पार्टीको असहयोग, अपर्याप्त स्रोत र प्रतिकुल समयमा गरेको कामले म फेरी मेयर बन्छु ः सरावगी

    • बैशाख २१, २०७९
    • ४८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २१ बैशाख । वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट १९ हजार ३ सय ९३ मतका साथ मेयरमा निर्वाचित भएका सरावगी पुनः मेरमै दोहोरिन्छु भन्नेमा विश्वस्त छन् । मेयरकै टिकट पाउन नेकपा एमालेमा प्रवेश गरेका सरावगीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन छ ।
    मेयरका उम्मेदवार सरावगीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    व्यावसायीय क्षेत्रबाट राजनीतिमा छिर्नुभयो, छिर्ने बित्तिकै मेयरमा बाजी पनि मार्नुभयो । फेरी पनि मेयर बन्न कसरत गरीरहनुभएको छ ब्यापारभन्दा धेरै राजनीतिमा फाइदा भएर हो ?

    म व्यापारी हो, यसमा कुनै दुई मत छैन । अहिले पनि मेरो व्यापार व्यवसाय जारी छ । मेयरमा निर्वाचित हुनुभन्दा अघि पनि मैले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर गरेका सामाजिक कामका कारण सबैले मेरो नियत र स्वभाव चिनिसक्नुभएको छ । मैले राजनीतिलाई व्यवसाय अथवा पेशासँग कहिलै पनि तुलना गरीन र गर्दैन पनि । राजनीति एउटा बिकास र परिवर्तनको माध्यम मात्रै हो । त्यही माध्यम बन्ने लक्ष्यका अगाडी बढे र नगरबासीले मलाई विश्वास गरेर जिताउनु पनि भयो । तर पार्टीभित्रैबाट असहयोग, संघिय र प्रादेशिक सरकारबिचका समन्वयात्मक भूमिकाको अभाव र कोरोना भाइरसको महामारीका कारण अपेक्षित बिकास गर्न नसकेको हुँदा मैले पुनः उम्मेदवारी दिनुपर्ने अवस्था आएको हो ।

    काम गर्न नसकेको भनेर त तपाई आफैले स्विकारी सक्नुभयो । अब फेरी पनि तपाईलाई नै जनताले के आधारमा विश्वास गर्ने ?

    तपाईले गलत बुझ्नुभयो, मैले काम गर्न नसकेको भनेको हैन । मेरो कार्यकालमा उपलब्ध स्रोत साधनको भरपुर रुपमा सदुपयोग गरेर मैले धेरै काम गरेको छु । यो काम मैले बताइरहन पनि पर्दैन, सम्पुर्ण वीरगञ्जबासीले देखिरहनुभएको छ । यहाँ बनेका सडक तथा नालाहरुको कुरा गर्ने हो भने सबैमा एसियन बिकास बैंक (एडिबी) ले बनाइदिएको भन्ने भ्रम छ । कृपया यो भ्रममा नपर्न आग्रह गर्दछु किनभने एडिबिको योजनालाई अगाडी बढाउन महानगरको १६ प्रतिशत लगानी भएको छ । यदि महानगरबाट मैले पहल नगरेको भए एडिबिको योजना पनि अलपत्र पर्न सक्थ्यो होला । त्यसैले एडिबिले गरेको काममा पनि महानगरको योगदान छ । २ सय किलोमिटर सडक, १ सय ७० किलोमिटर नाला, वीरगञ्ज बसपार्क निर्माण, फोहोर व्यवस्थापनका लागि ल्याण्डसाइड फिल्ड निर्माण, अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि सोलिड हस्पिटालिटी वैस्ट म्यानेजम्यान्ट सेन्टर निर्माण गर्नुका साथै उँज्यालो अभियानमार्फत सोलार लाइट जडान लगायतका देखिने कामहरु भ एभने यसका अलावा अन्य सामाजिक क्षेत्रमा शिक्षा क्षेत्रमा स्वास्थय क्षेत्रमा पनि महत्वपूर्ण कामहरु भएका छन् । कोरोना भाइरसको महामारीमा महानगरले गरेको कामको बारेमा बताइरहन पर्छ जस्तो मलाई लाग्दैन ।

    त्यसो भए अब गर्न बाँकी चाँही के छ र ? जसका लागि पुनः मेयर बन्न मरिहत्ते गरीरहनुभएको छ ।


    गर्नुपर्ने काम अँझै धेरै बाँकी छन् । केही हदसम्म मेरो कार्यकालमा सम्पन्न भए, केही हुने क्रममा छन् र केही योजनाहरु योजनामै सिमित छन् । वीरगञ्जको डुबान नियन्त्रण, सिरसया नदिको प्रदुषण मुक्त र अतिक्रमण मुक्त बनाउने बिपी उद्यानको जग्गामा पार्क निर्माण गर्ने वीरगञ्जको अस्तव्यस्त ट्राफीकलाई व्यवस्थापन गर्ने, सडक फराकिलो बनाउने, नारायणी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्ने लगायतका थुप्रै गर्नुपर्ने काम छ । ति कामहरुलाई पूरा गर्ने लक्ष्य र भिजनका साथ उम्मेदवारी दिएको हुँदा मलाई फेरी वीरगञ्जबासीले विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।

    गत निर्वाचनमा जय मधेश भन्दै मधेशवादी दलबाट चुनाव लडेर मधेशी जनताकै मतबाट जित्नु पनि भयो । तर अब मधेशविरोधी भनिने नेकपा एमालेमा प्रवेश गरेर अभिवादन काम्रेड भन्ने व्यक्तिलाई जनताले कसरी मत देलान् ?

    त्यो त्यही आवश्यक थियो । विगतमा पनि मैले गर्न खोजेको काममा आफ्नै पार्टीले असहयोग गरेको कुरा मैले पटकपटक भनिरहेको छु । बिचमा दुई पटक राजीनामा दिएपनि अस्विकृत भयो । मधेशको नाममा व्यक्तिवाद हाबी भएपछि सोही पार्टीमा बसेर कुनै काम गर्न नसक्ने भान भयो । अनि म विकल्पको खोजीमा थिए । सोही बेला केपी शर्मा ओली ज्युसँग कुरा भयो । लिपुलेकको विषयमा ओलीजीले लिनुभएको निर्णय र उहाँको निर्भिकता र स्थिरताबाट म पनि कहीँ न कहीँ प्रभावित भए । त्यसकारण म यो पार्टीमा प्रवेश गरेर पुनः जनताको माझमा आएको छु ।

    अब नेकपा एमालेले चाँही तपाईलाई सहयोग गर्छ र फेरी पार्टी छोड्नुपर्ने अवस्था आउँदैन भन्नेमा यहाँ विश्वस्त हुनुहुन्छ ?

    म पूर्ण रुपमा विश्वस्त छु । एमाले पार्टीभित्रको ऐक्यबद्धताका कारण पार्टीले पूर्ण रुपमा सहयोग गर्छ भन्ने मलाई लाग्छ । पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ । जनताले पनि मलाई विश्वास गर्छन् । र फेरी पनि म निर्वाचित भएर देखाउनेछु ।

    मुख्य सडक पनि फराकिलो पार्न सक्नुभएन, अनि निर्वाचित हुँदा भगवानले दिएको सबै छ गाडी पनि लिँदैन भनेर करोडौको पँजेरो किन्नुभयो यो त जनताको आँखामा छारो हालेको जस्तो भएन र ?


    सडक फराकिलो विषयमा भन्दा पनि पहिला म के स्पष्ट पार्न चाहन्छु भने मुख्य बजार घण्टाघरदेखि माईस्थानसम्मको जीर्ण सडकका कारण मैले धेरै आलोचना खेप्नु परेको छ । जबकी उक्त सडक महानगरको क्षेत्राधिकारभित्र पर्दैन । घण्टाघरदेखि पावरहाउससम्मको क्षेत्रको सडक मर्मत गर्दा किन गरेको भनेर गाली खाने पनि म अनि घण्टाघरदेखि माइस्थानसम्मको सडक नबनाउँदा किन नबनाएको भनेर जनताको गाली खाने पनि म । त्यसैले केही गरेर पनि सबैलाई चित्त बुझाउन सकिँदैन । तर म फेरी निर्वाचित भए भने जसरी पनि पहल गरेर सडकलाई फराकिलो बनाउने प्रयास गर्नेछु । अब रह्यो गाडीको कुरा, मैले धेरै समयसम्म गाडी खरिद नगरेको कुरा सबैलाई थाहै छ । पछि वीरगञ्जमा कहिलै ठूला ओहोदाका व्यक्तिहरु आउँदा चढ्नका लागि कुनै सवारी नहुँदा बाध्य भएर खरिद गर्नु परेको हो । जुन राष्ट्रपति आउँदा पनि चढ्नुभयो ।

     

     

     

     

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल