सिराहा, १९ कार्तिक। सिरहा प्रहरीले गोलबजारबाट दुई ग्रामभन्दाबढी प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। अवैध लागु पदार्थ ब्राउन सुगर विक्रिवितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा पुगेका प्रहरी टोलिले गोलबजार ८ पुरानो चोहर्वाबाट दुई ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित  गोलबजार १० दशईमहाजन टोलका २० वर्षीय रूपेश सिंहलाई मंगलबार साँझ पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ।