सिरहा, २ साउन। सिरहाको औरही ४ गणेशपुरका विपन्न दलित महिलाहरु बचत गरेर आय खुद्रा व्यवसायतर्फ उन्मु भएकी छन्। दलित जनकल्याण युवा क्लव लहान र द फ्रिडम फोरमसँगको साझोदारीमा सञ्चालित हरवाहा–चरवाहा कार्यक्रम अन्तर्ग २२ जना महिलाहरु संगठितभई मासिक बचत गर्दै आयआर्जनमा सक्रिय भएका हुन्।

srijana school 2

सवरी महिला बचत समूहमा संगठित भएका महिलारुले मासिक कम्तिमा दुई सयका दरले बचत गर्दै आएका छन्। संस्थाले विउ पूँजीको रुपमा २० हजार सहयोग गरेको छ।

बचतबाट जम्मा भएको रकमबाट ऋण लिएर समूहका महिलाहरुले विभिनन् व्यवसाय सुरु गरेका छन्। कृषि मजदुरी गर्दै आएकी समूहका कोषाध्यक्ष समेत रहेका ३० वर्षिय मञ्जु सदाले २० हजार रुपैयाँ ऋण लिएर तरकारी खरिदविक्रि थालेका छन्। समूहले थोरै व्याजमा ऋण दिने गरेको छ।

harwaha charwaha 2

मञ्जुले गाउँ घरमै उत्पादन भएको तरकारी किनेर हटिया सम्म पुर्याउने गरेको छ। गाउँमा तरकारी पाउन छोडेपछि उनी भारतको जयनगर र सिरहाकै गोलबजार, चोहर्वाबाट तरकारी ल्याएर छिमेकी गाउँले हटियाहरुमा बेच्ने गरेको सुनाए। उनलेभने, ‘म आफै गएर जयनगर, गोलबजार र चोहर्वा बजारबाट तरकरी किनेर ल्याउँछु र छिमेकी गाउँका हटियाहरु सन्हैठा, औरही, गणेशपुर हटियामा लगेर बेच्छु।’

तरकारी व्यवसायबाट राम्रै आन्दानी भएको मञ्जुले सनाए। व्यवाय गर्न थालेपछि उनलाई अरुको खेतमा कामगर्न जानपरेको छैन।

मञ्जुको श्रीमान रोजगारीको क्रममा विदेशमा छ। तीन जना छोराहरुसँगै उनी घरबाटै व्यसाय भ्याईरहेका छन्। यसैबाट उनको घरखर्च चलेको छ। छोराहरु हुर्किसकेकाले उनलाई सजिलो भएको छ। उनको १८, १२ र ८ वर्षका छोराहरु छन्।
उनी जस्तै कवुलीदेवी सदाले पनि समूहबाट ऋण लिएर गाउँमै किराना पसल चलाएकी छिन्। यस अघिसम्म कृषि मजदुरी र घरधन्दा गर्दै आएका कवुलीदेवी अहिले गाउँमै कठघरामा किराना पसल चलाउँछन्। किराना पसल खोलेपछि उनको आम्दानी बढेको छ। पसलमै समय दिनुपर्ने भएकोले पनि अरुको खतेमा कामगर्न जानपरेको छैन। उनको श्रीमान गाउँ घरमै मेशनको काम गर्छन्। दुवैजना रोजगार भएपछि आम्दानी बढेको कवुलीदेवी सुनाउँछन्।

समूहको कोही महिला लिखपढ गर्न जान्ने नभएकाले गाँउमै टिउसन पढाउने कमलेश सदायले हिसाव राखिदिने गरेको छ।
केही भैपरी आउँदा २÷४ हजारको लागि साहुकोमा जानुपर्ने बाध्यतालाई पनि समूहको बचतले कम गरेको छ।
२०७८ साउनमा गठन भएको समूहले समूहका ५ जना सदस्यलाई २० हजार भन्दा बढीका दरले ऋण लगाएका छन्। उनीहरुले प्रत्यक महिनाको ८ गते हुने समूहको बैठकमा व्याज, बचत र साँवाको किस्ता बुझाउने गरेको समूहका अध्यक्ष सोनिता देवी सदायले बताए।

उनले चुनावका कारण एक÷दुईवटा बैठक बस्न नसकिएको भएपनि नियमित वैठक बस्ने गरेको सुनाए। बैठक र छलफलहरु क्म भएकाले यो पटकको धान रोपाईको बेला बोनी (मजदुरी) बढाउने विषयमा राम्रो छलफल हुन नसकेको बताए। उनले भने, ‘हामीलाई बोनी कम पाईरहेका छांै भन्ने रामेसँग थाहा छ। तर, यसलाई कसरी बढाउने भन्ने विषयमा हामी अलि जानकार छैनौं, सल्लाह र छलफलको जरुरी छ।’

वैठकमा हरवा–चरवाहको अधिकार, ज्याला–मजदुरी, सरसफाई, बालबच्चाको पढाईजस्ता विषयहरुमा छलफल हुने गरेको समूहका सदस्यहरुले सुनाए।

उनीहरुले समूहकै माध्यमबाट हरवा–चरवाको विकासको लागि पालिका प्रमुखलाई बजेट छुट्याउन ज्ञापन पत्र बुझाएका छन्। उनीहरुको बालबालिाको शिक्षा, स्वास्थ्यमा पहुच वृद्धिको लागि विशेष योजना ल्याउन समेत पालिकासँग आग्रह गरेका छन्।
कुनै वेला दुईजना मानिस भेलाभएको ठाउँमा जान समेत डराउने यहाँका दलित गरिव महिलाहरु समूहमा संगठित भएपछि आफ्ना समस्या मज्जाले सवैसामु राख्न सक्ने भएका छन्।

गणेशपुरमामात्र करिव ७५ घर परिवार सदायहरुको छुट्टै वस्ती रहेको छ। यहाँका धेरै घरपरिवारको आयआर्जन अझै पनि कृषि मजदुरीमा आधारीत छ।