रामरिझन यादव
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति संसद्मा विश्वासको मत लिइरहँदा फेरि एउटा शब्दले चर्चा पायो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अभिभाषणमा पुनः त्यो शब्दलाई दोहोराएपछि संसद् नै तात्यो। प्रधानमन्त्री त कनफ्यूज्ड नै भए। एकातिर तराईमधेसको एउटा ठुलो खेमा सत्ताको खेलमा सहाराको रूपमा उभिएको अवस्थामा प्रधानमन्त्रीमाथि यसप्रकारको आरोपले उनी तिलमिलाए। राजनीतिक नेताहरूको कसिलो र ओजिलो मन्तव्यको जवाफ दिन कलमले हरफ टिपिरहेका प्रधानमन्त्रीको अनुहारमा मास्क भएकाले उनको मनोवैज्ञानिक दशा भने पत्ता लगाउन सकिएन तर रोष्टममा उभिँदा जे बोले त्यो तराईमधेसमा आज पुनः चर्चा परिचर्चाको विषय बनेको छ।
तराईमधेसको गफारे चियापसल यसको सबैभन्दा उपयुक्त स्थल हो, जहाँ घन्टौं बसेर बुद्धिजीवीदेखि समान्यजन गफको खेती गर्छन्। त्यसैले तत्कालीन अवस्थामा प्रधानमन्त्रीजस्तो व्यक्तिले यसप्रकारको शब्दको उच्चारण गर्नु तराईमधेसको प्रतिष्ठासँग गाँसियो, जसले आन्दोलनलाई भरपूर उर्जा प्रदान गर्यो। आन्दोलन सफल नभए पनि ६ महिनासम्म चल्यो, जो तराईमधेसको इतिहासमा तेस्रो मधेस आन्दोलनको रूपमा लिपिवद्ध छ।
प्रधानमन्त्रीको स्पष्टिकरण
अध्यक्ष उपेन्द्र यादवले माखेसाङ्लो शब्द कोट्याइसकेपछि अब रोष्टममा उभिएर प्रधानमन्त्रीले जवाफ फर्काउनु पर्ने पालो थियो। सभामुखले प्रधानमन्त्रीलाई रोष्टममा बोलाउनेबित्तिकै उनले सबैभन्दा पहिले यही हरफबाट जवाफ फर्काउन प्रारम्भ गरे र मधेसी समुदायलाई होच्याएको होइन भन्ने स्पष्टिकरणलाई बंग्याए। किनकि मधेस आन्दोलनको कुनै पनि बेला उनले सकारात्मक कुरा गरेनन्। सधैं विपरीतार्थ शब्दाबली नै प्रयोग गरे। यसले गर्दा मधेसी समाजमा प्रधानमन्त्रीप्रति नकारात्मक सोचको बीजारोपण हुन गयो। माखेसाङ्ले, आँपको रुखबाट दुईचारवटा फल खसे पनि, मधेसको भूमि विहार र उत्तर प्रदेशजस्ता शब्दाडम्बरले उनको साखलाई घटाउने काम गरेको थियो। यद्यपि यी शब्दजालबाट मधेस विरोधी खुबै रोमान्चित भएको हुनुपर्छ। तर त्यसले पारेको दुष्प्रभावले निर्वाचन प्रभावित हुन पुग्यो।फलस्वरूपप्रदेश नम्बर २ मा मधेसवादीको सरकार बन्यो। होइन भने तत्कालीन कम्युनिष्ट पार्टी बेजोडको शक्तिको रूपमा देखा पर्ने थियो त्यहाँ। एउटा मात्र उदाहरणले यसको बाखुबी पुष्टि गर्दछ। हिजोसम्म जहाँ कम्युनिष्ट शक्तिलाई नेपाली कांग्रेसको पुच्छारसम्म पनि पुग्न गाह्रो थियो, त्यहाँ उसले कांग्रेसलाई झन्डै उछिनेको देखियो। यस्तो परिस्थितिमा प्रधानमन्त्रीले संयमता अपनाएको भए ६ वटा प्रदेशमा जसरी कम्युनिष्टले एकल सरकार बनाए,त्यसरी उसले मिलीजुली भएपनि मधेसवादीहरूलाई सरकार बन्नबाट बेदखल गर्न सक्थे। प्रदेश नं। २ मा पनि गैरमधेसीकै सरकार हुन्थ्यो।तर जे भए पनि ढिलै सही प्रधानमन्त्रीको घैटोमा घाम लागेको छ।फेरि तिनै शक्तिको एउटा फाँट तिनैको सहाराजस्तै अहिले प्रत्यक्ष रूपमा भोट नहाले पनि अब्बल दर्जाका सहयोगी साबित हुँदैछन्। त्यसैलेमनमस्तिष्कले नमाने पनि शक्ति सन्तुलनको खेलले आज प्रधानमन्त्रीलाई मधेसको अगाडि झुक्न बाध्य पारेको छ। राजनीतिमा यसप्रकारको खेलको अभ्यास कुनै नौलो होइन। तर प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भने अवश्य असहनीय छ। उनको शब्दकोशमा संघीयता, समावेशी, समानुपातिकताको उच्चारण विरलै पाइन्छ।तर नेपालमा उनी एकमात्र यस्तो नेता छन् जसलाई अर्काको विचारलाई तहसनहस पार्ने गरी शब्दको प्रयोग गर्न सक्ने क्षमता छ। त्यसैले उनको वाक्पटुताले वाक्कलह निम्ताउँछन्। माखेसाङ्लो शब्दलाई पनि जसरी संसद्मा उनले व्याख्या गरे त्यो उनको खुबी हो। वाक्पटुता हो। नेपाली धेरैको मातृभाषा भए पनि प्रधानमन्त्रीजतिको लबज भनेकमैमा भटिन्छ। ठठ्यौली पाराका शब्दविन्यासले उनको अभिभाषणलाई चाखलाग्दो बनाउँछन् जो कतिपयका लागि कर्णप्रिय हुन्छन् भने केहीको मुटुमा नै घोच्छ। उनले मधेस आन्दोलनको बेला प्रयोग गरेका कतिपय उखानटुक्का र शब्दालंकारले मधेसी समुदायलाई घोचेकै हो जसको भरपाई उनलेअहिले गर्नु परेकोछ। तर सांसद रेशमलाल चौधरीको रिहाई सबैभन्दा ठुलो शोधभर्ना भयो, जसले सिंगो तराईमधेसलाई अहिलेसम्म उद्वेलित पारिसक्थ्यो होला।
विश्वासको मत लिनुभन्दा पहिले यो अहम् प्रश्नलाई हल गर्न सकेको भए संसद्मा यसप्रकारको नाटक मञ्चनको आवश्यकता नै पर्ने थिएन। पार्टीमा देखिएको विमति पनि सेलाएझैं हुन्थ्यो। प्रधानमन्त्रीले एउटै तीरले दुईवटा चरा मार्न खोजेको देखिन्छ, जो उनको सनातनी आदत हो। यसप्रकारको अभ्यास उनले विगतमा पनि गरिसकेका छन्। समाजवादी पार्टीलाई झन्डै विखण्डित पारेको। राजनीतिमा टुटफुट र जुटलाई जायज भनिए पनि प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिले त्यो हद पार गर्दा व्यक्ति होइन, संस्थाको बदनामी हुन्छ। प्रजातन्त्रलाई सास फेर्न गाह्रो हुन्छ किनकि बेस्टमिनिष्टर मोडलमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छन्।
माखेसाङ्लोको शब्दविन्यास
माखेसाङ्लो शब्दको उत्पत्ति माकुरो शब्दबाट भएको हुनुपर्छ। किनकि माकुरा र तत्पश्चात् बन्ने शब्द माखो९झिँगो० आउँछ। साङ्लो भनेको बाँध्ने सिक्री हो। अर्थात् माखेसाङ्लो भनेको झिँगालाई बाँध्ने एक प्रकारको उपक्रम हो, जसलाई प्रयोगात्मक नेपाली शब्दकोशले कतैबाट उम्कन नसक्ने गरी थापिएको पासो वा घरभित्र परेपछि निस्कन नसक्ने स्थिति भनेर व्याख्या गरेका छन्। यसलाई जालो र फन्दा पनि भनिन्छ।
नेपाली शब्दभण्डार, संक्षिप्त नेपाली शब्दसागर र नेपाली संक्षिप्त शब्दकोश सबैमा समान रूपले अथ्र्याइएको पाइन्छ। यसलाई संश्लेषण गर्दा दुईतिरबाट च्यापेर बीचमा जकडिने कामलाई भनिएकोमा माकुरोले त्यसरी नै आफ्नो जालमा अन्य किरा फट्यांग्रालाई फसाएर शिकार गर्छन्। तराई कांग्रेसको स्थापना२००८ सालमा भए पनि मधेसवादले करिब ६ दशकपछि नेपाली राजनीतिको अभिन्न अंग बन्यो। त्यतिबेलासम्म माखेसाङ्लोभित्र गुम्सिएको त्यो एउटा साम्प्रदायिक रंग थियो, जसलाई चारैतर्फबाट च्यापेर जकडिने काम गरिएको थियो। २०१५ सालसम्म बोलीमा लगाम नलगाइए पनि निर्वाचन परिणाम शून्यतामा झरेको कुराले के पुष्टि गर्दछ भने मधेसको ठेक्का नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राणावादी गोर्खा परिषद्ले लिएका थिए।
माखेसाङ्लोभित्र गुम्सिएको मधेस
प्रजातन्त्रको उषाकालदेखि अहिलेसम्मको नेपाली राजनीतिलाई व्याख्या, विश्लेषण र संश्लेषण गर्ने हो भने तराईमधेसको राजनीतिलाई शब्दाडम्बरको जालमा यसरी अल्झाइएको पाइन्छ कि सामान्य ज्ञान भएका मधेसीहरूले भेउ नै पाउँदैनन्। पढेलेखेका सचेत र सम्भ्रान्त वर्गको लागि पद, पैसा र प्रतिष्ठा भए पुग्यो। होइन भने रघुनाथ ठाकुर मधेसीजस्ता कति व्यक्ति नेपालमा थिए जो २०१५ सालमा पुस्तक लेख्ने हैसियत राख्थे भन्ने कुरा अहिले विमर्शको विषय बनाउने हो भने आफूलाई ठुल्ठुला विद्वान् कहलाउनेहरूको दाँत अमिलो हुन्छ। नेपाली साहित्यमा त्यतिबेलाका विलक्षण प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको खुबै चर्चा गरिन्छ। गुणगान गाइन्छ। उनले लेखेको मुनामदनलगायत पुस्तकमाथि दिनहुँ विमर्श भइरहेका हुन्छन्। तर रघुनाथ ठाकुर मधेसीले लेखेका आधा दर्जन पुस्तकमध्ये कुनै पनि पुस्तकमाथि कहिल्यै पनि कुनै मधेसी नेताले विमर्श के चर्चा गर्न पनि गर्न भ्याएनन्।
सैद्धान्तिक र वैचारिक रूपमा कतै भिन्नता नभएको पार्टीहरू मधेसमा चिराचिरामा विभक्त हुनु कांग्रेस र कम्युनिष्टको सेवा गर्नु हो।यो कुरा बुझ्दाबुझ्दै मधेसवादको झण्डामुनि रहेर यी पार्टीहरू दुईवटै संविधान सभामा बेग्लाबेग्लै चुनाव लडेका थिए जो मधेसी जनताको अभिमतको बर्खिलाप थियो।
नेपालीय मधेसी साहित्यको त्यो मूल्यवान धरोहर सिंगो नेपाली साहित्यको अब्बल दर्जाका ऐतिहासिक विषयवस्तु हुन्। अर्थात् जतिबेला नेपालमा नेपालीलाई कानुनी रूपमा राष्ट्रिय भाषाको दर्जा प्राप्त थिएन, त्यतिबेला रघुनाथ ठाकुरले हिन्दीमा लेखेका ती पुस्तकहरूको शब्द, शैली र भाषा अध्ययन गर्ने हो भने बाबा नागार्जुनकोभन्दा कम छैन। उनले त्यो सीप गाउँमा पुलीडन्टा खेल्दै सिकेको होइन। विश्वमा नै नाम कमाएका वनारस हिन्दू विश्वविद्यालयमा पढ्दै गर्दा नेपालीय मधेसी साहित्यको सिर्जना गरे। नेपाल सरकारले उनलाई छात्रवृत्तिमा पढ्न त्यहाँ पठाएको थियो।
तर उनको त्यो साहित्यलाई पञ्चायती शासकले माखेसाङ्लोभित्र च्यापेर राखेको मात्र होइन, उनको हत्या गर्यो। नेपालमा प्रजातन्त्रको पुनर्बहालीका लागि प्रवासमा बसेर संघर्ष गरिरहेका सरोज कोइरालालाई मधुवनीमा जजसले हत्या गर्यो सम्भवतः त्यसैले रघुनाथ ठाकुर मधेसीलाई पनि विष खुवाएर मारेको हुनसक्छ भन्ने आशंका गर्न सकिन्छ। रघुनाथ ठाकुरले जुन कुरा २०१५ सालमै लेखेका छन् त्यसले नेपाली राजनीतिमा ५ दशकपछि मधेस जनविद्रोहको रूपमा मूर्त रूप धारण गरेको छ। विभिन्न रंगका एक दर्जन कमल आफ्नो कमिजको अगाडिको खल्तीमा बोक्ने गरेका रघुनाथ ठाकुरजस्तो लेखकको कृतिलाई शासक वर्गले माखेसाङ्लोभित्र यसरी अल्झाएर वर्षौंसम्म राखे कि नयाँ पुस्ताले त्यसको अभास नै पाएनन्। पञ्चायती सरकारले उविरुद्ध बोल्ने जोसुकैलाई तीन दशकसम्म अराष्ट्रिय तत्वको माखेसाङ्लो लगाएको थियो। त्यसमा पनि एउटै भाषा एउटै भेष भन्ने थेगोलाई राष्ट्रियकरण गरिएको थियो। यस्तो अवस्थामा अन्य भाषा र साहित्यको कुनै गुन्जायस थिएन।
त्यसैले माखेसाङ्लोको रूपमा रहेको निर्दलीय निरंकुश पञ्चायतकाल र तत्पश्चात् पुनस्र्थापित बहुदल कालबीचमा तात्िवक अन्तर थियो। सायद त्यसैले होला बहुदलकालमा माखेसाङ्लोलाई तोड्न सीमान्तकृत समुदाय गोलबन्द हुन थालेका थिए। जसको विशाल परिघटनाको रूपमा जनयुद्धलाई लिन सकिन्छ। विश्वक्रान्तिको ढोका खोल्नमा फ्रेन्च रिभुलुसनको जुन हात छ त्यस्तै हात नेपालमा सीमान्तकृत समुदायमा पुनर्जागरण ल्याउनमा जनयुद्धको छ। मधेस जनविद्रोह त्यसको परिपूरक मात्र हो। रघुनाथ ठाकुरले पाँच दशक पहिले गरेको भविष्यवाणी मधेस विद्रोहको रूपमा दृष्टिगोचर भयो। मधेसी समुदायमाथि वर्षौंदेखि लगाइएको माखेसाङ्लोलाई केही हदसम्म तोड्ने काम भयो।
वर्तमान परिवेशभित्र माखेसाङ्लो
हिजोसम्म क्षेत्रीय दलको रूपमा रहेका मधेसी पार्टीहरू अहिले यति तागतवर भएका छन् कि उसले सिंगो सीमान्तकृत समुदायलाई च्यापेर राखेको माखेसाङ्लोलाई भताभुंग पार्न उद्धत देखिन्छन्। त्यसैले उनको स्वरूप राष्ट्रिय रूप ग्रहण गरेको छ। यो कुरा जनता समाजवादी पार्टीको प्रत्येक नेता तथा कार्यकर्तामा परिलक्षित हुनु पर्ने हो। तर अस्ति संसद्मा अध्यक्ष महन्थ ठाकुरले गरेको भाषण मधेसवादमा मात्र सीमित रहेकाले पार्टीको राष्ट्रिय सोचसँग बाझेको महसुस गर्न थालिएको छ।
अर्थात् पार्टीको सोच क्षेत्रीयताभन्दा राष्ट्रियरूप ग्रहण गरेको हो भने त्यही अनुकूल व्यवहार पनि हुन सके त्यसले वैकल्पिक पार्टी निर्माणमा जसपालाई उभ्याउने थियो।यद्यपि उनले राखेको माग जायज हो र रेशमलाल चौधरीको रिहाईलगायतका मागहरू पूरा हुनुपर्छ भन्ने कुरामा सिंगो पार्टी पंक्ति एकमत छ। त्यो फाँटको मागमा दम पनि छ किनकि ऊ सत्ताको भर्याङलाई आफ्नो आधार बनाएको छैन। माग सम्बोधन गर्दा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने पहिलेदेखिको सोच नै संसद्मा दृष्टिगोचर भएको हो। यस्तो अवस्थामा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले कुनै पक्ष विपक्षमा उभिनुभन्दा तटस्थ बसेर पार्टीको हितमा काम गरेको भए ठीक हुने थियो।
पार्टी एक भए पनि महन्थ ठाकुर र उपेन्द्र यादवको डाइमेन्सन मिल्दैन भन्ने कुरा मधेस जनविद्रोहपश्चात् नै जानेबुझेको कुरा हो। मजफोलाई सन्तुलनमा राख्नका लागि तमलोपाको जन्म भएको थियो। सैद्धान्तिक र वैचारिक रूपमा कतै भिन्नता नभएको पार्टीहरू मधेसमा चिराचिरामा विभक्त हुनु कांग्रेस र कम्युनिष्टको सेवा गर्नु हो।यो कुरा बुझ्दाबुझ्दै मधेसवादको झण्डामुनि रहेर यी पार्टीहरू दुईवटै संविधान सभामा बेग्लाबेग्लै चुनाव लडेका थिए जो मधेसी जनताको अभिमतको बर्खिलाप थियो।
अन्त्यमा, अहिले पार्टीभित्र जे भइरहेको छ त्यो मधेसी जनताको मनोविज्ञानकोबर्खिलाप हो। मधेसी जनता चाहे जुनसुकै पार्टीमा होस् जसपाको एकीकृत स्वरूप हेर्न चाहन्छ। त्यसैले गाँठी कुरा के हो भने पार्टी एकीकृत रहन सक्यो भने यसले वैकल्पिक पार्टीको रूप ग्रहण गर्ने प्रचुर सम्भावना छ। तराईमधेसमा रहेको यसको वर्चश्वले नै पहाडलाई प्रभावित पार्ने हो। त्यसैले अहिले सत्ता शक्तिभन्दा मधेसको माग प्रमुख हो चाहे त्यो कांग्रेसले पूरा गरोस् वा कम्युनिष्टले भन्ने कुरा मधेसी समाजले राम्ररी बुझेको छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट