राजनीतिक दलका असंगत व्यवहार

    • भदौ १०, २०८०
    • १९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • कृष्ण खनाल
    एकसट्ठी किलो सुनकाण्डको उच्चस्तरीय छानबिन माग गर्दै नेकपा एमालेका कारण ३७ दिनसम्म अवरुद्ध संसद् गत साता बुधबारदेखि सञ्चालन हुन थालेको छ । संसद्मा के विषयमा छलफल भयो, निर्णय के भयो भन्नेभन्दा पनि बैठक चल्नु नै ठूलो समाचार भएको छ ।
     
    संसद्मा प्रतिपक्षले केही खास विषयमा सरकारको ध्यानाकर्षण गराउन, आफ्नो दृष्टिकोण र अडानलाई सशक्त बनाउन बैठकमा अवरोध गर्न सक्छस यसलाई अस्वाभाविक मान्नुपर्दैन । यस्ता क्रियाकलापको प्रतीकात्मक महत्त्व हुन्छ । एमाले मात्र होइन, प्रतिपक्षमा रहँदा नेपाली कांग्रेस, माओवादी, राप्रपा, मधेशकेन्द्रित लगायत सबै दलले सदनमा यस्तो गतिविधि गरेका छन् । सुन तस्करी प्रकरणको छानबिनमा देखिएको सरकारी व्यवहारमाथि शंका उठ्नु स्वाभाविक थियो । प्रधानमन्त्री र गृहमन्त्रीकै पार्टीका भएकाले कृष्णबहादुर महरा र छोरालाई प्रमाण नपुगेको भनेर प्रहरीले छानबिनको दायरामा नल्याउने स्थिति बन्यो । सत्ता गठबन्धनले भित्री कोठामा गनगन गर्नेबाहेक संसद्मा अवाज उठाउने स्थिति बनेन । त्यस अर्थमा प्रमुख प्रतिपक्षी एमालेले स्वतन्त्र कानुनी आयोगको माग राख्नु अस्वाभाविक थिएन । तर विगतका अनुभवलाई हेर्दा, स्वतन्त्र भनिए पनि यो आयोग पार्टीगत प्रतिष्ठा–तुष्टिभन्दा बढी केही होला भनेर पत्याउन सकिन्न ।
     
    कोशी प्रदेशमा मुख्यमन्त्री चयनमा भएको संविधान अतिक्रमण रोक्न न्यायपालिकाले उही कुरामा दुईदुई पटक हस्तक्षेप गर्नुपर्ने अवस्था पर्‍यो । हिजो जे भनेर केपी शर्मा ओलीलाई सत्ताबाट अपदस्थ गर्नुपरेको थियो, उही कुरा अहिले सत्ता गठबन्धनले दोहोर्‍याएको छ । यो मात्र होइन, पार्टी विभाजन सम्बन्धी गलत अध्यादेश, सांसदको तजबिजी विकास, नेताको जिल्लामुखी बजेट विनियोजन लगायत कैयौं विषयमा पुरानै प्रवृत्ति अझ खराब रूपमा दोहोरिएको छ । न्यायपालिका र संवैधानिक निकायप्रति कार्यपालिकाको अटेर र वक्रदृष्टि बढ्दो छ । राज्य भनेको कार्यपालिका, त्यसमा पनि प्रधानमन्त्री र केही प्रभावशाली मन्त्रीहरूको आदेशरूपी सिटीजस्तो भएको छ ।
     
    मलाई थाहा छ, राजनीतिको बाटो सजिलो छैन, अनेक अप्ठ्यारा आइपर्छन् । धेरै आदर्श र सिद्धान्त पनि सम्झौतामा पुग्छन् । सिद्धान्तका कुरा गर्दागर्दै पनि व्यवहारसम्मत एउटा बाटोमा सम्झौता गर्नैपर्ने हुन्छ । तर त्यसको पनि सीमा हुन्छ । नेपालका प्रमुख दलहरूले त्यो सीमा नाघ्न थालेका छन्, नाघेका छन् । उनीहरूले सत्तालाई भ्रष्टाचार, अनियमितता र संगठित अपराधको स्थल बनाएस त्यसकै सरक्षणको दौडधुप नै राजनीति हो भन्ने भान पर्न थालेको छ । ६१ किलो सुन, ललिता निवास जग्गा, नक्कली भुटानी प्रकरणहरू त्यसका ज्वलन्त दृष्टान्त हुन् । प्रहरीसँग यस्ता अरू धेरै प्रकरणका फाइल छन्, यसमा शंका छैन । तिनलाई नखोल्ने, खोले पनि कहिले र कता लक्षित हुने गरी भन्ने कुरा राजनीतिक सत्ताका सञ्चालकहरूको तजबिजमा निर्भर छ । केन्द्रीय जाँचबुझ ब्युरो भनिए पनि त्यसले प्रधानमन्त्री र गृहमन्त्रीको आशयभन्दा स्वतन्त्र भएर काम गर्न सक्तैन । अन्यथा यसअघि किन रोकिए नक्कली भुटानी शरणार्थी र ललिता निवासका फाइलहरू ?
     
    २०४६ सालको जनआन्दोलनपछि नेपालले फेरि संसदीय राजनीतिक प्रणालीको अभ्यास गर्न थाल्यो । २०१६–१७ सालमा अठार महिनाको संसदीय काल कस्तो थियो, अब इतिहासमा मात्रै छ । २०४६ सालयता, खास गरी २०४८ सालको चुनावदेखिको कुरा गर्ने हो भने, ज्ञानेन्द्रकालका चार वर्षबाहेक नेपालमा पछिल्लो संसदीय अभ्यास निरन्तर छ । २०६३ सालको आन्दोलनपछिका अन्तरिम संसद् र संविधानसभा कालमा पनि सरकारको स्वरूप मूलतः संसदीय नै थियो । नेपालका कम्युनिस्ट घटकहरू एमाले होस् वा माओवादी, प्रायः सबैले केही सैद्धान्तिक मतलाई कायम राखे पनि संसदीय राजनीतिलाई अंगीकार गरेका छन् । निरंकुश शासनसत्ताबाट फालिएका राणा होऊन् वा राजावादीहरू पनि आआफ्ना
     
    राजनीतिक दलका माध्यमले यो अभ्यासमा छन् । कांग्रेस, कम्युनिस्ट, हिजोका पञ्च सबै संवैधानिक संसदीय प्रक्रियाबाट सत्तामा पुगेका छन्स प्रक्रियाबाटै बाहिरिएका छन् । सतहमा हेर्दा, नेपालमा संसदीय अभ्यासले संस्थागत विकास गरेको छैन भन्न मिल्दैन ।
     
    अहिलेको समस्या प्रणालीको होइन, न सिद्धान्तकै । मुख्य कुरा सरकार, संसद् र राजनीतिक दलको लय मिलिराखेको छैन । किन उनीहरूको व्यवहार असंगतिपूर्ण र अन्तरविरोधी भइरहेको छ रु हामीले अपनाएको प्रणालीमा सरकार अर्थात् कार्यपालिका भनेको संसद्को उपज हो । जनताको प्रत्यक्ष मतबाट संसद्को तल्लो सदन प्रतिनिधिसभा निर्वाचित हुने र प्रधानमन्त्रीले प्रतिनिधिसभामा बहुमतको प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई जननिर्वाचित भनिन्छ । सरकार संसद्प्रति उत्तरदायी त हुनैपर्‍यो । तर संसदीय लोकतन्त्रका पछिल्ला मान्यता र अभ्यासमा सरकार र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू पनि मतदाताप्रति प्रत्यक्ष उत्तरदायी हुनुपर्छ । दुर्भाग्य, हाम्रा दलहरू मतदाताप्रति उत्तरदायी छैनन् । चुनावका बेला ‘जनता जनार्दन’ भनेर भोटका लागि केही मीठा कुरा गरे पनि मतदाता त पार्टीका पिछलग्गू, नेताले जे भन्यो–गर्‍यो त्यसको अनुमोदन गर्ने मात्र हुन् भन्ने परेको छ । पार्टीका अभ्यासहरू त्यस्तै छन् ।
     
    विडम्बना नै भन्नुपर्छ, संविधानसभासहित सातवटा आम चुनाव र संसदीय अभ्यासका बावजुद हाम्रा प्रमुख राजनीतिक दलहरूको व्यवहार सरकार र संसद् दुवैतिर असंगत मात्र बढ्दो छ । चित्त बुझाउने ठाउँ कमै छ । आफ्ना घोषित राजनीतिक उद्देश्यका लागि लामो संघर्ष गरेका खास गरी कांग्रेस र कम्युनिस्ट पार्टीकै व्यवहार किन यस्तो हुन्छ रु संविधानसभाबाट बनाइएको संघीय गणतन्त्रात्मक संविधान जारी भएपछि मात्रको कुरा गर्ने हो भने पनि स्थिति अझ विसंगतिपूर्ण भइरहेको छ । पहिलो चुनावपछि गठित संसद्को आधा कार्यकालमा त्यस्ता विसंगतिहरू चरमचुलीमै पुगे । संसद्को असंवैधानिक विघटनविरुद्ध सर्वोच्च अदालतले दुईदुई पटक हस्तक्षेप गर्नुपर्‍यो । ‘यसलाई प्रधानमन्त्री बनाऊ’ भन्दै नाम तोकेर परमादेश जारी गर्नुपर्‍यो । दोस्रो चुनावपछि गठित यो संसद्ले पनि सत्ता हेरफेरबाहेक खासै गति लिन सकेको छैन । संघीय मात्र होइन, प्रदेश संसद्को हालत पनि उस्तै छ ।
     
    संविधानले नेपाललाई ‘समाजवाद–उन्मुख राज्य’ भनेको छ । यसले सरकारलाई प्रगतिशील र समतामूलक अर्थ–सामाजिक नीति र कार्यक्रम अवलम्बन गर्न बाटो खोलेको छ । लोकतन्त्र र नागरिक स्वतन्त्रताका न्यूनतम मर्यादाभित्र बसेर त्यस्ता नीति ल्याउन सकिन्छ, कानुन बनाउन सकिन्छ । तर पूर्वप्राथमिक विद्यालयदेखि चर्को वर्गीय विभेदको उदाहरण बनेको शैक्षिक संरचनामा केही परिवर्तनकारी विधेयकको उच्चारण गर्दा नै सरकार हच्किनुपर्‍यो । संसद्को चुनाव भयो, तर त्यसले सरकारलाई बलियो मतादेश दिन सकेको छैन । संसद्मा बहुमत भनेको केही मुठीभर नेताहरूको तिकडमबाजी र निजी लाभहानिको हिसाबकिताब मात्र भएको छ । यस्तो पृष्ठभूमिमा बन्ने सरकार र प्रधानमन्त्रीले कुन आत्मविश्वासमा काम गर्ने रु संघ मात्र होइन, कुनै पनि प्रदेशको सरकारले गणितको प्राविधिकताबाहेक शासनाधिकारको राजनीतिक हैसियत पाउन सकेको छैन । सरकारले काम गरेन, बजेटै खर्च भएन भनेर कराउनुको म कुनै अर्थ देख्दिनँ ।
     
    हाम्रा केही सैवैधानिक बाध्यता छन् । जुन चुनाव प्रणाली हामीले अपनाएका छौं, त्यसले पार्टीहरूको सत्ता र विपक्षको ध्रुवीकरण माग गर्छ । तर यो ध्रुवीकरण केही नेताबीच गोप्य कोठामा लेनदेन र रकमी तमसुक होइन, खुला र सार्वजनिक समझदारीमा आधारित हुनुपर्छ । त्यसलाई तोड्ने पक्षलाई जनताले अर्को चुनावमा दण्ड दिने मतदाता संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । केवल सत्तामा पुग्न र जोगाउन तेस्रो, चौथो, पाँचौं दललाई सरकारी नेतृत्व बाँडचुँड गर्नु अप्राकृतिक राजनीति हो र यसले संविधानमै अन्तर्ध्वंस गर्छ । अहिलेको राजनीति त्यही बाटोमा छ । किन नहुने कोशी प्रदेशमा पहिलो ठूलो दल एमालेले एउटा निश्चित अवधि ९कम्तीमा आधा कार्यकाल० सरकारको नेतृत्व गर्न रु हामी दलहरूको अस्थिर चरित्रका कारण अल्प समयमै चुनावमा जान सक्तैनौं । त्यसमाथि त्यहाँ संवैधानिक प्रक्रियामा घात भएको छ । राजनीतिले बाटो बिराउन थालेपछि न्यायालयले रोक्नु त संविधानभित्रकै काम हो । न्यायालयले नरोक्ने हो भने अन्य शक्तिले ठाउँ पाउँछन्, त्यो जो पनि हुन सक्छ । छिमेकीको भूमिका त प्रस्टै छ, यो वा त्यो दल कुनै बाँकी छैनन् । सबैलाई त्यही फेरो चाहिएको छ, राष्ट्रवादको जति दुहाइ दिए पनि ।
     
    नेपालमा मात्र होइन, युरोप र अमेरिकाका केही अभ्यासबाहेक एसिया, अफ्रिकाका अधिकांश देशमा पार्टी नेतृत्व निरंकुश र सामन्ती शैलीकै छ । लोकतन्त्रका आधारभूत मूल्यसँग राजनीतिक दलहरू एकाकार हुन सकिराखेका छैनन् । नेपालमा त फालिसकेको राजतन्त्रलाई अझै संविधान र राजनीतिक दलको विकल्पका रुपमा हेर्ने मानसिकता छ । दलहरूको गैरजिम्मेवारीपन, भ्रष्टाचार र राज्यकोषको दुरुपयोगका कारण संवैधानिक प्रणालीको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सामन्ती र एकतन्त्रीय पुनरुत्थानका आवाजहरू बढ्न थालेका छन् । यसको अर्थ संविधानका आधारभूत मूल्य र संरचना ९लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता, संसद् आदि० प्रति जनताको लगाव कम भएर होइन, संसद् र सरकारमा पुग्ने प्रमुख भनिएका दलहरूको व्यवहारका कारण जनतामा निराशा बढेको हो ।
     
    लोकतन्त्रमा राजनीतिक दल भनेको पार्टीका केन्द्रीय पदाधिकारीहरू बसेर आआफ्ना गुटका मानिसको व्यवस्थापन अर्थात् लाभ र सुविधाको बाँडफाँट होइन । गुटगत आधारमा भागबन्डा गरिने सदस्यताको झुन्ड पनि होइन । कांग्रेसमा अहिले ८ लाख ७० हजार क्रियाशील सदस्य छन्स एमालेमा ८ लाख ५५ हजार, माओवादीमा ७ लाख ५० हजार । यी तीनवटै पार्टीले अर्को चुनावसम्म झन्डै दोब्बर हुने गरी सदस्य बढाउने घोषणा गरेका छन् । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सदस्य ४ लाख पुर्‍याउने कुरा गरेको छ । दलहरू यी मात्र होइनन्, अरू पनि छन् । यस्तै अनुपातमा सबै दलको सदस्यता वृद्धि गर्ने हो भने नेपालमा कोही स्वतन्त्र मतदाता बाँकी रहनेछैन अथवा पार्टीमा झुठा सदस्यताको पुलिन्दा मात्र रहनेछ । आजको सूचना प्रविधिको युगमा सदस्यताको यस्तो होड अनावश्यक मात्र होइन, हास्यास्पद पनि हो । यस्तै, संसदीय प्रणालीमा जनताप्रति उत्तरदायी दलीय नेतृत्व भनेको अमूर्त कुरा होइन । यो संसद्को गणितीय जोडघटाउमा सीमित विषय होइन । आम चुनावमा अभिव्यक्त लोकप्रिय मतका आधारमा पार्टी नेतृत्व फेरबदल हुने परम्परा पार्टीले विकास गर्नु जरुरी छ । संसदीय दल र पार्टी नेतृत्व एकै ठाउँमा हुनुपर्छ । यसलाई पृथक् गर्दा विसंगति र विभाजन बढ्न सक्छ ।
     
    केही दशकयता बेलायतले विकास गरेको पार्टी नेतृत्वका केही दृष्टान्त मननीय छन् । संसद् ९हाउस अफ कमन्स० मा बोरिस जोन्सनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीको सुविधाजनक फराकिलो बहुमत थियो । तर जब शासकीय आचारसंहिता उल्लंघन गरेर आफ्नै कार्यालयमा आयोजित भोजहरू ९पार्टीगेट स्क्यान्डल० मा सहभागी भएको समाचार बाहिर आयो, जोन्सनको नेतृत्व विवादित भयो । उनको नेतृत्वप्रति पार्टीभित्रै अविश्वासको प्रस्ताव भयो । अविश्वासका पक्षमा ४० प्रतिशत सदस्य मात्रै थिए । संसदीय दल र पार्टी संगठन दुवैमा उनको पूर्ण बहुमत थियो । तर प्रधानमन्त्रीका रूपमा उनको व्यवहारले पार्टी अलोकप्रिय भएको र अर्को चुनावमा मतदाता समर्थन घट्ने आकलन पार्टीले गर्‍यो । उनले नेताबाट राजीनामा गरे । उत्तरदायी नेतृत्वको यो एउटा उदाहरण हो । हाम्रा पार्टीहरूमा भोट जति घटे पनि नेतृत्वको विकल्प सोच्नै सकिन्न । एउटै व्यक्तिको निरन्तरताका लागि पार्टीका विधिविधानहरू पनि तुरुन्तै परिवर्तन हुन्छन् । विसंगति र विरोधाभासको मुख्य स्रोत नै यही हो ।
     
    गत वर्ष बेलायतमा सत्तारूढ कन्जर्भेटिभ पार्टीको संसदीय दलको नेता चयनको समाचार सबैले सुनेको हुनुपर्छ । कन्जर्भेटिभ होस् वा लेबोर, बेलायतमा संसदीय दलको नेतृत्वका लागि निकै कडा प्रतिस्पर्धा हुन्छ । नेताको चुनाव सांसदहरूको मतमा मात्र सीमित छैन । कन्जर्भेटिभ पार्टीका १ लाख ६० हजार सदस्यले पनि मतदान गरे । लेबोर पार्टीमा पनि हाउस अफ कमन्सका सदस्यका अतिरिक्त अन्य सदस्य र पार्टीमा आबद्ध समाजवादी संगठन तथा ट्रेड युनियनका सदस्यहरूले समेत नेतृत्व चयनमा मतदान गर्छन् । पार्टीमा नेतृत्वको आन्तरिक लोकप्रिय आधार सुरक्षित गर्ने उपाय हो यो । यसरी निर्माण हुने नेतृत्वले आत्मविश्वासका साथ काम गर्न सक्छ । गुटगत मानमर्यादा र व्यवस्थापनमा अलमलिनुपर्दैन । हामीले ठ्याक्कै यही नक्कल गर्नुपर्छ भन्ने होइन, तर नेतृत्वको चयनलाई फराकिलो बनाउन सकिन्छ, मतदाताको चाहनालाई केन्द्रमा राख्न सकिन्छ । त्योभन्दा पनि आफ्नो आचरण र निर्णय विवादित भएपछि पद छाड्ने नैतिक संस्कार बसाल्नुपर्छ । न्यायालयले नै दोषी ठहर गरेपछि त सजायको भागी हुनुपर्छ, आफ्नो नेता भनेर बचाउ गर्ने होइन ।
    कान्तिपुरबाट।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल