सिरहा, २७ वैशाख । सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रलाई आफ्नै बागी र नेकपा एमालेका उम्मेदवारलाई आफ्नै गाउँलेले तनाव थपेको छ । माओवादीलाई आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवार र नेकपा एमालेलाई आफ्नै गाउँमा ३ जना उम्मेदवार भएका कारण टाउको दुखाईको विषयमा बनेको हो।
संगठन, अघिल्लो निर्वाचन परिणामका आधारमा गोलबजार नगरपालिका माओवादीको पकड भएको मानिएपनि यो पटक आफ्नै पार्टी भित्रबाट बागी उम्मेद्वारी परेको छ। यसले माओवादीको मतमा राम्रै फेरबदल ल्याउने आकलन गरिएको छ। जसका कारण हौसिएका एमालेलाई आफ्नै गाउँबाट स्वतन्त्र उम्मेदवार रामचन्द्र महतो र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मनोज सिंहले मेयर पदमा उम्मेदवारी दिएका छन्। एउटै गाउँबाट ३ जना मेयरको उम्मेदवारी परेपछि मत विभाजीत हुने भएकोले एमालेलाई पिरोलेको छ। स्वतन्त्र र जसपाका उम्मेदवारपनि प्रभावशालि मानिन्छ।
साविक चन्द्रलालपुर गाविस हाल गोलबाजार नपा ७ र ८ बाट ३ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन । सिरहा जिल्लामा नै अहिले चर्चाको शिखरमा छ गोलबजार नगरलालिका । चर्चाको मुख्य कारणहरु मध्ये यहाँ नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहका दाई तथा निवर्तमान मेयर देवनाथ साह र नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लिलानाथ श्रेष्ठका भाई श्याम कुमार श्रेष्ठले मेयर पदको उम्मेदवारी पनु पनि हो।
२०७४ को निर्वाचनमा देवनाथ साहले ६ हजार ४ सय ४३ मत ल्याएर विजयी हासिल गरेका थिए। उनको निकटतम प्रतिद्वन्द्वि श्याम कुमार श्रेष्ठले ५ हजार ८९ मत प्रप्त गरेका थिए। म्तका आधारमा जसपा तेस्रो र नेपनली काँग्रेस चौथो नम्वरमा थिए।
दुवै नेताहरुले परिवारभन्दा बाहिर राजनीति जान नदिएको आरोप आफ्नो पार्टीभित्र खेप्दै आएका छन्। यसले पनि दुवै उम्मेदवारको मत प्रभावित हुनसक्छ।
केही वडाहरुमा स्थानीय कमिटीले गरेको सिफारिस विपरित नेताहरुले थोपरेको वडाका उम्मेदवारका कारण पनि एमालेमा एक खालको मनोमालित्यता सतहमै चर्चा हुने गरेको छ।
स्थानीय तहको निर्वाचनमा नजिकको सरकारको रुपमा हेरिने गरिन्छ। त्यसका कारण पनि स्थानीयतालेपनि महत्व राख्ने निश्चित छ। सवैले आफ्नै नजिकको जनप्रतिनिधी होस् भन्ने चाहना भावना पनि उत्तिकै देखिएको छ।
अघिल्ला निर्वाचनमा जस्तै यो पटक पनि जातियता विजय जवरजस्तसँग उठेको छ। यसले पनि धेरैमत पार्टीहरुले आ–आफ्नो पक्षमा गणणा गरेको भएपनि त्यस्तो अवस्था नरहन सक्ने देखिन्छ।
एमालेले एक से एक उपमेयर पदका प्रत्यासी हुँदाहुँदै पनि सामाजिक र राजनीतिमा लागेका भन्दा बाहिरी वृत्तबाट उपमेयरका उम्मेदवार ल्याए। जुन एमालेकालागि कम फलदायी हुने देखिन्छ।
चुनाव आफ्नो पक्षमा पार्नु दुवै नेताको प्रतिष्ठाको लडाई समेत भएको छ। माओवादी नेता साह र श्रेष्ठको पालिका भएकाले पनि उनीहरु आफ्नो शाख र दाजुभाईलाई जिताउन दिलो ज्यान दिएर लागेका छन्। माअेवादीका साह आफै चुनावी कार्यक्रममा लागेका छन्। सबैखालका चुनावि योजनामा उनी सक्रियता पूर्वक लागेका छन्।
मोवादीका लागि सैभन्दा ठूलो धक्का बागी उम्मेदवार हो। यो सँगै उनीहरुले केही वडाहरुमा प्रतिस्पर्धी उम्मेदवार दिन नसकेको पार्टीभित्रैबाट आवाजहरु सुनिने गरेको छ। जसको असर प्रत्यक्ष निर्वाचनमा पर्न सक्छ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सासंद लिलानाथ श्रेष्ठ पछिल्लो ६ महिनादेखि गोलबजार नगरपालिकाको गाउँ तथा टोल भेलाहरुमा समेत आफै पुग्ने गरेको छ। टोल टोलमा हुने पार्टी प्रवेश कार्यक्रममा पनि उनी प्रायः आफै उपस्थित हुने गेको छ। चुनावी घरदैलो कार्यक्रममा समेत उनी नविराई हिडिरहेका छन्। उनको सक्रियताले जसरी पनि जिताउनै पर्छ भन्ने भाव प्रतित हुन्छ।
दुवै नेताको सक्रियता र आफ्नै घरभित्रको उम्मेदवार भएकाले पनि हो। त्यसको साथै उनीहरु आफै भएका पालिकाले पनि उनीहरुले प्रतिष्ठाको रुपमा पनि लिएका छन्। तर सफलता कसले हात पार्छ त्यसको लागी अव केहि दिन पर्खनै पर्छ।
प्रतिस्पधामा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले पनि आफूलाई जितको नजीक रहेको उम्मेदवारको रुपमा दावी गर्दै आएको छ। उनीहरुको दावी पुरानामत, संगठनको आधार र अहिलेको माहोलले त्यतिधैरे प्रतिस्पर्धी सावित गर्न सकिरहेको छैन।