गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १८ असार । ३ वर्ष अघि नालाबन्यो, आदर्शनगर सहित अन्य स्थानका बासिन्दामा पनि खुशी छायो । अब त डुबान हुँदैनभनेर । तर त्यो खुशी धेरै बेर टिकेन । अझ नाला बनेदेखि विगतको भन्दा बढी डुबानको समस्या झेल्नुपरेको बताउँछन्, वीरगञ्जको आदर्शनगरका व्यवसायी अभिषेक रुंगटा ।

cdo office
कपडा र इलेक्ट्रोनिक्स सामानको खरिदबिक्रिगर्ने रुंगटालाई पानी परेको रात निद्रालाग्दैन । उनी भन्छन्, ‘बेलुकापख मौसम सफा हुन्छ । पानी पर्ने छाँटकाँट देखिँदैन । पसलबन्द गरेर घर जाँदा राती पर्ने मुसलेधारे वर्षाकाकारण सामान क्षतिहुने भयले पिरोल्छ ।’ रुंगटालाई मात्रै हैन, अर्का व्यवसायी ललितकुमार अग्रवालको पनि उस्तै पिर छ ।
वर्षेनी सामान, कार्पेट, फर्निचर गरेर वर्षाकाकारण लाखौँ रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरीरहेको अग्रवाल सम्झन्छन् । विग्रिएको सामान फाल्नुपर्ने अथवा खरिद मूल्यभन्दा कममूल्यमा बिक्रिगर्नुपर्ने अग्रवाल, रुंगटासहितका व्यवसायीहरुको साझा समस्या हो ।
मनसुन सुरु भएसँगै वीरगञ्जको मुख्य बजारक्षेत्र आदर्शनगरका व्यवसायीहरु चिन्तित हुन्छन् । नालाको पानी सहज ढंगले निकास नहुँदा हरेकवर्ष आदर्शनगर क्षेत्र डुबानमा पर्छ । घर, पसल तथा गोदामभित्रै पानी पसेर लाखौंको धनमाल नष्ट हुन्छ । सामान्य अवस्थामा आदर्शनगरको पानी नालाहुँदै सिर्सिया नदीमा पुग्छ । तर सिर्सियामा पानीको सतह बढ्दा नदीको पानी आदर्शननगर तिरै फर्किने गरेको छ ।
वीरगञ्जमा रहेका विभिन्न नालाहरुको समयमा सफाई नहुँदा पानी बग्न नसकेपछि बजार क्षेत्रमा डुबान हुनेगरेको व्यवसायीहरु बताउँछन् । वर्षौंदेखि नालाहरुमा जम्माभएको प्लास्टिकजन्य फोहर र अन्य सामग्रीको समयमा सफाई नहुँदा पानीको निकास नभएर वीरगञ्जको आदर्शनगरसँगै रानीघाट, रामगढवा, श्रीपुर, राधेमाइ, पानीट्यांकी, चिनीमिल आवास क्षेत्र, नगवा लगायतका टोलहरुमा डुबान हुनेगरेको छ ।
उचित ढंगले सफाई नहुनु र विभिन्न स्थानमा नाला अतिक्रमणको चपेटमा पर्नु पनि डुबान हुने थुप्रै कारणहरुमध्येको एक कारण हो ।
तत्कालिन वीरगञ्ज नगरपालिकाका मेयर पशुपति घोषले २०२५ सालमा गरेको टाउन प्लानिङ्ग अनुसार निर्मित नालाहरु कैयौँ स्थानमा अतिक्रमणको चपेटामा परेका छन् । केही स्थानमा त नालामाथि नै संरचना बनाइएको छ ।
स्थानीयहरुले नाला सफाईका लागि महानगरपालिकासँग पटक–पटक आग्रहगर्दा कुनै सुनुवाई नभएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको गुनासो छ । यस वर्ष पनि आदर्शनगरका व्यवसायीहरुले मनसुन सुरु हुनुभन्दा १५ दिन अगाडी नै नाला सफाई गरिदिन अनुरोध गर्दै महानगरपालिकालाई पत्र लेखेपनि महानगरले कुनै सुनजाई नगरेको खेतानले बताए ।
खेतानका अनुसार वीरगञ्जका विभिन्न स्थानमा निर्माण गरिएको अण्डरग्राउण्ड नालामाभएको प्राविधिक त्रुटी पनिबजार क्षेत्रमा डुबान हुनुको अर्काे एउटा कारण रहेको बताइन्छ ।

वीरगञ्ज डुबानमा पर्नुको कारण

वीरगञ्जमा डुबानको समस्यानौलो होइन । तर यो समस्याबारे सबैले आ–आफ्नै ढंगले विश्लेषण गरेको पाइन्छ । अण्डर ग्राउण्ड नाला निर्माणपछि शहरी क्षेत्रमा जम्माभएको पानीको सहज निकास हुने र डुबानको समस्या हट्ने विश्वास भएपनि त्यो विश्वासले सार्थकता पाउन नसक्दा अण्डरग्राउण्ड नाला निर्माणको संरचनागत पक्षमाथि नै प्रश्न उठ्ने गरेको छ ।

‘सिर्सिया र सिंगहानदीको अतिक्रमण नै वीरगञ्ज डुबान हुनुको प्रमुखकारण हो’, क्षेत्रीयशहरी विकास आयोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठ भन्छन् । यसैगरी, निर्माण भएको अण्डर ग्राउण्ड नालामा सर्वसाधारणले नकुहिने ठोस फोहोर फ्याँक्नाले पनि नाला जामहुँदा डुबानको समस्या उत्पन्नहुने गरेको श्रेष्ठ बताउँछन् । नदीमाथुप्रिदैं गएको पदार्थले गर्दा पनिनदीको सतह बढ्नाले डुबानको समस्या निम्तिने गरेको उनको तर्क छ । २००५ सम्म सिर्सिया नदीको चौडाई १ सय ५० फिट रहेपनि अहिले आएर ५० फिटमा खुम्चिएको छ । प्रत्येक वर्ष नदीनजिकै नयाँ–नयाँ संरचनाहरु निर्माण कार्यभएकाले पनि समस्या हुनेगरेको बुझिन्छ ।

तर सिर्सिया नदीको अतिक्रमण मात्र वीरगञ्जडुबानमा पर्ने कारण नभएको विज्ञहरुको प्रतिक्रिया छ । उनीहरुका अनुसार यस क्षेत्रमानिर्माण गरिएका अण्डर ग्राउण्ड नालामै प्राविधिक त्रुटीहुँदा डुबान हुनेगरेको छ ।
एसियलि विकास बैंकको ऋण अनुदानमा वीरगञ्ज महानगरपालिका कार्यालयले ३ अर्बभन्दा बढीको लगानीमा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत महानगरको आर्दशनगर, पानीट्यांकी, नेशनल मेडिकल कलेज रोड, टाउन हलचोक, लक्ष्मणवा, त्रिशुलचौक, श्रीपुर लगायतका ठाँउमा भूमिगत ढल निर्माण गरेको थियो । निर्मित सबै नालाहरुमा प्राविधिक त्रुटीका कारण वर्षातको समयमा सिर्सिया नदीमा पानीको सतह बढ्दा नालामार्फत पानी ब्याक फायर हुँदै बजार क्षेत्रमाप्रवेश गर्ने गरेको इन्जिनियर मुन्ना सर्राफ बताउँछन् । समय समयमा नदिको सफाई गर्नुपर्ने र नदिको अतिक्रमणलाई हटाउन सके डुबानको समस्याबाट केही राहतहुने सर्राफको भनाई छ ।

के भन्छन् महागरका मेयर सरावगी

सिर्सियानदी र सिंगहानदीको अतिक्रमण र बेस बढ्नुको कारण वीरगञ्ज डुबानमा पर्ने कुरामा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीपनि सहमत छन् ।
सिर्सिया नदीमा विगत दुई दशकमा भएको अतिक्रमणले नदी साघुरिंदै जाँदा डुबानको जोखिम बढ्दै गएको मेयर सरावगीको भनाई छ । २०२१÷०२२ सालको नापि अनुसार जग्गालाई छुटयाएर नदिलाई निकालेपछि समस्या नहुने सरावगीको दावीछ । सरावगी भन्छन्, ‘सिर्सिया नदीको चौडाईलाई १ सय ५० फिटबाट अतिक्रमण गर्दागर्दै ठाउँ–ठाउँमा १५–२० फिटसम्म पु¥याइएको छ ।’ ‘नदीलाई नेपाल सरकारले राइट अफ वे (नदिलाई आफ्नो दिशामा आफ्नो गतिअनुसार बहनदिने अधिकार) पनिदिएको छैन । निजी जग्गाभएपनि नदीलाई त्यहाँबाट बग्न दिनुपर्छ तर नेपाल सरकारको नियममा त्यो छैन ।’

मेयर सरावगीले नदीको अतिक्रमण हटाउन आफूले संघ र प्रदेश सरकारलाई पटक–पटक समन्वयगर्न आग्रह गरेपनिकुनै सुनुवाई नभएको गुनासो गरे । ‘महानगर एक्लैको स्रोत साधनले सिर्सिया नदीको अतिक्रमण हटाउन सक्दैन, संघ र प्रदेश सरकारको समन्वयआवश्यक छ । पटक–पटकगुहार्दा पनि यस तर्फ कसैको चाँसो छैन ।’

पछिल्लो केहीवर्षदेखि महानगरमा डुबान क्षेत्र बढ्नुको कारण समन्वयबिनाको सडक निर्माण भएको सरावगीले बताए । उनकाअनुसार यहाँबनेकाव्यापारिक राजमार्ग र हुलाकी राजमार्गमापानीनिकासकालागि केहीगरिएको पाइँदैन । पानीनिकास नहुँदा वर्षातको समयमा ठाउँ–ठाउँमा पानीजमेर डुबान पर्ने गरेको उनको दावी छ ।
सरावगीले तत्कालकालागि महानगर क्षेत्र भित्र रहेका नालाहरुमा जमेको फोहरलाई सफाई गर्ने कार्य जारी रहेको बताए । नाला सफाई गरेपछि पानीको बहावखुल्ने र महानगरवासीले केहीभएपनि राहतपाउने उनको विश्वास छ ।
त्यसैगरी महानगरपालिकाले जोखिम क्षेत्रको छनोट गर्दै मानवक्षतिलाई न्यूनीकरण गर्न त्यहाँका बासिन्दालाई अन्यत्र सारेको उनले बताए । अहिले सिर्सिया नदी आसपासको क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारेर खाने, बस्ने व्यवस्था मिलाउन आफुहरु लागेको सरावगीको भनाई छ ।
हरेक वर्ष यसैगरी व्यवसायीहरुले नोक्सानी बेहोर्नुपर्ने र नगरवासी डुबानको चपेटामा पर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरोकारवालाहरुले ठोस कदमचाल्नुपर्ने यहाँका स्थानीय बुद्धिजिवीहरुको माग छ ।