मेयर बनेको २४ घण्टामै परिवर्तनको आभाष गराउँछु : वीरगञ्जका मेयरका उम्मेदवर सिंह

    • बैशाख २२, २०७९
    • ७२३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर नेकपा एमालेमा जाने उद्घोषसमेत गरीसकेका राजेशमान सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फर्किए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा तेस्रो स्थानमा रहेका सिंह यसपटक पहिलो स्थानमा हुने दाउमा छन् । २०५४ सालमा वडा सदस्य बनेका सिंहको गत निर्वाचनमा १२ हजार १ सय ६५ मत ल्याएका सिंह सत्ता गठबन्धनबाट मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरका साझा उम्मेदवार हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन पाएपछि यसपटक मेयरमा निर्वाचित हुनबाट कसैले रोक्न नसक्ने सिंहको दावी छ । प्रस्तुत छ, सिंहसँगै स्थानीय तहको निर्वाचन र उम्मेदवारीको सन्दर्भमा गमक पोष्टका लागि गरिएको कुराकानीको सम्पादित अंश ।

    मेयरको टिकट पाएपनि हार्ने संकेत देखिएसँगै लोसपा छोड्नुभयो । एमालेबाट पक्कापक्की भएपछि पत्रकार सम्मेलनमार्फत मधेशी दलको विरोध गरेर एमालेको गुनगान गाएको व्यक्ति आज जसपामा आएर एमालेलाई गाली गर्नुहुन्छ बिचारमा अडिग नहुने तपाईलाई जनताले कसरी पत्याउने ?

    333

    यदि म लोसपामै भएको भए टिकट मैले नै पाउँथे म पूर्ण रुपमा विश्वस्त छु । तर त्यो पार्टी आफै अस्तव्यस्त थियो । पार्टी नै व्यवस्थित नभएपछि वीरगञ्जलाई व्यवस्थित बनाउन सकिदैन भन्ने सोचका साथ म विकल्पको खोजीमा थिए । नेकपा एमालेमा जाने लगभग पक्कापक्की भइसकेको अवस्थामा मभन्दा पहिलै वीरगञ्ज महानगरपालिकाका तत्कालिन नगरप्रमुख विजय कुमार सरावगी जीलाई पार्टीमा प्रवेश गराइयो त्यो पनि कसैको बिहेमा । जसले वीरगञ्जलाई बर्बाद बनाएको छ । त्यही व्यक्ति गएको पार्टीमा म कसरी जान सक्छु ? जसपाका नेताज्युहरुसँग कुराकानी भएपछि उहाँहरु पनि विकास र परिर्वन चाहनुहुन्छ, मेरो पनि चाहना त्यही हो त्यही भएर जसपा रोजेको हुँ । जनताले पत्याउने आधार एउटै छ, त्यो हो वीरगञ्जको बिकास । वीरगञ्जको बिकास र परिवर्तनका लागि मलाई मात्रै अवसर चाहिएको छ । त्यही अवसरका लागि मैले परिस्थितीअनुसार पार्टी फेरेको सहज स्विकार गर्छु ।

    अवसरका लागि पार्टी फेर्ने तपाई अवसरबादी कि बिकासबादी ?
    म के हुँ भन्ने कुरा मलाई लाग्छ मैले बताइरहन पर्दैन । म उल्टै तपाईलाई प्रतिप्रश्न गर्न चाहन्छु, अवसरबादी को हो ? मधेशी जनताको मतबाट पदमा पुगेर भ्रष्टाचार गरेर करोडौ, अर्बाै कुम्ल्याउने व्यक्ति अवसरबादी हो कि ? कुनै पनि पदमा नहुँदा पनि कोरोना महामारीमा हजारौ गरिब, विपन्न एवम् श्रमिकहरुलाई निःशूल्क रुपमा भोजनको व्यवस्था गर्ने म ? वीरगञ्जबासीको मतबाट जितेर बाहिरका व्यक्तिलाई महानगरपालिकामा जागिर लगाइदिने अवसरबादी कि विभिन्न उद्योग कलकारखानाहरुमा भनेर वीरगञ्जकै जनतालाई रोजगारी लगाइदिने म ? यहाँका सर्वसाधारण जनतादेखि उद्योग व्यवसायीसम्मलाई करको बोझ लादेर जनताको ढाड सेक्ने व्यक्ति अवसरबादी हो कि कर धेरै भयो फिर्ता गर्नुपर्छ भनेर आन्दोलन एवम् विरोध गर्ने म ? त्यही भएर मेरो मात्र एउटै लक्ष्य एउटै चाहना हो, वीरगञ्जको बिकास र वीरगञ्जबासीको सहज, सरल र सुखी जीवन ।

    मेयरकै टिकट पाउन पार्टी फेर्नुभएको आरोप छ अनि अहिले गठबन्धनकै मेयरको साझा उम्मेदवार भएपछि त्यो आरोप त सत्य रहेछ भन्ने चर्चा चुलिएको छ । के भन्नुहुन्छ ?
    आरोप प्रत्यारोप, गाली, ताली यो सब कुरा राजनीतिमा सामान्य जस्तै भइसक्यो । अँझ राजनीतिमा गैरराजनीतिक व्यक्तिहरुको हाली मुहाली हुँदा पनि समस्या भएको भान मैले गरेको छु । म बिकासप्रेमी हो । पद तथा पहुँचमा नहुँदा पनि मैले सामाजिक क्षेत्रमा गरेका कामहरु सबै वीरगञ्जबासीलाई थाहै छ । पदकै लागि पार्टी फेरेको कुरामा कुनै सत्यता छैन । तर पार्टीले मलाई योग्य र सक्षम ठानेर टिकट दिएको छ भने पार्टीको विश्वासलाई मैले पनि पूरा गर्ने आँट गरेको हुँ । म पूर्ण रुपमा विश्वस्त छु गठबन्धनको जित सुनिश्चित छ ।

    राजनीतिमा गैरराजनीतिक व्यक्ति भनेर तपाई भन्नुहुन्छ । अनि तपाईलाई राजनीतिको आडमा गुण्डागर्दी गर्नुहुन्छ भन्नेहरु पनि कम छैनन् नी ?
    विरोध गर्नका लागि मेरा अरु कुनै विषय र मेरा कमजोरी फेला नपारेपछि बहाना त बनाउनै प¥यो नी हैन ? ल तपाई नै भन्नुहोस्, मैले कसरी गुण्डागर्दी गरे ? मैले कोही व्यापारी, पसलेलाई धाक धम्की दिएर चन्दा उठाएको छु कि ? मैले कुनै चेली बेटीलाई बाटोमा हिँड्दा नराम्रो नजरले हेरेको छु कि ? कसैको हत्या गरेको छु कि ? मैले खासमा गुण्डागर्दीको परिभाषा नै बुझेको छैन जस्तो लाग्छ । नत्र भने यो आरोप लगाउनेहरुलाई मैले गुण्डागर्दी गरेको प्रमाण देखाईदिन चुनौती दिन्छु । यदि केही गरेको रहेछु भने म राजनीतिबाटै सन्यास लिएर जनतालाई अनुहार पनि देखाउने छैन ।

    मैले अब विषय बदले, घरदैलोमा सहभागी हुनुहुन्छ । चुनावी प्रचारप्रसारमा व्यस्तता बढेको छ । गठबन्धनका अन्य पार्टीले समर्थन गर्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?
    म एकदम विश्वस्त छु । प्रतिगमनलाई परास्त गर्न पवित्र गठबन्धन भएको छ । गठबन्धनकै निर्णयको सम्मान र समर्थन गर्दै यहाँका सम्पुर्ण नेताहरु एवम् कार्यकर्ताहरु पनि गठबन्धनलाई जिताउन लागिरहनुभएको छ । हामी गठबन्धनका जिल्लाका दलका नेताहरुसँग पनि पटक पटक छलफल गरीरहेका छौँ । उहाँहरु पनि एकदम सकारात्मक हुनुहुन्छ । नेपाली कांग्रेसकै नेताहरु, नेकपा एसका नेकपा माओवादीका सबै नेताहरु हामीसँगै घरघरमा पुगिरहनुभएको छ । गठबन्धनका अन्य दलले घात गर्नुहुन्छ भनेर म सोच्न पनि सक्तिन ।

    तपाई मेयरमा निर्वाचित भएपनि वीरगञ्जबासीले परिवर्तनको आभाष गर्न पाउँछन् त ?
    शत प्रतिशत पाउनुहुनेछ । म निर्वाचित भएको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउनेछु । ऐतिहासिक शहर वीरगञ्जको परिचय फेरिन्छ । अहिलेको जस्तो फोहोर तथा लामखुट्टेको शहर भन्ने परिचय हराउनेमा म विश्वस्त छु । हामीसँग स्पष्ट भिजन छ वीरगञ्जको बिकासका लागि । त्यही अनुसारको टिम पनि छ । हामी टिम वर्कमा विश्वास गर्छाै । म निर्वाचित भएपनि सर्वप्रथम वीरगञ्जबासीलाई नै महानगरसहित अन्य क्षेत्रमा प्राथमिकताका साथ रोजगारीको सृजना गर्नेछौँ । सडक फराकिलो पार्नेदेखि नाला निर्माण हुँदै सबैभन्दा ठूलो समस्या अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्नेछौँ । अहिले कोही वीरगञ्ज आउने बित्तिकै हेर्न लायक अनि बस्न लायक छैन । तर अब कोही वीरगञ्ज आउने बित्तिकै आहा कस्तो सफा र सुन्दर महानगर भन्ने बनाउछौँ । ग्रामिण क्षेत्रका बासिन्दालाई हामी गाउँमा छौ भन्ने आभाष गराउने छैनौँ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, युवा, महिला, बालबालिका, उद्योग लगायतका हरेक क्षेत्रमा हामीले विशेष योजना बनाएका छौँ । योजनाहरु समावेश गएिको प्रतिबद्धता पत्र पनि केही दिनमै हामी सार्वजनिक गर्नेछौँ ।

    तपाईका कुरा सुन्दा त साँच्चिकै वीरगञ्जले मुहार फेर्ला भन्ने लाग्यो तर त्यसका लागि स्रोत पनि चाहियो । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
    भनिन्छ, ‘जहाँ इच्छा, त्याहाँ उपाय’ नियत सही हुनुपर्छ । जसरी पनि गर्न सकिन्छ । अनि अर्काे कुरा पछिल्लो ५ वर्षमा वीरगञ्ज महानगरमा झण्डै २५ अर्ब रुपैयाँ आएको छ । यो पनि यहाँ संकलन भएको कर बाहेक । के वीरगञ्जबासीले २५ अर्बको बिकासको आभाष गरे त ? २५ अर्ब त के २५ लाखको पनि बिकास भएको छैन । एसियन बिकास बैंक (एडिबी) को परियोजना बाहेक वीरगञ्ज महानगरपालिकाले आफै गरेको काम एउटा पनि छैन भन्दा फरक पर्दैन । हामी जे भएपनि उपलब्ध स्रोध साधनको पनि भरपुर रुपमा थोरै स्रोतबाट धेरै उपलब्धी हुने काम गर्नेछौँ । वीरगञ्जलाई आर्थिक राजधानी भनिन्छ । तर यहाँका जनतालाई अहिले पनि के खाउँ र लगाउँ भन्ने पिरले नै पिरोलीरहेको छ । यस्तो पनि आर्थिक राजधानी हुन्छ ? हामी यहाँका उद्योगी, व्यवसायीसँग छलफल गरेर ठोस योजनाका साथ औपचारिक रुपमै आर्थिक राजधानी घोषणा गरेर औद्योगिक कोरिडोरको रुपमा बिकास गर्ने छौँ ।

    278938509_2028786777327579_1668318783671168787_n 1

     

     

     

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल