सिरहा, २ वैशाख । विज्ञान र प्रविधिको विकाससँगै चिकित्सा क्षत्रेमा ठूलो चमत्कार भएपनि तराईमा अझै देवी–देवताप्रतीको आस्था र विश्वास कम भएको छैन । चिकित्सा क्षेत्रमा भएको विकासले सन्तान प्राप्तिको धेरै ढोकाहरु खोलिदिएको छ । तर, आस्थाकै कारण निःशन्तान दम्पती सन्तान प्राप्तीको भाकल गर्न सिरहाको पतार पोखरीमा भिडलाग्नु यसको बलियो उदाहरण हो ।

srijana
पूर्व–पश्चिम सडक अन्तर्गत सिरहाको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका ३ मा रहेको पतारी पोखरीमा प्रत्यक वर्ष बैशाख २ गते सन्तान प्राप्तिको आकाङ्क्क्षासहित ठूलो भिड यहाँ आउने गर्दछ । आस्था र विश्वासका कारण यहाँ देखिने निःसन्तान दम्पतीहरुको भीडले मानिसहरुमा अझै अदृश्य शक्तिप्रति अगाध आस्था छ भन्ने कुरा स्वीकार्न बाध्य बनाउँछ ।


प्रत्यक वर्ष बैशाख २ गतेका दिन भाकल गर्ने र मनोआङ्कक्षा पुरा भएकाहरु बली तथा प्रसाद चढाउन मधेश प्रदेशका धेरै जिल्ला र भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरबाट भक्तजनहरु आउने गर्छन् ।


आजपनि महोत्तरी गौशालाका २९ वर्षिय देवकलि महतो दम्पती पनि सम्तान प्राप्तीकै लागि यहाँ आईपुगेकी छिन् । उनीहरुको विवाह भएको ९ वर्ष नाघेपनि सन्तान भएको छैन । उनले भने, ‘डाक्टरी इलाज पनि गरें, सन्तान भएन, बाबाको द्वारामा आएको छु, सन्तान प्राप्त हुने विश्वास छ ।’

278102246_1071247807081842_5904883143990559740_n
यस्तै आस्था र विश्वासका साथ भारत विहार मधुवनी जिल्ला जयनगरका २५ वर्षिय काजल ठाकूर सन्तान लाभगर्ने आशा सहित पतार पोखरी आएकी छिन् । उनीहरुको विवाह भएको ६ वर्ष भयो तर सन्तान छैन । उनी आफ्ना पती र माईजुको साथ लगेर यहाँ आएकी हुन्। उनले मनोकामना पुरा हुने विश्वास व्यक्त गरिन्।


काजल जस्तै भारत विहारको मधुवनी जिल्ला महोलियाकी २९ वर्षिया जगदिश र उनकी श्रीमती २४ वर्षिय बैजन्ती साह पनि सन्तान प्राप्तीको आशासहित यहाँ आएका छन्। साह दम्पतीले विवाह भएको ७ वर्ष वितिसक्दा पनि सन्तान पाएका छैनन्।


आजकै दिन भाकल पुरा भएकाहरु पनि यहाँ बलि तथा प्रसाद चढाउन आउने गर्दछन्। आफ्नो मनोकामना पुरा भएकोले सिरहाकै नरहा गापा ३ की राजलाल यादव भाकल पुरा भएकाले बोका लिएर चढाउन आएका थिए। उनले विवाह गरेको ४ वर्ष सम्म सन्तान नभएपछि भाकल गरेका थिए। भकल पछि पाएका छोरा बोकेरै बलिदिन बोका सहित आएका थिए।


धनुषा गणेशमान चारनाथका २७ वर्षिय कमल पासवान कालो बोकासहित आज यहाँ आएका थिए । उनले आफ्नो हजुरआमाले नाती भएभने बोका चडाउने भाकल गर्नुभएको थियो त्यही भएर म आज यहँ आएको छु, ‘उनलेभने, ‘भाकलपछि मेरो जन्म भएछ, विचमै हजुरआमा वित्नु भयो, आज म आफै बोका लिएर आएको छु ।’


धनुषा मिथिला विहारी नपा २ छर्रापट्टिका ३६ वर्षिय शम्भु कल्लिक दुई थान कालोबोका सहित आज पतार पोखरी पुगेका थिए । विवाह गरेको बर्षौं वितेपनि सम्नतान नभएका उनले यहाँ भाकल पछि दुईटा छोरा पाएकाले दुईवटा बोका लिएर आएको बताए । उनलेभने, ‘मैले विवाह गरेको धेरैदिनसम्म सन्तान नै भएन यहाँ आएर सन्तान प्राप्तीको लागि प्राथना गरे, दुईवटा छोरा पाएपछि दुईवटा बोका चाहिएन त ?, त्यसैले दुईटा बोला लिएर आएँ ।’277416838_768835344089663_1584470443919949912_n


माथि वर्णन गरिएका प्रतिनिधी मूलक पात्रहरुमात्र हुन् । आजकै जस्तो प्रत्यक वर्ष वैशाख २ गते यहाँ हजारौंको संख्यामा भक्तजनहरुको भिड लाग्ने गर्दछ । आजैपनि सयौंको संख्यामा दम्पती यहाँ आफ्नो मनोकामना सहित आएका छन् । भाकल पुराहुनेहरुको भिड पनि उस्तै छ ।


मनोकामना पुरा गर्न करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर) को पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घण्टासम्म निराहार बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर) बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हामफाल्नुपर्ने मान्यता छ ।


त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र माटो, ढुङ्गा, घोघी, सीतुवा वा कुनै जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ । पानीमा भेटिएको बस्तू मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यता रहेको छ । मान्यता अनुरुप पोखरीबाट निस्केका भक्तजनहरु गाउँको सीमा पार गर्छन् । पछिपछि आउने आफन्तले गाउँको सीमा कटेपछि कपडा फेरिदिने गर्दछन् ।


यहाँको पराक्रमकै कारण आजपनि उत्तिकै भक्तालुहरु उपस्थिति हुने गरेको गहवरका पुजारी ७७ वर्षिय माधव सिंह र ६५ वर्षिय सुर्यदेव सिंहले बताए । उनीहरुले यहाँ सन्तान नहुनेहरुमात्र हैन अन्य मनोकामना सहित पनि भक्तजनहरु आउने गरेको बताउँछन्। तर, निःशन्तान दम्पती नै बढी आउने उनले बताए । पछिल्लो ३७ वर्षदेखि पुजारीको रुपमा रहेका माधव सिंहले प्रत्यक वर्ष भक्तजनहरु आउने क्रम बढेको बताए ।


कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको वस्तुको (जन्तर) बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राखे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको लोकनायक सलहेश गाथामा उल्लेख छ । यो पोखरी राजा सलहेशकै बेला वि. सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको छ ।