गमक पोष्ट समाचारदाता / लहान, ५ साउन । इस्लाम धर्मावलम्बीहरुको प्रमुख चाड बकराईद (इदुल्अजहा) बुधवार धुमधामका साथ मनाइदै छ। नेपालको विभिन्न भागमा बसोवास गर्दै आएका लाखौ मुस्लीम धर्मालम्वीहरुले यस पटक शुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाइदै छन् । इस्लामधर्म मान्नेहरुको महान चाड बकराईद उर्दु दश तारेखमा मनाइन्छ । सप्तरीको सुरुङ्ग नगर पालिका– ७ हरिपुर पोखरीया स्थित रहेको नेपाल जन उत्थान प्रज्ञा समाजका कार्यकारी निर्देशक मोहम्द कलामुद्धिका अनुसार, बकराईदमा गच्छे भएका मुसलमानहरु अल्लाह का लागि चौपाया कुर्वानी गर्नु पर्छ ।
इस्लाम धर्मले सबै मुस्लमानलाई कुर्वानी गर्न बाध्य नबनाएको पनि उनले बताए । उनले भने – धर्मले निर्धारण गरे अनुसार राम्रो आर्थिक अवस्था भएकाले मात्र चौपायाको कुवाृनी दिए हुन्छ भन्दै उनले भने –साढे सात तोला सुन वा साढे ५२ तोला चादी वा त्यसवापतको धन भएका मुस्लमानले कुर्वानी गर्नु पर्छ ।
कुर्वानीका लागि खसिबोका, भेडा, रागो, लगायतका चौपायाको प्रयोग गर्ने गरेको र कुर्वानी गरिने चौपाया कुनै खोट नलागेको र निश्चित उमेर पुगेको हुनु पर्ने मान्यता रहेको कुशहाका साबिर हुसेनले बताए ।
कुर्वानी गर्नु अघि आफुलाई पायक पर्ने मस्जिद अथवा खुल्ला मैदानमा बसेर प्रर्थाना गर्ने गरिन्छ । उनले भने – बकराइदका अवसरमा विशेष किसिमको नमाज हुने बताउदै भने अन्य दिनमा नमाज गर्न मस्जिदमा नै आउनु पर्ने अनिर्वाय हुदैन तर बकराइदमा मस्जिदमा उपस्थित हुनु पर्छ । यस वर्षको बकराइदमा विभिन्न मस्जिदहरुमा छुटाछुटै समयमा नमाज गर्ने तयारी गरिएको उनले बताए ।
बिधि पुरयाएर विशेष मन्त्रको उच्चारण गर्दै अल्लाहलाई चौपायाको कुर्वानी गरेपछि त्यसको मासु तीन भाग लगाइन्छ र त्यो भाग लिनेमा गरिव,कुर्वानी गर्नेका नातेदार र कुर्वानीकर्ता पर्ने गरेको हुसनले बताए ।
उनले भने – हजारौ वर्षअघिदेखि मनाइदै आएको बकराइदको मुख्य उदेश्य अल्लाहलाई प्रसन्न बनाउनु हो भन्दै उनले भने –निस्वार्थ भावले अल्लाहप्रति समर्पित हुदै आफ्नो गच्छे अनुसारको कुर्वानी गर्नुपर्छ, रवाफ देखाउन,मनोकामना पुरा गर्न कुर्वानी गर्नुको कुनै अर्थ हुदैन उनले बताए ।
इस्लाम धर्मका अग्रणीहरुका अनुसार, अल्लाहले इस्लाम धर्मका अनुयायी हजरद इब्रहिमलाई परिक्षा स्वरुप आफ्नो प्यारो चिज त्यागन भन्नुभयो । अल्लाहको अज्ञा पालना गर्दै हजरद इब्राहिमले आफ्नो सबै भन्दा प्यारो चिज छोरा भएको बताउनुभयो । उहाँले छोरालाई कुर्वानी गर्न लाग्दा अल्लाहले भेडा जस्तै जनावर दिनुभयो । त्यसैबेला देखि यो पर्व मनाउने परम्परा सुरु भएको जन विश्वास रहेको छ ।