सिरहा, १९ कार्तिक। सिरहाको औरही गाउँपालिकाकाले औरही अस्पतालबाट प्रशासनिक कार्य प्रारम्भ गरेको छ। प्रशासनिक भवन जेएनजी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएपछि गाउँपालिका औरही अस्पतालमा सरेको हो। 

61d9c3ab-0299-43a1-bf73-8beecc8fc4a3

अस्पतालबाट सेवा प्रवाह गरिएपनि पालिकाको प्रशासनिक कामकाज र अस्पतालकै सेवाप्रवाह प्रभावित हुन थालेको छ। कोठा अभावमा प्रसुति सेवा, अस्पतालको प्रशासनिक काम, ओपीडी सेवा प्रभावित भएको अस्पतालका प्रमुख उपेन्द्र यादवले गुनासो गरे। 

अस्ताल र पालिका एउटै भवनमा संचालन हुन थालेपछि विरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ। थोरै कोठामामात्र काम गर्नुपर्ने बाध्यताले औरही गाउँपालिकाको प्रशासनिक काम गर्न समेत कठिनाई भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले बताए।

कोठा अभावमा अस्पतालको माथिलो हलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष बनेको छ। सोही हलमा न्यायीक समितिकोपनि काम हुने गरेको छ। थोरै कोठाबाट कर्मचारीले सेवाग्राहीलाई सेवा दिदै आएको छ।

गाउँपालिकामा आउने सेवाग्राहीका भीडभाडका कारण स्वास्थ्य सेवा पुर्याउन असहज भइरहेको अस्पताल श्रोतले वताएको छ।