रौतहट, २० कार्तिक।  गौर कारागारबाट जेनजी आन्दोलनको क्रमम गत भदौ २४ गते भागेकामध्ये एक सय ३१ जना अझै फर्केका छैनन्। भागेका २ सय ९१ जना कैदी बन्दी मध्ये १ सय ३१ जना अझै फरार रहेका हन्।

कारागारबाट भागेका कैदीबन्दीहरुलाई असोजको २० गतेसम्म फर्किन सूचना जारी गरेता पनि आजसम्ममा ६ जना महिला सहित १ सय ३३ जना कैदी बन्दी मात्रै फर्किएको कारागार प्रमुख मनिष झाले जानकारी दिए।

दुई जना महिला र एक सय २९ पुरुषसहित एक सय ३१ जना कैदीबन्दीह अझै सम्पर्कमा नआएको कारागारले जनाएको छ। एक जना कैदी बन्दीले डोटी कारागारमा आत्मसमर्पण गरेको प्रमुख झाले बताए।

गौर कारागारमा आठ महिलासहित २ सय ८३ कैदीबन्दी रहेका थिए। भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट सबै कैदीबन्दी भागेका थिए। प्रहरीले भागेका कैदीबन्दीहरुलाई गिरफ्तार गरी कारागारमा बुझाउने कार्य जारी रहेको कारागार प्रमुख झाले बताए।