गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २९ असार । सामाजिक सञ्जाल फेसबुकको न्युज फिड स्क्रलगर्दै जाँदा एउटा पोस्टले ध्यानखिँच्यो । पोस्टमा लेखिएको थियो, ‘वल्र्ड लिङ्कमुर्दावाद’ । यस्तै पोस्ट केही दिनअघि पनि देखेको थिएँ । जहाँ लेखिएको थियो, ‘वल्र्डलिङ्कले लाइन काट्दा हैरानभए ।’ यस्तै पोस्टहरु प्रायः देखिनथालेका छन् अचेल सामाजिक सञ्जालतिर । पोस्टका अलावापनिकतै चियापसल, चौक, गल्लीआदिमा साथीभाईसँगको अनौपचारीक संंवादमापनि इन्टरनेटसम्बन्धी गफनभएको सायदै हुन्छ होला । ‘सुन न, त कुन नेट प्रयोग गर्छस् ?, नेटले लास्टै तनावदियो यार, नेट नचलेर डाटा प्याकलिँदालिँदाब्यालेन्स नै सक्कियो, दिदी नेट स्लो छ, भिडियो कलहुँदैन । ममोवाइलनम्बरमाकल गर्छु हस् ।’ प्राय हरेक घरकाअनि हरेक व्यक्तिकागुनासाहरु यस्तै यस्छै छन् । अँझकार्यालय सञ्चालन गरेर बसेकाहरुको दुःखेसो त बाँकी नै छ ।
यद्यपी योे विज्ञान र प्रविधिको युगहो ।बरु मानिसलाई खाजाचाहिँदैन होला तर इन्टरनेट अपरिहार्य भइसक्यो । ग्रामिण क्षेत्रका केहीभने शहरी भेगकाप्रायः सबैको घरमाअहिले इन्टरनेट जडान गरिएको छ ।
वीरगञ्जको कुरा गर्ने हो भने धेरैले प्रयोग गर्ने र यहाँमध्येको सबैभन्दा राम्रो इन्टरनेट कम्पनी वल्र्ड लिंक । तर त्यसको विकल्पनहुँदाउपभोक्ताहरु त्यहीप्रयोग गर्न बाध्य छन् । वल्र्डलिंकसँगै क्लासिक टेक, भायनेट, सुबिसु, नेपाल टेलिकमलगायतका सेवाप्रदायक कम्पनीबाट यहाँका इन्टरनेट प्रयोगकर्ताहरुले सेवालिइरहेका छन् । तर सेवा सेवामामात्रै सिमित छ । कुनै पनिकम्पनीको सेवाबाट सेवाग्राही सन्तुष्ट भने छैनन् । सबैलाई बाध्यताले प्रयोग गर्नुपर्ने अवस्था छ । क्लासिक टेकको नेट प्रयोग गर्ने एक जना सञ्चारकर्मीकै घरमा समस्याआयो । उक्त समस्याको समाधानकालागि २४ घण्टा लाग्यो । ग्राहक सेवा केन्द्रमाखबर गरेको २४ घण्टापछि मात्रै समस्या समाधानगर्दा आफ्नो दैनिकी नै प्रभावितहुनुका साथै डाटा लिएर कामगर्नुपर्ने बाध्यताआएको उनी बताउँछन् । शुरुमाप्रयोग गर्दाको इन्टरनेटको गतीको तुलनामाअहिले भरपर्दाे र विश्वसनीयनभएको उनले बताए । वल्र्डलिंकप्रयोग गर्दा समस्या देखिएपछि क्लासिक टेक प्रयोग गर्ने अर्का एकजनापनिअहिले पश्चातापमा छन् । यो भन्दा बरु वल्र्डलिंक नै राम्रो थियो भनेर । शुरुमा जतिवटा डिभाईसमाचलाएपनि इन्टरनेटको गति स्लो नहुने बताएको कम्पनीले अहिले तपाईको डिभाईस धेरै भयो भनेर ग्राहकलाई नै दोष दिइरहेको छ ।
फेयर युसेज पोलिसी (एफयुपि) को बारेमा नेट जडान गर्ने बेलामाजानकारी किननदिएको भन्ने उनको प्रश्न छ ।
धेरै ब्याडविथ खपतगर्ने प्रयोगकर्तामाथिएफयूपीको सीमाले लगाम लगाउँछ र उनीहरुले बढी खपतगर्ने ब्याण्डविथ अन्यप्रयोगकर्तालाई स्तरीय सेवादिनतथानयाँप्रयोगकर्ता थपगर्न उपयोग हुन्छ । नेपाली इन्टरनेट बजारमाएफयूपीनियमनमाभने छैन । नियामकनेपाल दूरसञ्चार प्राधिकरणले यसकालागिकुनै मापदण्ड तय नगरेकाकारण सेवाप्रदायकपिच्छे आ–आफ्नै एफयूपी छ ।
एकजनाविद्यार्थीको घरमाअनलाईन कक्षाकै लागि वल्र्डलिंकको इन्टरनेट जडान गरे । बिचमा १÷२ दिन सामान्य समस्या देखिएको तिविद्यार्थीले नामनबताउने शर्तमाभनिन् । घरमाअभिभावकनहुँदा नेटको पैँसा समयमै तिर्न सकिनन् । नेट त चलेको थिएन । तर २ दिनभित्र पैँसा तिर्छु भन्दापनि राउटर नै लिएर आएको उनको दुखेसो छ ।वीरगञ्जबजार क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने लगभग १ सयभन्दा बढीसँग प्रतिक्रियालिँदाकोहीपनिशतप्रतिशत सन्तुष्ट भेटिएनन् । सबै इन्टरनेटले ग्राहकलाई आकर्षित गर्न भने आकर्षक नाराहरु प्रयोग गरेको देखियो । तर तिनारा सुन्नमामात्रै आकर्षक लागेको प्रयोगकर्ताहरु बताउँछन् । पर्साबासी सस्तो, विश्वसनीय, अनि सर्वसुलभ तथा समयमै मर्मत सम्भार गर्ने खालको ईन्टरनेटको प्रतिक्षामा छन् ।