सिराहा, २० कार्तिक। सिरहा प्रहरीले दुई ग्रामभन्दाबढी अवैध लागु पदार्थ ब्राउन सुगरसहित मिर्चैयाबाट दुईजना युवकलाई नियन्त्रणमा लिएको छ। मिर्चैया ७ जिवा टोलबाट २ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगरसहित स्थानीय २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरेको हो।
त्यस स्थानमा लागु पदार्थ किनबेच हुने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले दिपेन्द्र मण्डलको घर तलासी गर्दा उक्त पदार्थ, सोही लागु पदार्थ जोख्न प्रयोग गरिने डीजीटल तराजु एक थान र उनीहरुले प्रहयोग गरेको बोवाई दुई थान रितपूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाए।





















