शिक्षालाई बजेटसहित प्राथमिकता दिन जरुरी : वक्ताहरु

    • असार १७, २०७९
    • २४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १७ असार। मुलुकको संघीय संरचनासँगै स्थानीय तहले हेर्दै आएको माध्यमिक तहसम्मको शिक्षाका लागि आवश्यक बजेटसँगै जनशक्तिका लागि पनि ध्यान दिइनु पर्ने वक्ताहरुले औंल्याएका छन् । शिक्षका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहाद्वारा लहानमा बुधबार आयोजित ‘स्थानीय तहको बजेटमा शिक्षालाई प्राथमिकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले सामुदायिक शिक्षाको सवलीकरणका लागि बजेटसँगै विद्यार्थीको संख्या अनुसार जनशक्ति बढाउन जरुरी रहेको औंल्याएका हुन्।

    laif 1

    अन्तक्र्रियामा लक्ष्मीपुरपतारी गाउँ कार्यपालिका सदस्य किरण रायले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहको कुल बजेटको २० दखि ३० प्रतिशत बजेट विजिनयोजन गरिनु पर्ने बताए । ‘शिक्षामा बजेट बृद्धिसँगै गुणस्तर अभिबृद्धिका लागि नियमित अनुगमनसहित राम्रोलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड गरिनु पर्छ’ कार्यपालिका सदस्य रायले भने ‘आफ्नो गाउँपालिकामा त्यसका लागि बजेट विनियोजनसँगै आवश्यक काम गर्नेछु ।’
    लक्ष्मीपुरपतारी गाउँपालिका शिक्षा शाखा संयोजक एकलासदेवी यादवले आधारभूत विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रमले शिक्षकहरु अलमलिनु पर्दा थोरै शिक्षक भएका विद्यालयको शिक्षण क्रियाकलाप प्रभावित हुने गरेको बताइन् । स्थानीय तहले विद्यार्थीको संख्या अनुसार शिक्षकको व्यवस्था गरिनु पर्ने भएपनि त्यसो नहुँदा समस्या भइरहेको उल्लेख गरिन् । ‘फलस्वरुप बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता छ’ उनले भनिन् ‘सामुदायिक विद्यालयको सवलीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।’ आफ्नो गाउँपालिकाको आन्तरिक श्रोत थोरै भएकाले संघीय सरकारले दिने सशर्त अनुदानबाहेक अन्य रकम परिचालन गर्न नसकेको यादवले बताइन् ।

    धनगढीमाई नगरपालिकाका शिक्षा शाखा संयोजक प्रदिप साहले नगरपालिकाले २०७५ सालदेखि नै गुणस्तरीय शिक्षाका लागि श्रोतको उच्चतम् परिचालन गरिरहेको चर्चा गर्दै विद्यालयमा शिक्षकको दैनिक उपस्थितिलाई प्राथमिकतामा राखेको बताए । ‘त्यसका लागि प्रधानाध्यापकहरुको नियमित बैठक, समयको पालनामा कडाई, प्रशासनिक कार्यमा सुधारको थालनी भएको छ’ संयोजक साहले भने ‘संघीय सरकारको बजेटबाट पक्की भौतिक संरचना निर्माणमा जोड दिइएको छ ।’

    नगर, वडा शिक्षा सम्मेलनमार्फत् सामुदायिक शिक्षा सुधारका लागि योजना बनाएर नगर शिक्षा शाखाको समन्वयमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले भने ‘विद्यालयमा सूचना, संचार, प्रविधि विकासका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन दिंदै आएका छौं ।’ आगामी आ.व.को वार्षिक बजेटमा सामुदायिक शिक्षा सवलीकरणका लागि एनसिइले दिएको सुझावलाई आवश्यकता अनुसार समावेश गरी नीति तथा कार्यक्रम र बजेट ल्याइने उनको प्रतिबद्धता थियो ।

    लहान १८ स्थित राजदेवी आधारभूत विद्यालयका प्र.अ. उद्धव हमालले स्थानीय तहको निर्वाच लगत्तै लहानमा शिक्षाका लागि चार करोड बजेट छुट्याइएको बताए । शिक्षक संख्या न्यून रहेका मा.वि.तहका सामुदायिक विद्यालयमा नगरपालिकाले स्वयम्सेवक शिक्षक पठाउने तयारी गरेकाले त्यसले पनि दैनिक पठनपाठन प्रभावकारी हुने प्र.अ. हमालले उल्लेख गरे ।

    ‘विद्यालयमा दिवा खाजा कार्यक्रमले विद्यार्थी संख्या बढेको छ’ उनले भने ‘खाजाको गुणस्तर, नियमितता बारे संचारकर्मी, अभिभावकहरुले पनि अनुगमन गर्दा राम्रो हुन्छ ।’ नगरपालिकाले १८ भदौ २०७८ देखि चैतसम्मको रकम निकासा गरेपछि त्यसले पनि शिक्षक कर्मचारीहरुमा हौसला बढेको उनको भनाई थियो । एनसिइका उमेश कुमार विसुन्केको अध्यक्षता र दुर्गा परियारको उद्घोषणमा संचालित अन्तक्र्रियामा पत्रकार मणिलाल विश्वकर्माले स्थानीय तहमा शिक्षा र स्थानीय सरकारको भूमिका विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा एनसिइका पदाधिकारीहरुले धनगढीमाई, लक्ष्मीपुरपतारीका शिक्षा शाखा संयोजक र जनप्रतिनिधिलाईm, ‘शिक्षाका सार्वजनिक लगानी किन बृद्धि गर्नु जरुरी छ?’ विषयक सुझाव पत्र हस्तान्तरण गरेका थिए।

    sanchay kosh copy

     

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल