भारतको नोएडामा ३२ तले अनधिकृत भवन ९ सेकेन्डमै भत्काइयो भवन ध्वस्त पारेपछि ८० हजार टनको धुलोको पहाड बनेको आकलन गरिएको छ । त्यसलाई सफाइ गर्न ३ महिना लाग्ने बताइएको छ । ७० करोडमा बनाइएको भवन १७ करोड ५५ लाख खर्च गरेर नयाँ प्रविधिबाट भत्काइयो ।

    • भदौ १२, २०७९
    • 371 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    नयाँ दिल्ली — राजधानी नयाँ दिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावरलाई आइतबार प्रशासनले ध्वस्त पारेको छ । १ सय ३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई आधुनिक प्रवधिको प्रयोग गरेर ९ सेकेन्डमै पूर्ण रुपमा भत्काइएको छ ।

    LMP-INDUSTRY_final_ProTech

    उक्त भवन नयाँ प्रविधिबाट सजिलै भत्काउँदाको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार तासको पत्ता जस्तै गरी बहुतले भवन केही सेकेन्डमै धुलोमा परिणत भए ।

    1 copy

    भारतीय समय अनुसार अपराह्न २ बजेर १५ मिनेटमा दुईवटै भवनमा बम विष्फोट गराइएको थियो । विष्फोट भएको ९ सेकेन्डमै दुवै भवन धुलोमा परिणत भएका थिए । भवन रहेको क्षेत्रको आकाश धुलोले ढाकिएको थियो । भवन माथिबाट तलपट्टि सिधा खसेको थियो । प्राविधिकहरूले त्यही अनुसार भवन भत्काउने तयारी गरेका थिए ।

    उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले अनुमति पाएको भन्दा फरक ढंगलले उक्त दुवै बिल्डिङको निर्माण गरेको थियो । सन् २००४ मा नोएडाका अधिकारीहरूले सुपरटेक हाउजिङलाई १० तलाको १४ वटा टावर बनाउने अनमुति दिएको थियो । सुपरटेकले अनुमति विपरीत सन् २००९ मा २४ तलाको दुईवटा बिल्डिङ निर्माण गरे । र सन् २०१२ मा त्यसलाई ४० तलाको बनाउन थाले । ३२ तलाको निर्माण भइसकेको थियो । उक्त भवनाम रहेका ६ सय ३३ फ्लैट बिक्री भइसकेको थियो । बहुतले भवनको निर्माणमा ७० करोड खर्च भएको थियो ।

    srijana school 333

    अवैध तरिकाले उक्त बिल्डिङको निार्मण गरिएको अजुरी परेपछि इलाहावाद उच्च अदालतले सन् २०१४ मै उक्त दुवै भवनलाई अवैध भोषणा गरेर भत्काउने आदेश दिएको थियो । साथै त्यहाँ फ्ल्याट खरिद गरेकालाई १४ प्रतिशत व्याजसहित पैसा फिर्ता गर्न बिल्डरको नाममा आदेश गरिएको थियो । मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले गत वर्ष अगस्ट २०२१ मा उच्च अदालतको आदेश अनुसार नै भवनलाई भत्काउने आदेश दियो । सर्वोच्चले ३१ अगस्ट २०२१ मा तीन महिना भित्रै ट्विन टावरलाई भत्काउन आदेश गरेको थियो । तर, आवश्यक तयारी गर्दा गर्दै उक्त आदेशको एक वर्षपछि मात्रै ट्विन टावरलाई भत्काइएको हो ।

    ३२ तलाको दुईवटा भवन भत्काउन कम्ता चुनौतिपूर्ण थिएन । टावर भत्काउने काम भारतको एडीफाइस र साउथ अफ्रिकाको जेट डिमोलिसन कम्पनीले पाएका थिए । ठूला बिल्डिङ भत्काउने अनुभवी ती कम्पनीले नोएडाको भवन पनि सफलतापूर्वक ध्वस्त पारेका थिए ।

    choharwa mabi

    ट्विन टावर भत्काउने क्रममा भवनमा ९८०० प्वाल पारेर हरेक प्वालमा १४ सय ग्राम विस्फोटक बारुद राखिएको थियो । बिल्डिङ भत्काउन ३७ सय किलो बारुदको प्रयोग गरिएको जनाइएको छ । ३ सय २५ किलो सुपर पावर जेल, ६३ हजार ३ सय मिटर सोलर कार्ड, सफट् ट्युब र १० हजार ९ सय डेटोनेटर लगायत सामग्रीको प्रयोग गरिएको छ । भवनलाई ध्वस्त बनाउन १७ करोड ५५ लाख खर्च गरिएको छ । उक्त खर्च अवैध रुपमा भवन बनाएको सुपर टेक कम्पनीबाटै असुल गरिनेछ ।

    भवनलाई भत्काउनुअघि आधा किलोमिटरको क्षेत्रलाई खाली गराइएको थियो । वरपरका भवनलाई नोक्सान हुन नदिन सतर्कता अपनाइएको थियो । ट्विन टावरलाई भत्काउन ‘इम्प्लोजन’ प्रविधिको प्रयोग गरिएको हो । यस प्रविधिमा विस्फोटपछि सामग्रहीहरु बाहिर नछरिएर भित्रैपट्टि समेटिन्छ । जसले गर्दा बाहिरीको क्षेत्रलाई नोक्सान हुनबाट जोगाउँछ । आसा गरे अनुसार नै भवन भत्किएको र त्यस क्षेत्रमा धनजनको क्षति नभएको बताइएको छ । भवन ध्वस्त पारेपछि ८० हजार टनको धुलोको पहाड बनेको आकलन गरिएको छ । त्यसलाई सफाइ गर्न ३ महिना लाग्ने बताइएको छ ।

    कान्तिपुरबाट।

     

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल