रामनारायण ठाकुर

सिरहा, १९कार्तिक। सिरहा–धनुषासीमा कमला नदीमा सिद्धि प्राप्तीकालागि धामी–झाँक्रीहरुको ठूलो भेला भएको छ। प्रत्यक वर्षजस्तै यसवर्षपनि कार्तिक शुल्क पूर्णिमाका अवसरमा वर्षभरी सिकेका गुण सिद्धीकोलागि धामी–झाँक्रीहरु भेला भएका हुन्।

मेलामा धनुषा, सिराहा र भारतको सीमाक्षेत्रबाट कमला नदी किनारमा  ‘धामी–झाँक्री’ भेला हुने गर्दछ। धामी–झाँक्री मेलामा सहभागी सर्वसाधानरणसमेत भेला हुने गर्दछ। उनीहरु ‘भुत प्रेत’ हट्छ भन्ने मान्यता अनुसार धामी झाँक्रीको आदेश अनुसार काम्दै कमला स्नान गर्न आउने बताउँछन्।1000018157

पहेँलो धोती र सारीमा सजिएका नवधामी–झाँक्रीहरूले हातमा बेतको छडी घुमाउँदै, कर्कश स्वरमा मन्त्रोचारण गर्दै जप्दै पैदल यात्रा गर्दै नदी किनारमा पुग्ने गर्दछ। बुधबार बिहान सूर्योदयसँगै हजारौँ नवधामी–झाँक्रीहरूले कमला नदीमा पवित्र स्नान गर्दै शक्ति प्राप्तिको अनुष्ठान पूरा गरेका छन्।

kamala 2082 (4)

कात्तिक पूर्णिमालाई तन्त्र सिद्धिका लागि अत्यन्त शुभ दिनको रुपमा लिने जनविश्वास रहेको छ। यस दिन शरीरमा देवताको वास भई स्थायी रूपमा भगता बन्ने विश्वास छ। महोत्तरी जिल्ला गौशला नगरपालिका ११ का धामी गुरु मोहन महतोका अनुसार, ‘कात्तिक शुक्ल पूर्णिमाको दिन भूत–बैताल र देव–देवीहरूलाई गुह्य रूपमा साधना गरी आफूलाई शुद्धीकरण गर्न सकिन्छ।’

kamala

धनुषा–सिराहा सीमामा पर्ने उतराहिणी, सिमरा, चिकना, भोक्सा, सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनहरूको विशेष जमघट देखिएको छ।

विजया दशमीदेखि सक्रिय भएका धामी–झाँक्रीहरूले आश्विन अमावस्यासम्म गुरुबाट मन्त्र सिकेर कालीपूजाका दिन साधना पूरा गर्ने र त्यसपछि कात्तिक पूर्णिमामा देवतालाई स्थायी बासका लागि निम्तो दिने प्रथा रहेको स्थानीयहरूले बताउँदै आएका छन्। महोत्तरी, धनुषा, सर्लाही, सिराहा, सप्तरी, बारा, पर्सा, सुनसरी, मोरङ तथा भारतका सीमावर्ती गाउँहरूबाट समेत घण्टी, ढोल, लाठी र घुँघरू बजाउँदै नदीतर्फ आएका धामी–झाँक्रीहरूको रौनकले कमला घाटको माहोल धार्मिकमय बनेको छ।

धामी–झाँक्रीहरूले पवित्र स्नानपछि कमला नदीको जल घर लैजाने गर्दछ, जसलाई पूजा–अर्चनामा शुद्धताका प्रतीकका रूपमा प्रयोग गरिन्छ। मंगलबार साँझदेखि नै धामी, भगता र सर्वसाधारण भक्तजनहरू घरको कुलदेवता खेलाउँदै कमला नदी किनारमा भेला भएका छन् । रातभर नदी किनारमै बास बसेका उनीहरूले बुधबार बिहान स्नान, पूजा–पाठ गरी दही–च्यूरा खाएर घर फर्किने छन्।

कात्तिक पूर्णिमामा स्नान, दान र व्रत गरे मुक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ। गंगाको स्वरूप मानिने कमला नदीमा यो मेला तान्त्रिक संस्कृति, धार्मिक आस्था र स्थानीय लोकमान्यताको अद्वितीय संगमका रूपमा मानिन्छ। सांस्कृतिक पहिचान संरक्षणका लागि पनि मेलाले महत्वपूर्ण भूमिका खेलेको छ।