लहान १३, कार्तिक । भनिन्छ; बालबालिका शिक्षा स्कुल भन्दा पनि घरको वातावरण र घरको सिकाई बढी प्रभावकारी हुन्छ । कलिला उमेरका बालबालिकाको चौतर्फी विकासका लागि घर र गाउँ टोलको वातावरणले शिक्षाले बढी महत्त्व राख्दछन् ।
खासगरी ३ बर्ष देखि ५ बर्ष मुनिका बालबालिकाहरु लाई घरमा राम्रो वातावरणमा हुर्काएमा, उनिहरुको जीवन फेरिनेमा दुईमत नरहला । यस्तै उदाहरण प्रस्तुत गरिरहेका छन्, सप्तरीको सुरुङ्गा नगरपालिकाको आमाहरु ।
नगरपालिकाका वडा नम्बर ७ र ८ का आमाहरुको दैनिकी पहिलेको तुलनामा आज भोली फेरिएको छ । घरको दैनिक काम काज गर्ने त छदैछन, घरको काम काज सँगै उनिहरु आफ्नो बाल बच्चालाई पढाउन लेखाउन घरमै दैनिक करिब ४ घण्टा समय खर्चिरहेका छन् ।
बालविकास जाने उमेर समुह (३ बर्ष देखि ५ बर्ष मुनि) का बालबालिकाहरुलाई आमाहरूले घरमा दैनिक मन्टेश्वरी बिधीमा खेलकुद र चित्रको माध्यमबाट पढाईरहेकी छिन् । बालविकास केन्द्रमा बालबालिकाहरु दैनीक ४ घण्टा पढने त छदैछन् संगै आमाहरूले हरेक दिन २ घण्टा विहान र २ घण्टा साँझ आफ्नो बालबच्चालाई घरमा पढाउने गरेका छन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा घरमा सुरक्षीत सिकाई परियोजना मार्फत नगरपालिकाको वडा नम्बर ७ मा पर्ने बसनपट्टी, पोखरीया टोल र ८ को मलहनमा, समसेरपुर टोलका २ सय ३ घरपरिवारका प्रत्येक आमाहरुले मिनि पुस्तकालयको स्थापना गरिएको छन् । सो परियोजना मार्फत प्रत्येक घर परिवारका एक जना आमाहरुलाई मोबाइल समेत प्रदान गरेको छ ।
घरमा आफ्ना बालबालिकाको पठन–पाठानमा सहयोग पुग्ने उदेश्यले मोबाइल दिएको एकजना आमा सुनिता चौधरीले बताईन् । सुरुङ्गा नगरपालिकाको समन्वयमा लक्षित बर्गका घर परिवारको प्रत्येक घरमा (म्याजिक ब्याग) खेलकुद सामग्री देखि शैक्षिक समग्री सहयोग गरेको छ ।
करिब २ बर्ष देखिको कोविड महामारीको कारण बालबालिकाको पढाईमा असर परेको भन्दै आमा र वालबालिकाहरुका लागि घरमा सुरक्षित सिकाई परियोजना ल्याईएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले बताए ।
साक्षर नभएका आमाहरुका लागि परियोजना मार्फत सुरक्षीत सिकाई बाताबरण मार्फत साक्षर बनाई पठन पाठनको कार्यको लागि अग्रसर गराईरहेको छ । उक्त कार्यक्रम नगरपालिकामा धेरै नै प्रभावकारी भएको सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी बताए ।

नगरपालिकाको शिक्षा क्षेत्रको विकासका लागि घरमा सुरक्षीत सिकाई परियोजनाले धेरै नै सकारात्मक सहयोग गरेको मेयर चौधरीको भनाई छ ।
परियोजना संचालन भएको दिन देखि बालमैत्री नगरपालिका घोषणा गर्न नगरपालिकाले पनि बजेट , नीति तथा कार्यक्रमहरुमा आमा र बालबालिका समेटने गरेको छ ।
बालमैत्री पालिका बनाउन हरेक बर्ष वडा स्तरीय र नगरस्तरीय कार्यक्रममा बजेट बिनियोजन गरी कार्यन्वन गरिरहेको छ ।