वीरगञ्ज २ बैशाख। स्थानीय तहको निर्वाचनमा अब केवल २८ दिन बाँकी छ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जमा तीव्र रुपले तयारी चलिरहेको छ।

यहाँको प्रमुख पदमा वर्तमान मेयरदेखि डेढ दर्जनभन्दा बढी अकांक्षीहरुले आफ्नो आँखा लगाएका छन्। उनीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो निर्वाचन केन्द्रित गतिविधि पनि अघि बढाईसकेका छन्।srijana

वीरगञ्जमा मुख्यतः त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र जसपाका उम्मेदवारहरु बीच प्रतिश्पर्धा हुने देखिन्छ । गत स्थानीय तहको निर्वाचन जस्तै न तत्कालिन राजपा र माओवादी केन्द्रसँग कुनै राम्रो उम्मेदवार छ। न उनीहरुले निर्वाचन केन्द्रित गतिविधि नै गरिरहेका छन्।

सिँह र सरावगीको लडाई
तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट लडेर वीरगञ्जको मेयर बनेका विजयकुमार सरावगी यस पटक एमालेबाट चुनाव लड्ने भएका छन् । गत फागुनमा एमाले प्रवेश गरेका सरावगीलाई एमाले महानगर कमिटीले मेयरको उम्मेदवारको रुपमा उनको नाम सिफारिश गरिसकेको छ।

सरावगीसँग भिडन्त गराउन जसपाले उनका प्रमुख प्रतिद्वन्द्वी राजेशमान सिंहलाई मैदानमा उतारेको छ। लोसपा त्यागेर जसपा प्रवेश गरेका सिंहलाई पार्टीले मेयरको आधिकारीक उम्मेदवार घोषणा गरिसकेको छ । गत निर्वाचनमा सरावगीलाई जित दिलाएका सङ्घीय सांसद् प्रदीप यादवले पनि सिंहलाई भरपुर सहयोग गरिरहेका छन् । चुनावी भेलाहरुमा सिंहसँगसँगै यादव पनि उत्तिकै सक्रिय छन् ।278102246_1071247807081842_5904883143990559740_n

वितेको साढे ४ वर्षमा विजय सरावगीले जसपाबाट उम्मेदवारको रुपमा प्रचार गरेर अन्त्यमा एमाले गएपछि त्यसको फाइदा राजेशमान सिंहलाई हुने अनुमान लगाउन थालिएको छ । यसले गर्दा पनि सिँह आफ्नै पक्षमा मत आउने दावी गर्न थालेका छन् । गत चुनावमा तत्कालीन राजपा नेपालका उम्मेदवार रहेका सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए ।

पछिल्लो निर्वाचनमा ८ हजार ७ सय १ मत ल्याएर मेयरमा पराजित बिमल श्रीवास्तवले गुरु चेलाको सम्बन्धमा आएको तिक्ततालाई मेटाउनका लागि भएपनि सिँहलाई नै समर्थन गर्ने स्रोतले जनाएको छ । सिँह मेयरमा बिजयी भए श्रीवास्तवलाई पनि फाइदा हुने अवस्थालाई मध्यनजर गर्दै श्रीवास्तवले मौन रुपमा समर्थन गरीरहेको उनी निकट स्रोतको भनाई छ । पछिल्लो समयमा वर्तमान मेयर सरावगीसँग धेरै आकांक्षा गरेर सिँहलाई हराउन सरावगीलाई समर्थन गरेकोमा उनलाई अहिले पश्चाताप पनि भइरहेको उनले विभिन्न स्थानमा नेता कार्यकर्तालाई सुनाउने गरेका छन्।

यस पटक सिंहले मेयर सरावगीमाथि भ्रष्टाचारको आरोपलाई नै मुख्य मुद्दा बनाउने देखिएको छ । उनी आफूले जितेमा सरावगीलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्ने कुरालाई जोडतोडले उठाइरहेका छन् ।

अघिल्लो चुनावमा तत्कालीन समाजवादी फोरमसित हारेको नेपाली कांग्रेसको अवस्था यस पटक ठिकै रहेको आँकलन गरिए पनि प्रत्यासी धेरै हुनु र गठबन्धनको अन्योलका कारण को उम्मेदवार हुने भन्ने टुंगो लागेको छैन ।siraha pawlik

कांग्रेसमा को बन्ला त उम्मेदवार ?
कांग्रेसका पर्सा सभापति जर्नादनसिंह क्षेत्रीले केन्द्रलाई गठबन्धन नगर्न सुझाव पठाएको बताए । वीरगञ्जमा यतिबेला कांग्रेसको जित्ने सम्भावना बढी भएकाले तालमेलका नाममा जनाधार कम भएका अन्य दललाई बोक्न नसकिने कांग्रेस नेता कार्यकर्ताको अडान छ।

अन्तरघातको पर्याय बनेको पर्सा कांग्रेसमा त्यतिबेला पनि अन्तरघातका कारण मेयर पराजित भएको बुझ्नेहरुका कमी छैन ।
कांग्रेसबाट अहिले मुख्य रुपमा राजेन्द्रबहादुर अमात्य, अजयकुमार द्विवेदी, प्रकाशकुमार उपाध्याय र नरेन्द्र शाहको नाम चर्चामा छ ।

कांग्रेमा संस्थापनइतर पक्षमा लागेका अमात्य र द्विवेदीमध्ये एक जनालाई मेयरमा लडाएर पार्टीभित्रको सन्तुलन मिलाउने गणित पनि तयार भइरहेको छ । कांग्रेस जिल्ला र प्रदेश नेतृत्व सभापति देउवानिकटमा मानिन्छन्।

अमात्य र द्विवेदी दुवैजना विगतको चुनावमा पराजय भोगिसकेका र पार्टीमा बारम्बार अवसर पाइसकेका नेता भएकाले यस पटक कांग्रेसमा नयाँ अनुहारलाई अघि सारिनुपर्ने मत बलियो हुँदै गएको बताइएको छ ।

कांग्रेसमा लामो समयदेखि सक्रिय रहेर पनि अवसर नपाएका उपाध्याय र शाहलाई मेयरका नयाँ अनुहारको रुपमा देखिएको छ । उनीहरुले चुनावलक्षित कार्यकर्ता भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । नयाँ अनुहार र यसअघि अवसर नपाएको भएकाले उपाध्याय र साह मध्ये एकजनाले यसपटक अवसर पाउने प्रबल सम्भावना पनि देखिएको छ ।


वर्तमान मेयर सरावगीसँग नगरबासी रुष्ट
एमालेबाट मेयरको रुपमा अघि सारिएका सरावगीले विगतमा आफूले चुनाव जितेर विकास निर्माणमा राम्रो काम गरेको र जनताले विकास चाहेकाले आफ्नो जित निश्चित भएको सरावगीले दावी गरीरहेका छन् । वीरगञ्जका बासिन्दा विकासको पक्षमा छन् । त्यसैले मलाई नै जिताउँछन्, उनको विश्वास छ । तर पछिल्लो समयमा नगरबासीमा करको बोझ लादेर जनताको ढाड सेक्ने काम गरेको र यसअघि निर्वाचनताका गरेका मेरो कसममध्ये १० प्रतिशत पनि पूरा नभएको भन्दै नगरबासी उनीसँग रुष्ट देखिन्छन्।

लोसपा ः मेयर छोड्ने, उपमेयरमा भिड्ने
लोसपाबाट मेयरमा पुरुषोत्तमलाल झा र उपमेयरमा रम्भा मिश्रको नाम चर्चामा भए पनि लोसपा तालमेलको पखाईमा छ । यतिबेला वीरगञ्जमा लोसपा कमजोर देखिएको छ । तालमेल भएमा नेकपा एमालेबाट मेयरमा सरावगी र लोसपाबाट उपमेयरमा मिश्रा प्रबल उम्मेदवार देखिन्छन् । लोसपा कमजोर अवस्थामा भएपनि मिश्राको समर्थनमा भने ठूलै जनलहर छ । उनले गरेका कामहरुका कारण र पराजित भएर पनि निरन्तर जनताकै माझमा रहँदा उनले नै उपमेयरमा बाजी मार्ने पनि अनुमान लगाउन सकिन्छ।

माओवादी आपसी द्वन्दको मारमा
यता माओवादी आपसी द्धन्द्धमा रुमलिएको छ । अघिल्लो चुनावमा मेयरको उम्मेदवार रहेका रहबर अन्सारीलाई माओवादी जिल्ला कमिटीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । उता अन्सारीले भने जिल्ला कमिटीको लेटर प्याड दुरुपयोग गरेको भन्दै जिल्ला कमिटीलाई कारवाही गर्ने अधिकार नभएको बताउँछन्।

वीरगञ्जमा एक लाख २४ हजार ६ सय ४७ मतदाता छन् । गत चुनावको मत र परिदृष्यमा देखिएको जोडघटाउले जसपा, कांग्रेस र एमाले बीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।