वीरगञ्जमा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

    • जेठ ४, २०८०
    • ३६० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ४ जेठ। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले भारत र नेपालको द्विपक्षिय व्यापार तथा आर्थिक सम्बन्धलाई नयाँ शिराबाट अध्ययन तथा मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्। कोभिड १९ को महामारी र बजारमा देखिएको आर्थिक तरलताको समस्या समाधानका लागि नेपाल र भारत दुवै देशले सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्ने मन्त्री रिजालको भनाई छ।

    वीरगञ्जमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले वर्तमान परिवेशमा देखिएको आर्थिक मन्दीलाई समाधान गर्नका लागि एकअर्कालाई सघाउनुको विकल्प नरहेको बताए। उनले भने, ‘भारत र नेपालबीचको रोटीबेटीको सम्बन्धलाई अझै सुमधुर बनाउने समय भएको छ । नीतिगत एवम् विधिगत रुपमा लगानी गर्न सक्ने वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध छ।’

    विश्वव्यापी आर्थिक संकटलाई समाधान गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका रिजालले ऊर्जा, पूर्वाधार, दुरसञ्चार, बैंकिग, वित्तिय सेवा, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा हातेमालो गर्न सकिने प्रशस्तै सम्भावना रहेको बताए।

    द्विदेशिय व्यापारको प्रक्रियालाई सरलीकरण गर्नुका साथै आर्थिक समस्याहरुको पहिचान गरी समाधान गर्न शिखर सम्मेलन सहयोगी हुने मन्त्री रिजालको विश्वास छ।

    नेपाल एस बी आई बैंक, नेपाल भारत उद्योग उद्योग वाणिज्य संघ वीरगञ्ज च्याप्टर, वीरगञ्ज उद्योग वाणिज्य संघ र द स्टार्टअप नेटवर्कसँगको सहकार्यमा पिएचडी च्याम्बर अफ कमर्शद्वारा आयोजीत शिखर सम्मेलनलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दैै निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यक्ता औँल्याए।

    दुवै देशको भन्सार लगायत सीमा क्षेत्रमा सहज रुपमै आयात तथा निर्यात गर्ने वातावरणको सृजना गर्न सकेमा उद्योगी व्यवसायीलाई राहत मिल्ने सांसद चौरसियाको भनाई छ । नेपाल र भारतबिचको सनातन कालदेखिको सम्बन्धलाई सुमधुर बनाइराख्न आर्थिक विकासमा पनि साझेदारी गर्नुपर्ने चौरसियाले बताए।

    वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले भारतमा सञ्चालित अवैध सटही काउन्टरले ठगीरहेकोप्रति ध्यानाकर्षण गराए। कानुनी मान्यताअनुरुप सटही काउन्टर सञ्चालनका लागि पहल गर्न आग्रह गर्दै अध्यक्ष अग्रवालले उद्योग तथा कलकारखानाका यन्त्रहरुमा खराबी आउँदा खरिद गरेर ल्याउन नमिल्ने व्यवस्थाप्रति आपत्ती जनाए। साथै उनले राजस्व तिरेर ल्याउने वातावरण बनाउन आग्रह पनि गरेका छन्। मसलाजन्य सामाग्रीको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न पनि उनले आग्रह गरेका छन्। प्रतिबन्ध गर्दा अवैध रुपमा आयात भइरहेको बताउँदै उनले कानुनी बाटोबमोजिम सरकारलाई राजस्व तिरेरै ल्याउने वातावरण बनाएमा सरकारको राजस्वमा पनि योगदान हुने अध्यक्ष अग्रवालको विश्वास छ।

    नेपाल भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, उद्योगी एवम् मधेश प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्मा लगायतको उपस्थिती रहेको थियो।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल