण शाहलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ भन्नु ठीक छ ? समयसँगै इतिहासलाई कसरी बुझ्ने ? इतिहासको विवेकपूर्ण वाचनका लागि तत्कालीन अवस्थाबारे आग्रहविहीन सोच र इतिहासबोध चाहिन्छ । हिटलरी सेनाले सोभियत रुसको भित्री भाग लेनिनगार्डमा अपरेसन बारबरोसा बाह्रौं शताब्दीका रोमन सम्राट् फ्रेडरिक बारबरोसाका नाममा चलायो । जर्मन सेनालाई परास्त गर्न सोभियत नेता जोसेफ स्टालिनले पनि रुसी राष्ट्रवाद जगाउन पिटर द ग्रेटको बखान गरे । जर्मनीले फासीवादी ‘गौरव’ अभियानमा एकीकरणका प्रणेता बि
गोपाल खनाल पृथ्वीनारायण शाहलाई देशनिर्माता मात्रै भन्ने वा राष्ट्रनिर्माता पनि भन्ने बहस अब त्यति आवश्यक छैन । पछिल्लो दशकको उत्तरार्द्धतिर आउँदा त्यो अस्पष्ट धर्सो मेटिँदै छ । बदनाम राजतन्त्रविरुद्धको आन्दोलन हुँदा राजतन्त्रलाई सामन्तवादको नाइके भन्ने भाष्यको सिकार पृथ्वीनारायण भए । किनभने उनीबाटै नेपालमा हामीले बुझ्ने राजतन्त्रको सुरुवात भएको हो । त्यस्तै, जातीय संघीयताका पक्षमा आन्दोलन हुँदा पहाडे खस बाहुन वर्गका मात्र राजाका रूपमा उनलाई सीमित गर्ने काम पनि भयो, जबकि उनले देशभित्रका स्थानीय धर्म, भाषा, संस्कृतिको प्रवर्द्धन गरिएका लेखोट छन् । अर्थात्, जातिविशेषप्रति उनमा प्रे
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved